
काठमाण्डू, ११ वैशाख– प्रधानमन्त्री केपी ओलीले शक्रबार सुरु हुने संघीय संसदको बजेट अधिवेशनलाई सम्बोधन गर्ने भएका छन् ।
ओलीले मुलुकको समसामयिक परिस्थिति र संसद अधिवेशनमा सरकारले गर्ने कामबारे दायित्वबारे सम्बोधन गर्ने एमाले नेताहरुले बताएका छन् ।
संसद अधिवेशनको पहिलो दिन सरकार प्रमुख र शीर्ष नेताले आफ्नो धारणा राख्ने चलन छ ।
एमाले प्रमुख सचेतक महेश बर्तौलाले शुक्रबारको बैठकमा प्रधानमन्त्रीले बोल्ने जानकारी दिए ।
राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा शुक्रबार अपराह्न १ बजेका लागि संसदको वर्षे अधिवेशन आह्वान गरेका छन् ।
सभामुख देवराज घिमिरेले बिहीबार प्रमुख दलका प्रमुख सचेतकहरुसँगको छलफलमा शनिबार र सार्वजनिक बिदाका दिनबाहेक अरु दिन संसद बैठक सञ्चालन गर्ने प्रस्ताव राखेका थिए ।