राजनीति

गोरखा पुगेका पूर्वप्रधानमन्त्री जनताका घर–घर गएर के गर्दैछन् ?

२०७४ चैत २२ गते ११:३३

गोरखा, २२ चैत – नयाँ शक्ति नेपाल पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्नो निर्वाचन क्षेत्रमा जनतासँग भेटघाट कार्यक्रम संञ्चालन गरेका छन् । बुधबार गोरखा पुगेका भट्टराई आफु निर्वाचित भएको क्षेत्र नं. २ स्थित सिरानचोक गाउँपालिकाको केराबारीमा बास बसेका थिए । ‘कम्तीमा पनि...

एमाले-माओवादी पार्टी एकता संयोजन समिति बैठक बालुवाटारमा शुरु, जुट्ला त सहमति ?

२०७४ चैत २२ गते ११:०४

काठमाण्डु, २२ चैत – एमाले-माओवादी पार्टी एकता संयोजन समितिको बैठक शुरु भएको छ । बैठक बिहान १० बजेबाट प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको हो । बिहीबारको बैठकमा कार्यदलमा मिलाउन बाँकी विषयमा छलफल गरी सहमति जुटाउने प्रयास गर्ने नेताहरुले बताएका छन् । कार्यदलस्तरमा एकीकृत पार्टीको...

प्रदेश नंं ५ः पर्यटन र कृषिको केन्द्र बनाइने

२०७४ चैत २१ गते १७:५७

दाङ, २१ चैत – प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले आफ्नो प्रदेशलाई पर्यटन र कृषि क्षेत्रको केन्द्र बनाइने बताएका छन् । रिपोर्टर्स क्लब दाङले आज तुलसीपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा मुख्यमन्त्री पोखरेलले ५ नं प्रदेश पर्यटन र कृषिको राम्रो सम्भावना रहेको बताउँदै भने,...

मनलाग्दी शुल्क नलिन निजी विद्यालयलाई शिक्षामन्त्रीले दिए यस्तो निर्देशन

२०७४ चैत २१ गते १७:४४

काठमाण्डु, २१ चैत – शिक्षा, विज्ञान तथा प्रविधी मन्त्री गिरिराजमणि पोखरेलले मनलाग्दी शुल्क नलिन निजी विद्यालय सञ्चालकहरुलाई निर्देशन दिएका छन् । ‘शिक्षा क्षेत्र मुनाफा कमाउने क्षेत्र होइन,’ निजी तथा आवसीय विद्यालय अर्गनाइजेशन नेपाल केन्द्रीय सचिवालयद्वारा काठमाण्डुमा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा पोखरेलले भने,’मन्त्रालयको निर्देशिका...

प्रदेशको अवस्थाबारे मुख्यमन्त्री पोखरेलले गरे लाजमर्दो खुलासा !

२०७४ चैत २१ गते १७:४०

दाङ, २१ चैत – प्रदेश नं. ५ का मुख्य मन्त्री शंकर पोखरेलले प्रदेशको हालत पहाडबाट बसाई सरेको परिवार जस्तो भएको बताएका छन् । दाङको तुलसीपुर उपमहानगरपालिकाको दोस्रो सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले केही पनि संरचना र पूर्वाधार नभएकाले प्रदेशको हालत पहाडबाट भर्खरै बसाई सरेर...

एमालेले पोलिटब्युरो र केन्द्रिय कमिटीको बैठक बोलायो

२०७४ चैत २१ गते १७:१६

काठमाण्डु, २१ चैत – नेकपा एमालेले पोलिटब्युरो र केन्द्रिय कमिटीको बैठक बोलाएको छ । आज (बुधबार) बसेको स्थायी समिति बैठकले बैशाख ६ गते पोलिटव्युरो र सात गेत केन्द्रिय कमिटीको बैठक बोलाएको छ । नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्ने विषयमा छलफल गर्न एमालेले बैठक...

