राजनीति

ज्ञानेन्द्र शाहले जनतासामु घुँडा टेकेको दिनको सम्भझनामा लोकतन्त्र दिवस

२०८२ वैशाख ११ गते ८:३७

काठमाण्डू, ११ वैशाख– आज १९औं लोकतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । तत्कालीन राजा ज्ञानेन्द्र शाहले २०५९ जेठ ८ मा विघटित संसद्को पुनःस्थापना गरी आफू देशको कार्यकारी प्रमुखबाट हटेको घोषणा गरेको दिनको स्मरणमा हरेक वर्ष आजैका दिन लोकतन्त्र दिवस मनाउने गरिएको छ ।...

बर्खास्तीमा परे ऊर्जाराज्यमन्त्री तामाङ

२०८२ वैशाख १० गते १८:३८

काठमाण्डू, १० वैशाख– प्रधानमन्त्री केपी ओलीले ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) लाई पदबाट बर्खास्त गरेका छन् । काँग्रेस सांसद तामाङलाई बुधबार ओलीले बर्खास्त गरेका हुन् । उनी कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउने निर्णयको विरोधमा थिए । तामाङलाई बर्खास्तीबारे जानकारी पनि गृहमन्त्री...

१० भाई समूहबाट रघुजी पन्तले मारे मन्त्रीमा बाजी

२०८२ वैशाख १० गते १८:३०

काठमाण्डू, १० वैशाख– एमाले नेता रुघुजी पन्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री नियुक्त भइका छन् । प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार उनलाई मन्त्री नियुक्त गरेका हुन् । पन्तले पद तथा गोपनियताको शपथ बिहीबार लिने गरी तय भएको राष्ट्रपति कार्यालय शीतलनिवास स्रोतले जनाएको...

प्रधानमन्त्री ओलीले गरे मोदीलाई फोन

२०८२ वैशाख १० गते १६:१७

काठमाण्डू, १० वैशाख– प्रधानमन्त्री केपी ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच टेलिफोन संवाद भएको छ । ओलीले मोदीलाई बुधबार टेलिफोन गरी जम्मु–कश्मीरको पहलगाममा क्षेत्रमा आतंकवादी हमलामा परी २६ जनाले ज्यान गुमाएको घटनाप्रति दुःख व्यक्त गरेका हुन् । ओलीले त्यस क्रममा घटनाको निन्दा गरे ।...

हिंसात्मक प्रदर्शनमा सहभागी राजावादीविरुद्ध ज्यान मुद्धा

२०८२ वैशाख १० गते १६:०५

काठमाण्डू, १० वैशाख–राजावादी आन्दोलनका क्रममा गत १५ चैतमा काठमाण्डूको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शन र आगजनीमा संलग्न दुई जनामाथि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाइएको छ । पूर्वपञ्च नवराज सुवेदी, मेडिकल व्यवसायी दुर्गा प्रसाईं, राप्रपा वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणाको नेतृत्वमा भएको...

देउवा थाइल्याण्डबाट फर्किएपछि सरकारबारे नयाँ ढंगले सोच्छौंः खड्का

२०८२ वैशाख १० गते १५:४३

काठमाण्डू, १० वैशाख– कांग्रेस कार्यबाहक सभापति पूर्णबहादुर खड्काले वर्तमान सरकारको काम गर्ने तरिका जनअपेक्षा अनुसार नभएको तीव्र असन्तुष्टि जनाएका छन् । राजधानीमा बुधबार आयोजित एक कार्यक्रमको दौरान उनले सरकारको शैली, गति र नीतिमा देखिएका कमजोरी सच्याउनु अपरिहार्य भएको बताए । उनका अनुसार कांग्रेस सत्ता...

