रुपन्देही, जेठ ९ – कृषि, पशुपक्षी, सहकारी र भूमि व्यवस्थासँग सम्बन्धित नीति निर्माण र सहकार्यका लागि आजदेखि बुटवलमा प्रदेश स्तरीय दुई दिने अन्तरक्रिया शुरु भएको छ । प्रदेश नं ५ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले आयोजना गरेको ‘सरकारी, गैरसरकारी तथा निजी क्षेत्रका...
काठमाण्डु, ९ जेठ – राष्ट्रिय जनता पार्टी नेपालले नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र सोही दलका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटी चाँडो संविधान संशोधन गर्न दवाव दिएका छन् । बजेटको विषयमा सात बुँदे लिखित ध्यानाकर्षण गराउन मंगलबार साँझ प्रधानमन्त्री निवास...
वीरगञ्ज, ९ जेठ – राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय परिषद्को तीन दिने बैठक बुधबार यहाँ सम्पन्न भएको छ । सो बैठकले राजनीतिक तथा वैचारिक कार्यदिशा, संगठनात्मक सुदृढीकरण र प्रशिक्षण सम्बन्धी कार्ययोजनालाई पारित गर्यो । निर्वाचनको संघारमा भएको पार्टी विभाजन, कमजोर संगठन, नेपाली काँग्रेससँगको तालमेललाई पराजयको...
काठमाण्डु, ९ जेठ – सदनमा सरकारको नीति तथा कार्यक्रममाथिको जारी छलफलमा बोल्दै सांसद जिप छिरिङ्ग लामाले सरकारले ऋण लिएर रेल मार्ग बनाउन नहुने सुझाव दिए । नीति तथा कार्यक्रममा रेलबारे धेरै चर्चा रहेको बताउँदै उनले अनुदानमा कसैले रेल बनाइदिए मात्र बनाउन सरकारलाई सुझाव दिएका...
काठमाण्डु, ९ जेठ – सरकारको आर्थिक वर्ष २०७५-७६ को नीति तथा कार्यक्रममाथि आजदेखि सैद्धान्तिक छलफल शुरु भएको छ । प्रतिनिधिसभाको बैठकमा आजदेखि शुरु भएको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै नेपाल कम्युनिष्ट पार्टीका विष्णुप्रसाद पौडेलले नीति तथा कार्यक्रमले राष्ट्रिय स्वाधीनताको विषयलाई प्राथमिकताका साथ अघि...
लुम्बिनी, ९ जेठ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य सम्पन्न भइसकेपछि यसको सञ्चालन निजी क्षेत्रले गर्ने बताएको छ । निर्माणाधिन विमानस्थलको अनुगमन पश्चात् पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उनले भने, ‘निेजी क्षेत्रलाई विमानस्थल सञ्चालन गर्न नदिए प्रतिस्पर्धी बनाउन...
धनगढी, ९ जेठ – गृहमन्त्री रामबहादुर थापाले शान्तिसुरक्षाको व्यवस्था चुस्त एवं दुरुस्त बनाउन सुरक्षा अधिकारीलाई निर्देशन दिएको छ । यहाँ आज आयोजित प्रदेश नं ७ स्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै गृहमन्त्री थापाले भने, ‘विकास र समृद्धिका लागि शान्ति अपरिहार्य रहेकाले शान्ति स्थापना र अमनचयन...
काठमाण्डु, ९ जेठ – सम्पत्ति विवरण बुझाएका मध्ये दुईजना महिला मन्त्रीहरु थममाया थापा र बिना मगरको सम्पत्ति न्यून देखिएको छ । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले म्याग्दीमा आमाबाट प्राप्त सात आना जग्गा र भूकम्पपीडित कोषबाट प्राप्त १५ हजार रुपैयाँ मौज्दात रहेको...
काठमाण्डु, ९ जेठ – प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिष्ट पार्टी बीचको एकताले मुलुकको स्थिरता, शान्ति, सुशासन र समृद्धिका लागि बलियो आधार तय गरेको बताए । विश्व प्रजातान्त्रिक युवा महासंघको साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई सार्थक बनाउन आगामी पाँच...
काठमाण्डु, ९ जेठ – खानेपानीमन्त्री विना मगरको सम्पत्ति विवरणमा श्रीमान प्रकाश दाहालको नाममा रहेको एउटा स्कुटर रहेको छ । बुधबार सार्वजनिक भएको उनको सम्पत्ति विवरणमा प्रकाश दाहालको नाममा रहेको स्कुटर पनि उल्लेख छ । उनीसँग ५ तोला सुन र १६ तोला चाँदी पनि रहेको...
काठमाण्डु, ९ जेठ – सीमा रक्षा गरेर बसेका नेपालीलाई सरकारले राष्ट्रवादको पाठ पढाउन जरुरी नरहेको भन्ने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको भनाइलाई नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेलले संसदमा चुनौती दिएका छन् । प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रम माथिको छलफलमा भाग...
काठमाण्डु, ९ जेठ – केपी ओली नेतृत्वको सरकारका सबैभन्दा धनी मन्त्रीमा रघुवीर महासेठ रहेका छन् । ओली सरकारका मन्त्रीहरुले सार्वजनिक गरेको सम्पति विवरण अनुसार महासेठ सबैभन्दा धनी मन्त्री देखिएका हुन् । सर्वाधिक धनी भौतीक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठका तीनवटा घर, सात ठाउँमा...