न्यायाधीश केदारप्रसाद चालिसेको पदस्थापनसँगै संवैधानिक इजलासमा काम शुरु

२०७४ चैत २१ गते १७:०८

काठमाण्डु, २१ चैत – सर्वोच्च अदालतका न्यायाधीश केदारप्रसाद चालिसेले आजदेखि संवैधानिक इजलासमा काम शुरु गरेका छन् । पूर्व प्रधानन्यायाधीश गोपाल पराजुलीको अवकाशपछि रिक्त रहेको पदमा कामु प्रधानन्यायाधीश दीपकराज जोशीको सिफारिसमा न्यायाधीश चालिसेलाई न्याय परिषद्को बैठकले संवैधानिक इजलासका लागि तोकेको हो । आजदेखि संवैधानिक इजलास...

भारत उड्न लागेका ओलीलाई माअ‍ोवादी केन्द्रले दियो यस्तो सुझाव

२०७४ चैत २१ गते १६:५५

काठमाण्डु, २१ चैत – नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको क्रममा विगतमा भएका सम्झौता कार्यान्वयन गर्न जोड दिन सुझाव दिएको छ । माओवादी केन्द्र पार्टी संसदीय दलको बुधबार सिंहदरबारमा बसेको बैठकले भारत भ्रमणका क्रममा विगतमा भएका द्विपक्षीय सहमति कार्यान्वयनमा जोड दिन...

उर्जामन्त्री पुनले बैंककबाटै सुनाए यस्तो योजना

२०७४ चैत २१ गते १६:४२

काठमाण्डु, २१ चैत – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले चीन र बंगलादेशसँग द्विपक्षीय विद्युत व्यापार तथा समन्वय प्रक्रिया सुरु भएको बताएका छन् । भारतसँग भएको विद्युत व्यापार सम्झौता (पिटिए) सन्दर्भ जोड्दै उनले यस्तो बताएका हुन् । थाइल्यान्डको बैंककमा आयोजित दोस्रो एसिया तथा...

प्रधानमन्त्रीले भनेः सरकार निर्धक्क भएर काम गर्छ

२०७४ चैत २१ गते १६:३६

काठमाण्डु, २१ चैत – प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक समृद्धि, सुशासन, विकास र भ्रष्टाचारविहीन समाजको निर्माणमा वर्तमान सरकारले निर्धक्क भएर काम गर्ने बताएका छन् । उनले भने, “देशले राजनीतिक स्थायित्व प्राप्त गरेको छ । अब सरकार ढुक्कले देशमा विकासको मूल फुटाउने काममा लाग्छ ।...

ट्रेड युनियन काँग्रेसको जिल्ला अधिवेशन स्थगित

२०७४ चैत २१ गते १५:५०

काठमाण्डु,२१ चैत – नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल ट्रेड युनियन काँग्रेस काठमाण्डुको जिल्ला अधिवेशन स्थगित भएको छ । यही चैत १४ गते देशभरका अधिवेशन भइरहँदा काठमाण्डुको अधिवेशन चैत २१ गते गर्ने भनिए पनि प्रतिनिधि विवादका कारण स्थगित भएको हो । विभिन्न श्रमिक क्षेत्रका २४...

संसदीय दलको उपनेतामा सुवास नेम्बाङ, प्रमुख सचेतकमा भानुभक्त ढकाल

२०७४ चैत २१ गते १५:३८

काठमाण्डु, २१ चैत – सुवास चन्द्र नेम्बाङ नेकपा एमालेको संसदीय दलको उपनेता भएका छन् । संविधानसभाका पूर्व अध्यक्ष तथा सभामुखसमेत रहेका नेम्वाङलाई बुधबार बसेको एमालेको संसदीय दलको बैठकले उपनेता बनाएको हो । यस्तै बैठकले भानुभक्त ढकाललाई प्रमुख सचेतक बनाएको छ । एमाले अध्यक्ष तथा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us