राजनीति

ठुलो रकम खर्चेर राजवादीहरूले भ्रमको खेती गरेः एमाले महासचिव

२०८२ जेठ १२ गते १६:५६

काठमाण्डू, १२ जेठ– एमाले महासचिव शङ्कर पोखरेलले प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रको विरुद्धमा ठुलो रकम खर्चेर राजावादीहरूले भ्रमको खेती गरेको दाबी गरेका छन । आज (सोमबार) एमाले बागमती प्रदेश कमिटीद्वारा ललितपुरको गोदावरीमा आयोजित निर्वाचित वडा अध्यक्षहरूको प्रशिक्षण भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले यस्तो बताएका हुन्...

गृहमन्त्रीको प्रष्टीकरणः ‘कर्मचारीले बदमासी गरेको थाहा पाएपछि हटाएको हुँ’

२०८२ जेठ १२ गते १६:४३

काठमाण्डू, १२ जेठ– गृहमन्त्री रमेश लेखकले भिजिट भिसामा सेटिङ प्रकरणमा कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा प्रष्टीकरण दिएका छन् । आज (सोमबार) बिहान पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको बैठकमा गृहमन्त्री लेखकले आफूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत (सहसचिव) तिर्थराज भट्टराईलाई...

सर्वोच्चको पछिल्लो आदेश अपूर्ण र अन्यायपूर्णः रास्वपा

२०८२ जेठ १२ गते १६:३५

काठमाण्डू, १२ जेठ– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेलाई थुनामै राख्ने सर्वोच्च अदालतको पछिल्लो आदेशलाई विवेकका दृष्टिबाट अपूर्ण र अन्यायपूर्ण रहेको निष्कर्ष निकालेको छ । पार्टीको पछिल्लो केन्द्रीय समितिको बैठकले यस्तो निष्कर्ष निकालेको कार्यबाहक प्रवक्ता मनीष झाले जानकारी दिएका छन...

प्रधानमन्त्रीको अभिव्यक्ति चिन्ताजनक छः राष्ट्रिय मानव अधिकार आयोग

२०८२ जेठ १२ गते १६:१४

काठमाण्डू, १२ जेठ– राष्ट्रिय मानव अधिकार आयोगले प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै ध्यानाकर्षण भएको जनाएको छ । प्रधानमन्त्रीबाट आएका यस्ता अभिव्यक्तिप्रति आपत्ति जनाउँदै आयोगले यस्ता अभिव्यक्ति आउनु मानव अधिकारका मूल्यमान्यताको समेत विपरीत हुन जाने स्पष्ट पारेको छ । हिजो (आइतबार)...

कार्यपालिका बैठक बोलाउन मेयर बालेनलाई उपमेयर डंगोलसहितका सदस्यको पत्र

२०८२ जेठ १२ गते १५:५९

काठमाण्डू, १२ जेठ– काठमाण्डू महानगरपालिकाका कार्यपालिकाका सदस्यहरूले जतिसक्दो छिटो बैठक राख्न मेयर बालेनसँग माग गरेका छन् । सोमबार उपमेयर सुनिता डंगोलसहित कार्यपालिकाका ४१ जना सदस्यहरूले चाँडो बैठक राख्न माग गर्दै मेयर बालेन शाहलाई पत्र लेखेका छन् । महानगरपालिकाको कार्यपालिका बैठक गत पुस महिनायता बस्न...

१० वर्षपछि माओवादीमा फर्किए गंगानारायण श्रेष्ठ

२०८२ जेठ १२ गते १३:३०

काठमाण्डू, १२ जेठ– नेसपाका नेता गंगानारायण श्रेष्ठ १० वर्षपछि नेकपा माओवादी केन्द्रमा फर्किएका छन् । उनी आज पार्टी समायोजनमार्फत् प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रमा फर्किएका हुन् । ०७२ असोज ९ गते डा( बाबुराम भट्टराईसँगै श्रेष्ठ पनि माओवादीबाट अलग भएका थिए । ललितपुरको ग्वार्कोस्थित कान्तिपुर...

गृहमन्त्रीबारे उठेका प्रश्नमा छलफल गर्न रास्वपाले बोलायो संसदीय दलको बैठक

२०८२ जेठ १२ गते १३:१५

काठमाण्डू, १२ जेठ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक माथि उठेका प्रश्नमा छलफल गर्न संसदीय दलको बैठक बोलाएको छ । बैठक आज (सोमबार) दिउँसो ४ बजे सिंहदरबारस्थित रास्वपाको संसदीय दलको कार्यालयमा बस्ने गरी संसदीय दलको बैठक बोलाइएको रास्वपाका एक नेताले...

भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखक निर्दोषः कांग्रेस

२०८२ जेठ १२ गते १२:५२

काठमाण्डू, १२ जेठ– सत्ताको प्रमुख घटक दल कांग्रेसले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक संलग्न नभएको निष्कर्ष निकालेको छ । आज बिहान बसेको पदाधिकारी बैठकमा मन्त्री लेखक अनियमिततामा संलग्न नभएको निष्कर्ष निकालेको बैठकपछि कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिएका छन । बैठकपछि कांग्रेस...

माओवादीले माग्यो गृहमन्त्री रमेश लेखकले राजीनामा

२०८२ जेठ १२ गते १२:४७

काठमाण्डू, १२ जेठ– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले गृहमन्त्री रमेश लेखकको राजनामा माग गरेको छ । माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा मागेको हो । आज बिहान बसेको माओवादी पदाधिकारी बैठकले मन्त्री लेखकले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको प्रवक्ता अग्नि सापकोटाले...

सामाजिक सञ्जालमा हल्ला गर्दैमा गृहमन्त्रीको राजीनामा आउँदैनः शंकर पोखरेल

२०८२ जेठ ११ गते २२:२४

काठमाण्डू, ११ जेठ- एमाले महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालमा प्रश्न उठ्दैमा गृहमन्त्री रमेश लेखकले राजीनामा नदिने बताएका छन् । एमाले सचिवालयको बैठकपछि आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले सञ्चार माध्यम र सामाजिक सञ्जालमा हल्ला गर्दैमा फैसला गर्न नमिल्ने बताए । लेखक दोषी हो कि होइन...

प्रधानमन्त्री ओलीद्वारा गृहमन्त्री लेखकको बचाउ, किन दिने राजीनामा ?

२०८२ जेठ ११ गते २२:१७

काठमाण्डू, ११ जेठ- एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले मानव तस्करसँगको मिलेमतोमा पर्यटक भिसामा मोटो रकम लिएर मानिसहरुलाई विदेश पठाउने प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको बचाउ गरेका छन् । ललितपुरको च्यासलस्थित एमाले मुख्यालय च्यासलमा बसेको पार्टी सचिवालय बैठकमा ओलीले कर्मचारीले गरेको गल्तीको भागिदार गृहमन्त्री...

दुर्गा प्रसाईं भन्छन्ः तीनकुनेमा रवीन्द्र मिश्र र धवलशमशेर राणाले पहिला प्रहरीमाथि आक्रमण गरेका थिए

२०८२ जेठ ११ गते २२:०५

काठमाण्डू, ११ जेठ- विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंले गत १५ चैतमा तीनकुने हिंसाका क्रममा राप्रपाका नेता कार्यकर्ताले कार्यक्रम सुरु हुनुअघि नै प्रहरीमाथि ढुंगामुढा प्रहार गरेको खुलासा गरेका छन् । जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डूमा दिएको बयानका क्रममा प्रसाईंले राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us