
काठमाण्डू, १० वैशाख– सरकारले आगामी आर्थिक वर्ष ०८२/०८३ को नीति तथा कार्यक्रम १९ वैशाखमा प्रतिनिधिसभामा पेश गर्ने भएको छ ।
सभामुख देवराज घिमिरेले संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरुसँग छलफल गरी नीति तथा कार्यक्रम ल्याउने दिन तय गरेका हुन् ।
घिमिरेले तयार पारेको प्रतिनिधि सभाको क्यालेन्डरमा १९ वैशाखमा नीति कार्यक्रम पेश गर्ने उल्लेख छ ।
क्यालेन्डरमा बजेटमाथिको पूर्वछलफल भने जेठ २ गतेबाट मात्र सुरु हुने उल्लेख छ ।