ओली सरकार निभ्न लागेको बत्तीः माओवादी

२०८२ वैशाख १० गते १५:२७

काठमाण्डू, १० वैशाख– प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले सरकारलाई निभ्दै गरेको बत्तीको संज्ञा दिएको छ । मुख्यालय कोटेश्वर पेरिसडाँडामा बुधबार आयोजित पत्रकार सम्मेलनमा सो पार्टीका उपाध्यक्षसमेत रहेका प्रवक्ता अग्नि प्रधानमन्त्री केपी ओलीले नै त्यो पुष्टि गरेको बताए । ओलीका पछिल्ला अभिव्यक्ति र हतास मनस्थितिले...

सरकारको नीति तथा कार्यक्रम १९ वैशाखमा संसदमा पेश हुने

२०८२ वैशाख १० गते १३:५७

काठमाण्डू, १० वैशाख– सरकारले आगामी आर्थिक वर्ष ०८२/०८३ को नीति तथा कार्यक्रम १९ वैशाखमा प्रतिनिधिसभामा पेश गर्ने भएको छ । सभामुख देवराज घिमिरेले संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरुसँग छलफल गरी नीति तथा कार्यक्रम ल्याउने दिन तय गरेका हुन् । घिमिरेले तयार पारेको प्रतिनिधि...

प्रधानन्यायाधीशले पूर्वराजा भेटेको समाचार लेख्ने अनलाइनमाथि सर्वोच्चले के गर्दैछ कारबाही ?

२०८२ वैशाख १० गते १३:४६

काठमाण्डू, १० वैशाख– प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेटेको समाचार प्रकाशित गर्ने एक अनलाइन पत्रिकामाथि सर्वोच्च प्रशासनले कारबाही अघि बढाएको छ । प्रधानन्यायाधिशविरुद्ध अफवाह फैलाएको आरोपमा नेपाल पेन नामक अनलाइनमाथि अवहेलनामा कारबाही माग गर्दै सर्वोच्चमा प्रतिवेदन पेश भएको हो । सर्वोच्चका कर्मचारीद्वय कमला...

घनश्यामलाई विष्णुको जवाफ: अरूको टिप्पणी गर्नुभन्दा आफ्नै पार्टी ‘खत्रा’ बनाउनू’

२०८२ वैशाख १० गते ९:४३

काठमाण्डू, १० वैशाख- प्रधानमन्त्रीका प्रमुख सल्लाहकार समेत रहेका एमाले उपमहासचिव विष्णु रिमालले पूर्व मन्त्री एवं नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाललाई खतरा पार्टी बनाएर देखाउन चुनौती दिएका छन् । आज (बुधबार) सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै उपमहासचिव रिमालले चुनौती दिएका हुन । उनले...

युएईका उपप्रधानमन्त्री काठमाण्डूमा, द्विपक्षीय वार्ता आजै

२०८२ वैशाख १० गते ६:५६

काठमाण्डू, १० वैशाख– संयुक्त अरब इमिरेट्स (युएई) का उपप्रधानमन्त्री तथा विदेशमन्त्री महामहिम शेख अब्दुल्लाह बिन जायेद अल नाह्यान नेपालको दुईदिने औपचारिक भ्रमणका लागि काठमाडौँ आएका छन् । मंगलबार साँझ काठमाण्डू आइपुगेका उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्‌सिंह भण्डारी, परराष्ट्र मन्त्रालयका...

देशभरका केन्द्राध्यक्षलाई काठमाण्डू आउन शिक्षक महासंघको निर्देशन

२०८२ वैशाख ९ गते १९:०३

काठमाण्डू, ९ वैशाख– शिक्षकहरुको बहिस्कार गर्ने चेतावनीबीच सरकारले कक्षा १२ को परीक्षा पूर्वनिर्धारित मितिमै गराउने तयारी गरेपछि आन्दोलनरत शिक्षकहरुको संस्था शिक्षक महासंघ थप कडा रुपमा प्रस्तुत हुने संकेत देखिएको छ । महासंघले परीक्षा बहिष्कारको घोषणा गर्दै सम्पूर्ण नेतृत्वसहित काठमाण्डू केन्द्रित जारी आन्दोलनमा जुट्न आह्वान...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us