काठमाण्डु, १० जेठ – उर्जा,सिंचाई तथा जलस्रोतमन्त्री बर्षमान पुन र नेपालका लागी अमेरिकी राजदूत अलाइना बी टेप्लिजबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित उर्जामन्त्रालयमा बिहिवार भएको भेटवार्तामा द्धिपक्षिय हित र चांसोका विषयमा छलफल भएको हो । मन्त्री पुनसंगको भेटमा अमेरिकी राजदूतले उर्जा र सिंचाईको क्षेत्रमा...
काठमाण्डु, १० जेठ – प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राइट’ दाजुभाइले जहाज बनाउनु अघि नै नेपालमा एयरबस’ बनिसकेको दाबी गरेका छन् । आज राजधानीमा भएको एक कार्यक्रममा बोल्दै ओलीले पुष्पक विमानलाई उदाहरण दिँदै नेपालमा उहिल्यै एयरबस बनेको दाबी गरेका हुन् । नेपालीहरु पूर्खादेखि नै दुरदृष्टि...
गौशाला, १० जेठ – प्रदेश नं २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले आज महोत्तरीको जलेश्वरस्थित कारागारको स्थलगत निरीक्षण गरेका छन् । महोत्तरी, धनुषा र सर्लाहीको संयुक्त कारागारका रुपमा रहेको जलेश्वर कारागारमा रहेका कैदीबन्दीको अवस्थाबारे जानकारी लिन मन्त्री यादवले स्थलगत निरीक्षण गरेका हुन्...
काठमाण्डु, १० जेठ – प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा क्षेत्रबाट लगानीअनुसार राम्रो प्रतिफल आउन नसकेको बताएका छन् । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान)ले आयोजना गरेको ‘पाँचौँ कान्तिपुर हिसान शैक्षिक मेला’को आज उद्घाटन गर्दै उनले व्यवस्थापकीय कमजोरी र गुणस्तरीय शिक्षामा ध्यान दिन...
राजविराज, १० जेठ – संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले राजविराज विमानस्थलबाट असारको पहिलो साताभित्र नियमित उडान शुरु हुने बताएका छन् । राजविाज विमानस्थलको आज उद्घाटन गर्दै मन्त्री अधिकारीले रनवेसहितको निर्माण भएको राजविराज विमानस्थलमा असारको पहिलो सातासम्म नियमित उडान हुने बताए ।...
काठमाण्डु, १० जेठ – प्रधानमन्त्री केपी ओलीले मुलुकको शिक्षा प्रणाली जीवनोपयोगी हुनुपर्नेमा जोड दिएका छन् । आज भृकटीमण्डपमा आयोजित कान्तिपुर–हिसान एजुकेशन फेयरको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले शिक्षा प्रणाली लाखौं खर्च गरेर सर्टिफिकेट फ्रेममा सजाएर...
काठमाण्डु, १० जेठ – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा क्षमता भएका युवाहरूको कमी नभएको बताएका छन् । उनले नेपालीले अवसर नपाएर क्षमता प्रदर्शन गर्न नसकेको मात्र भएको बताएका हुन् ।बिहीबारदेखि भृकुटीमण्डपमा सुरु भएको टान कान्तिपुर हिसान एडुकेसन फेयरमा बोल्दै प्रधानमन्त्री ओलीले अब देशमा रहेका...
काठमाण्डु, १० जेठ – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यो सरकार अबको ५ वर्षसम्म नढल्ने दावी गरेका छन् । नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठनको १२ औं स्थापना दिवसको कार्यक्रममा उनले कम्युनिष्टहरुको सुविधाजनक एकलौटी बहुमत रहेको सरकार कसैले चाहेर पनि नढल्ने बताएका हुन्...
काठमाण्डु, १० जेठ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संविधान र प्रजातन्त्रको आवरणमा सरकार सर्वसत्तावादी व्यवस्था कायम गर्न उद्दत रहेको आरोप लगाएका छन् । सरकार विपक्षीहरु असहिष्णु हुनु यसको प्रमाण भएको उनले बताए । राष्ट्रियताको पक्षमा लिएको अडान र केपी ओलीलाई जनताले मत...
काठमाण्डु, १० जेठ – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले सरकारको नीति तथा कार्यक्रम पुनर्लेखन गर्न माग गरेका छन् । बिहीबार नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै सांसद बडूले सरकारको नीति तथा कार्यक्रमले संघीयतालाई सम्बोधन गर्न नसकेको आरोप लगाए । सरकारले कार्यक्रमविनाको नीति...
काठमाण्डु, १० जेठ – स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्याकुमारी अर्यालले संघीयता अनुरुपका स्वस्थ्यका संरचना र प्रभावकारी स्वास्थ्य प्रणाली बनाउन क्रियाशील रहेको बताएकी छिन् । विश्व स्वास्थ्य संगठनको ७१औँ महासभालाई बुधबार जेनेभामा सम्बोधन गर्दै राज्यमन्त्री अर्यालले स्वास्थ्य क्षेत्रको संस्थागत विकास स्थानीय तहमा स्वास्थ्यका संरचना र...
काठमाण्डु, १० जेठ – निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनले मुख्य सचिवको तलब मासिक डेढ लाख र कार्यालय सहयोगीको ३० हजार रुपैयाँ हुनुपर्ने माग गरेको छ । अर्थमन्त्री डाक्टर युवराज खतिवडासँगको भेटमा ट्रेड युनियनले कर्मचारीको तलब वृद्धिको माग गरेको हो । कार्यालय सहयोगीको भन्दा मुख्य...