प्रधानमन्त्रीद्वारा लैनचौर र शहीद गेटमा शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण

काठमाण्डु टुडे २०८१ माघ १६ गते १३:१९ मा प्रकाशित

काठमाण्डू, १६ माघ– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले लैनचौरस्थित सहिद स्मारक र शहीद गेट पुगी सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन ।

आज (बुधबार) शहीद दिवसका अवसरमा प्रधानमन्त्री ओलीले प्रजातन्त्र र गणतन्त्रका लागि जीवन उत्सर्ग गर्ने शहीदहरूको शालिकमा पुष्पहार अर्पण गरेका हुन् ।

प्रधानमन्त्री ओलीसँगै उपप्रधानमन्त्री, मन्त्री, विभिन्न राजनीतिक दलका सांसद, नेपाल सरकारका मुख्यसचिव, सुरक्षा अङ्गका प्रमुख लगायतले पनि शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

प्रजातन्त्र स्थापना एवं पुनर्स्थापना तथा विभिन्न कालखण्डमा स्वतन्त्रताका लागि जीवन बलिदान दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी देशभरि शहीद दिवस मनाइँदै छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us