एनपीएलको फाइनल हेर्न प्रचण्डसहितका नेताहरू कीर्तिपुरमा

काठमाण्डु टुडे २०८१ पुष ६ गते १४:२६ मा प्रकाशित

काठमाण्डु, ६ पुस– नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको फाइनल खेल हेर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहितका नेताहरु काठमाण्डुको कीर्तिपुर स्थित टियु क्रिकेट मैदानमा पुगेका छन ।

फाइनलमा खेलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा भइरहेको छ । फाइनल खेल हेर्न गृहमन्त्री रमेश लेखक पनि टियू क्रिकेट मैदानमा पुगेका छन । त्रिवि मैदान परिसरमा दर्शक पनि भरिभराउ छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us