वृद्धको हत्या गरी नगद र गरगहना लुटपाट

काठमाण्डु टुडे २०८१ पुष ६ गते १०:०४ मा प्रकाशित

महोत्तरी, ६ पुस– महोत्तरीमा शनिबार बिहान एक वृद्धको हत्या भएको छ ।

डाँका समूहले शनिबार बिहान करिब ४ बजेतिर जिल्लाको मनवरासिसवा नगरपालिका–४ साढाका ७० वर्षीय सुशील झाको हत्या गरेको प्रहरीले जनाएको छ ।

करिब ७ जनाको संख्ष्यामा रहेको डाँका समूहले लुटपाटपछि झाको हत्या गरेको महोत्तरी प्रहरीका प्रवक्ता डीएसपी सन्तुलाल जैसवारले जानकारी दिए ।

डाँकाले झाको घरबाट सुनको मंगलसूत्र, औंठी र नगद ८० हजार लुटेर लगेको जैसवारले बताए ।

घटनामा संलग्नहरुको खोजीमा टोली परिचालन गरिसकिएको प्रहरीको भनाइ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us