राजनीति

प्रधानमन्त्री ओलीविरुद्ध काँग्रेस विद्यार्थीको प्रदर्शन

२०८२ वैशाख ११ गते १८:५०

काठमाण्डू, ११ वैशाख–सत्तारुढ काँग्रेसनिकट विद्यर्थी संगठन नेविसंघका कार्यकर्ताले बिहीबार प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गरेको छ । उनीहरूले प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति केपी ओलीविरुद्ध प्रदर्शन गरेका हुन् । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजंग बराललाई राजीनामा दिन बाध्य पारिएको आरोप उनीहरुको छ । नेविसंघले...

अब धेरै बोल्दिन, काम गर्छुः नवनियुक्त शिक्षामन्त्री पन्त

२०८२ वैशाख ११ गते १८:३४

काठमाण्डू, ११ वैशाख– नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले आफूले अब धेरै नबोल्ने बताएका छन् । बिहीबार शीतनिवासमा पथ तथा गोपनियताको सपथ लिएपछि सिंहदरबारस्थित मन्त्रालय पुगेर पदभार ग्रहण गरेर पन्तले आफूले बोल्ने भन्दा काम गरेर देखाउने दाबी गरे । पन्तले आफ्नो ध्यान आन्दोलनरत शिक्षकहरुका माग सम्बोधनमा...

गगन थापालाई ओलीको जवाफः सरकार बचाइदिनुप¥यो भनेर हिंडेको छैन

२०८२ वैशाख ११ गते १८:२७

काठमाण्डू, ११ वैशाख– प्रधानमन्त्री केपी ओलीले आफ्नो दल एमाले सरकार बचाइदिनुप¥यो भन्दै नहिंडेको बताएका छन् । पार्टी सम्वद्ध युवा संघले बिहीबार राजधानीमा गरेको ‘युथ सेलिब्रेसन’ कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले उनले सरकार बचाउन नहिंडेको बताए । उनको भनाइ काँग्रेस महामन्त्री गगनकुमार थापा लक्षित थियो ।...

सर्वोच्चद्वारा भुटानी शरणार्थीका पक्षमा न्यायोचित फैसला

२०८२ वैशाख ११ गते १८:१३

काठमाण्डू, ११ वैशाख– भुटानी शरणार्थीसम्बन्धी एक चर्चित मुद्दामा संलग्न चार जना शरणार्थीलाई हालसम्म राखिएको प्रहरी हिरासतबाट स्थानान्तरण गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । अदालतले बिहीबार उनीहरूलाई झापास्थित बेलडाँगी शरणार्थी शिविर वा अन्य सुरक्षित र उपयुक्त स्थानमा राखेर अनुसन्धान अगाडि बढाउन निर्देशन दिएको हो...

काँग्रेस सरकारबाट बाहिरिन सक्छः गगन थापा

२०८२ वैशाख ११ गते १७:२९

काठमाण्डू, ११ वैशाख– कांग्रेस महामन्त्री गगनकुमार थापाले आफ्नो पार्टी वर्तमान गठबन्धन सरकारबाट बाहिरिन सक्ने बताएका छन् । १९औं लोकतन्त्र दिवसका अवसरमा बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा थापाले सरकारबाट पार्टी बाहिरिन सक्ने बताए । सरकारमा बसिरहनुपर्ने बाध्यतामा आफूहरु नरहेको उनको भनाइ थियो । काँग्रेस सभापति...

नवनियुक्त शिक्षामन्त्री पन्तले लिए सपथ

२०८२ वैशाख ११ गते १७:२०

काठमाण्डू, ११ वैशाख– नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले पद तथा गोपनियताको सपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा बिहीबार आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले पन्तलाई पद तथा गोपनीयताको शपथ गराए । एमालेको समानुपातिक तर्फका सांसद् पन्तलाई प्रधानमन्त्री केपी ओलीले बुधबार शिक्षामन्त्रीमा...

देउवा र प्रचण्डबीच टेलिफोन संवाद्, के सरकार फेरिँदैछ ?

