समाचार

शहीदको बलिदानीबाट परिवर्तनका लागि काम गर्ने ऊर्जा प्राप्त हुन्छः प्रधानमन्त्री ओली

२०८१ माघ १६ गते १३:२५

काठमाण्डू, १६ माघ– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले शहिदहरुको बलिदानको प्रेरणाबाट परिवर्तनका लागि काम गर्ने ऊर्जा प्राप्त हुने बताएका छन । आज बुधबार राष्ट्रिय शहीद दिवसको अवसरमा सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । उनले राणा शासनको अन्त्यका लागि...

प्रधानमन्त्रीद्वारा लैनचौर र शहीद गेटमा शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण

२०८१ माघ १६ गते १३:१९

काठमाण्डू, १६ माघ– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले लैनचौरस्थित सहिद स्मारक र शहीद गेट पुगी सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन । आज (बुधबार) शहीद दिवसका अवसरमा प्रधानमन्त्री ओलीले प्रजातन्त्र र गणतन्त्रका लागि जीवन उत्सर्ग गर्ने शहीदहरूको शालिकमा पुष्पहार अर्पण गरेका हुन्...

उद्यमशीलताबाट रोजगारी सिर्जना गर्नु अहिलेको आवश्यकता हो: देउवा

२०८१ माघ १६ गते १३:१४

काठमाण्डू, १६ माघ– पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गाउँ–गाउँमा स्थानीय उद्यमशीलताको विकास गर्दै आत्मनिर्भरता र रोजगारी सिर्जना गर्नु आजको आवश्यकता भएको बताएका छन । आज (बुधबार) कांग्रेसको उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागले काठमाण्डूमा आयोजना गरेको ‘नेपाल स्टार्ट अप...

अमेरिका पठाउने भन्दै १ करोड लिएर फरार युवक पक्राउ

२०८१ माघ १६ गते १३:०६

काठमाण्डू, १६ माघ– प्रहरीले अमेरिका पठाउने भन्दै एक करोड रुपैयाँ लिएर फरार भएको आरोप लागेका एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कन्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ घर भइ हाल काठमाण्डूको टोखा बस्ने २५ वर्षीय भुवन कार्की रहेको प्रहरीले जानकारी दिएको छ । कार्कीलाई काठमाण्डू...

मेरो श्रीमतीको नाममा स्वीट्जरल्यान्डको बैंकमा ४१ करोड डलर छ भनेर भ्रमपूर्ण प्रचार गरियो: प्रधानमन्त्री

२०८१ माघ १६ गते १३:०१

काठमाण्डू, १६ माघ– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रणका लागि सरकारले काम गरिरहेको बताएका छन । आज (बुधबार)देखि काठमाण्डूमा सुरु भएको प्रथम युवा कानुन व्यवसायी सम्मेलनको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । उनले भ्रष्टाचार नियन्त्रण गर्नैपर्ने भन्दै आफूले...

भ्रष्टाचार नियन्त्रण गर्नेकुरा स्टन्टबाजी होइनः प्रधानमन्त्री ओली

२०८१ माघ १६ गते १२:५८

काठमाण्डू, १६ माघ– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रणका लागि सरकारले काम गरिरहेको बताएका छन । आज (बुधबार)देखि काठमाण्डूमा सुरु भएको प्रथम युवा कानुन व्यवसायी सम्मेलनको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । उनले भ्रष्टाचार नियन्त्रण गर्नैपर्ने भन्दै आफूले...

प्रदेशमा समायोजना हुने प्रहरी कर्मचारीको एक पद स्वतः बढुवा

२०८१ माघ १५ गते २०:११

काठमाण्डू, १५ माघ– नेपाल प्रहरीसम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमा प्रदेशमा समायोजन भएर जाने प्रहरी कर्मचारीको एक तह बढुवा गर्ने प्रस्ताव गरिएको छ । मंगलबार संसदमा दर्ता भएको विधेयकको प्रस्तावित मस्यौदामा प्रदेशमा समायोजन हुने प्रहरी कर्मचारीको पदभन्दा एक तह वा श्रेणी माथिको...

बलात्कार कसुरमा एमाले नेता लामा जेल चलान

२०८१ माघ १५ गते १९:४०

काठमाण्डू, १५ माघ– नाबालिकामाथि बलात्कार आरोपमा पक्राउ परेका एमाले काठमाण्डू जिल्ला सदस्य पूर्णमान लामा जेल चलान भएका छन् । मंगलबार कामाण्डु जिल्ला अदालतले लामालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । न्यायाधीश रेशराज शर्माको इजलासले लामालाई थुनामा पठाउन आदेश गरेको थियो । शंखरापुर...

उदयपुरमा कल्भर्टमुनि भेटियो पुरुषको शव

२०८१ माघ १५ गते १८:११

काठमाण्डू, १५ माघ– उदयपुरको उदयपुरगढी गाउँपालिका–७ स्थित मदन भण्डारी राजमार्गमा पर्ने कल्भर्टमुनि एक पुरुषको शव भेटिएको छ । आज दिउँसो सोही वडाको घलेडाँडा घर भएका अन्दाजी ४३ वर्षीय नगेन्द्रबहादुर घलेको शव भेटिएको जिल्ला प्रहरी कार्यलय उदयपुरले जानकारी दिएको छ । उक्त शव फेला परेसँगै...

‘सरकार निरङ्कुश भयो’: प्रचण्ड

२०८१ माघ १५ गते १७:५१

काठमाण्डू, १५ माघ– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी मोर्चासम्बद्ध चार दलहरूका बीचमा पार्टी एकता हुनुपर्ने आवश्यक रहेको बताएका छन । आज (मंगलबार) समाजवादी मोर्चाद्वारा आयोजित विचार सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन । अध्यक्ष प्रचण्डले भने,...

देशलाई दलालको हातमा राखेर चुप लागेर बस्दैनौँः विप्लव

२०८१ माघ १५ गते १७:०६

काठमाण्डू, १५ माघ– नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले देशलाई दलालहरूको हातमा राखेर चुप लागेर नबस्ने बताएका छन । आज मंगलबार समाजवादी मोर्चाले काठमाण्डूमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लवले यस्तो बताएका हुन । उनले भने, ‘देशलाई दलालहरूको हातमा राखेर चुप लागेर बस्दैनौँ, देशलाई...

‘एक्टरः टेक वन’को प्रदर्शन रोक्न जिल्ला अदालत काठमाण्डूको आदेश

२०८१ माघ १५ गते १७:००

काठमाण्डू, १५ माघ– जिल्ला अदालत काठमाण्डूले फिल्म ‘एक्टरः टेक वन’को प्रदर्शन रोक्न अन्तरकालिन आदेश दिएको छ । अदालतले माघ २२ गते दुबै पक्षलाई छलफलमा समेत बोलाएको छ । निवेदक नेपाल डायस्पोरा इन्टरटेनमेन्ट प्रालिको तर्फका कानून व्यवसायी यज्ञमणी न्यौपानेले अदालतले अन्तरकालिन आदेश दिएको जानकारी दिएका...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us