
काठमाण्डू, १० वैशाख– प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेटेको समाचार प्रकाशित गर्ने एक अनलाइन पत्रिकामाथि सर्वोच्च प्रशासनले कारबाही अघि बढाएको छ ।
प्रधानन्यायाधिशविरुद्ध अफवाह फैलाएको आरोपमा नेपाल पेन नामक अनलाइनमाथि अवहेलनामा कारबाही माग गर्दै सर्वोच्चमा प्रतिवेदन पेश भएको हो ।
सर्वोच्चका कर्मचारीद्वय कमला रेग्मी र रमेश बजगाईंले उक्त अनालनमाथि अवहेलनामा कारबाही माग गर्दै सर्वोच्चमा प्रतिवेदन पेश गरेका हुन् ।
प्रतिवेदनमाथि न्यायाधीशद्वय अब्दुल अजीज मुसलमान र टेकप्रसाद ढुंगानाको इजलासमा सुनुवाई हुने बताइएको छ ।
नेपाल पेन डटकमले पूर्वराजा शाहलाई प्रधानन्यायाधीश राउतले भेटेको भन्दै समाचार लेखेको थियो । यद्यपि अहिले उक्त समाचार हटाइएको छ ।