२०८२ वैशाख ११ गते १७:१२

काठमाण्डू, ११ वैशाख– प्रधानमन्त्री केपी ओलीको कार्यशैलीलाई लिएर काँग्रेस शीर्ष नेताहरुको अभिव्यक्ति सार्वजनिक भइरहेका बेला माओवादी केन्दका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूसँग सो पार्टीका सभापति शेरबहादुर देउवाको टोलिफोन संवाद भएको खुलासा गरेका छन् । उनले बिहीबार सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा बसेको दल बैठकमा...

प्रधानमन्त्री ओलीले शुक्रबार संसद् बैठकलाई सम्बोधन गर्ने

२०८२ वैशाख ११ गते १४:४०

काठमाण्डू, ११ वैशाख– प्रधानमन्त्री केपी ओलीले शक्रबार सुरु हुने संघीय संसदको बजेट अधिवेशनलाई सम्बोधन गर्ने भएका छन् । ओलीले मुलुकको समसामयिक परिस्थिति र संसद अधिवेशनमा सरकारले गर्ने कामबारे दायित्वबारे सम्बोधन गर्ने एमाले नेताहरुले बताएका छन् । संसद अधिवेशनको पहिलो दिन सरकार प्रमुख र शीर्ष...

लोकतन्त्रको विकल्प अतिवाद हुन सक्दैनः गगन थापा

२०८२ वैशाख ११ गते १२:५१

काठमाण्डू, ११ वैशाख– कांग्रेस महामन्त्री गगन थापाले लोकतन्त्रप्रति जनस्तरमा बढ्दो असन्तोषलाई स्वीकार गर्दै त्यसको समाधान चरमपन्थी सोच वा कदममार्फत खोज्न नहुने बताएका छन् । लोकतन्त्र दिवसका अवसरमा बिहीबार सामाजिक सञ्जालमा टिप्पणी गर्दै उनले वर्तमान प्रणालीले अपेक्षित परिवर्तन दिन नसक्दा असन्तुष्टि हुनु स्वाभाविक मानिए पनि...

जनमत र नाउपा मिल्ने निश्चित, नयाँ पार्टीमा ७ सय केन्द्रीय सदस्य

२०८२ वैशाख ११ गते १२:४५

काठमाण्डू, ११ वैशाख– एकता प्रक्रियाको दिशा तय गर्दै जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी (नाउपा) एकै दलमा रूपान्तरण हुने भएका छन् । दुवै दलबीच लामो समयदेखि चल्दै आएको संवाद र तयारीले अन्ततः वैशाख २७ गते ‘नागरिक जनमत पार्टी’ घोषणा गर्ने निष्कर्ष निकालेको छ ।...

सरकारविरुद्ध सदनमा कडा रुपमा प्रस्तुत हुने माओवादी निर्णय

२०८२ वैशाख ११ गते १२:३७

काठमाण्डू, ११ वैशाख– नेकपा माओवादी केन्द्रले शिक्षा र संघीय निजामती सेवा सम्बन्धी विधेयक लामो समयदेखि अलपत्र पारेर जनतालाई धोका दिएको भन्दै संघीय संसदको आगामी अधिवेशनमा सरकारप्रति कडा रूपमा प्रस्तुत हुने चेतावनी दिएको छ । बिहीबार सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा बसेको बैठकले झन्डै तीन...

शशांक कोइराला निवासमा काँग्रेस नेताहरुको बैठक

२०८२ वैशाख ११ गते १२:३०

काठमाण्डू, ११ वैशाख– कांग्रेस नेताहरुको एक समूहको पूर्वमहामन्त्री शशांक कोइराला निवास महाराजगञ्जमा बैठक बसेको छ । बैठमा अधिकांश सभापति शेरबहादुर देउवा पक्षधर पूर्वपदाधिकारी थिए । पूर्वउपसभापतिहरु विमलेन्द्र निधि, विजयकुमार गच्छदार, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र पूर्वसहमहामन्त्री एवं प्रवक्ता प्रकाशशरण महत कोइराला निवास पुगेका थिए ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us