राजनीति

सरकारको नीति तथा कार्यक्रमः प्रधानमन्त्रीले भोली जवाफ दिने

२०७५ जेठ १२ गते १३:२१

काठमाण्डु, १२ जेठ – सरकारको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभाको बैठकमा सांसदले बोल्नेक्रम सकिएकाले प्रधानमन्त्रीले आइतबार जवाफ दिने भएका छन् । सरकारको नीति तथा कार्यक्रममाथि जेठ ९, १० र ११ गते लगातार छलफल भएको थियो । सांसदले उठाएका प्रश्नबारे प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि जवाफ...

जनप्रतिनिधिबीच विवादले प्रशासनिक केन्द्र तोक्न ढिलाइ

२०७५ जेठ १२ गते १२:०४

जाजरकोट, १२ जेठ – जनप्रतिनिधिको विवादका कारण जुनिचाँदे गाउँपालिकाले अहिलेसम्म गाउँपालिकाको प्रशासनिक केन्द्र तोक्न सकेको छैन । निर्वाचन भएको एकवर्ष पूरा भए पनि विवादले गाउँपालिकाको केन्द्र तोक्न नसकिएको हो । गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसीपक्षले जुनिचाँदेको लुवादहमा केन्द्र बनाउन आन्तरिक लविङ गरिरहेका छन् भने उपाध्यक्ष...

प्रचण्डले भनेः सरगरमाथाले नेपालको पहिचानलाई उच्च बनायो

२०७५ जेठ १२ गते ११:५४

काठमाण्डु, १२ जेठ – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरगमाथा नेपालको पहिचान र गौरव भएको बताएका छन् । अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा शनिवार बिहान राजधानीमा रक्तदान कार्यक्रमको उद्घाटन गर्दै प्रचण्डले सरगरमाथाले नेपालको पहिचानलाई उच्च बनाएको बताए उनले विश्वको सर्वोच्च शिखर सगरमाथामा तेन्जिङ...

मुक्त कमैयाका लागि महिला सांसद नै उत्रिएपछि…

२०७५ जेठ १२ गते १०:५६

दाङ, जेठ १२ – प्रतिनिधि सभा सदस्य विष्णु शर्मा पौडेलले मुक्त कमैयाको उचित व्यवस्थापनका लागि सरकारको ध्यानाकर्षण गराएकी छन् । सरकारको नीति तथा कार्यक्रमको छलफलमा बोल्दै दाङ क्षेत्र नम्वर १ का समानुपातिक प्रतिनिधि सभा सदस्य पौडेलले मुक्त कमैया घोषणाको १८ वर्ष पुग्न लाग्दा समेत...

नेकपा प्रवक्ता श्रेष्ठ चीन प्रस्थान

२०७५ जेठ १२ गते १०:१८

काठमाण्डु, १२ जेठ – नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ चिनियाँ कम्युनिस्ट पार्टीले कार्ल माक्र्सको द्विशतवार्षिकको अवसरमा आयोजना गर्ने कार्यक्रममा भाग लिन शुक्रबार चीन प्रस्थान गरेका छन् । नेकपाका नेता एवं तत्कालीन माओवादी केन्द्रका विदेश विभागका सचिव युवराज चौलागाईँका अनुसार प्रवक्ता श्रेष्ठले माक्र्सवादी दर्शन...

गुण्डागर्दी गर्ने तरुण दल सुनसरीका सभापति सिजन गुरुङ पक्राउ

२०७५ जेठ १२ गते १०:१२

धरान, १२ जेठ – तरुण दल सुनसरीका सभापति सिजन गुरुङ पक्राउ परेका छन् । उनलाई गुण्डागर्दीको आरोपमा प्रहरीले शुक्रबार राति पक्राउ गरेको हो । उनलाई इलाका प्रहरी कार्यालय इटहरीको टोलीले पक्राउ गरेको डिएसपी शिवकुमार श्रेष्ठले जानकारी दिए । गुरुङलाई पछिल्लोपटक तरहराकी तीर्थकुमारी गिरीको १०...

आयो नेकपालाई झट्का लाग्ने खबर, सर्वोच्चमै पर्यो रिट

२०७५ जेठ १२ गते ७:२६

काठमाण्डु, १२ जेठ– सर्वोच्च अदालतमा प्रतिनिधि सभा र प्रदेश सभाका सभामुख र उपसभामुख फरक फरक राजनीतिक दलका हुनुपर्ने माग गर्दै रिट दायर गरिएको छ । अधिवक्ता अच्युत खरेलले अहिले प्रतिनिधि सभा र प्रदेश सभामा एउटै पार्टीको सभामुख र उपसभामुख भएकाले त्यो संविधान विपरीत भएकाले...

शेरबहादुर देउवाको अनौठो प्रतिक्रियाः कम्युनिष्ट मिल्नु हाम्रा लागि अवसर !

२०७५ जेठ ११ गते २२:२२

काठमाण्डु, ११ जेठ–नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्ट एकतालाई काँग्रेसले अवसरका रुपमा लिनुपर्ने बताएका छन् । काँग्रेसको शुभेच्छुक संस्था नेपाल सांस्कृतिक संघको शुक्रबार स्थापनाको १२औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उहाँले पार्टीभित्र एकता आवश्यक रहेको बताए । ‘अरू एक हुँदा आत्तिनुपर्ने अवस्था छैन, अब हामी...

प्रदेश नं. १ मा प्रदेशसभाको अधिवेशन आह्वान

२०७५ जेठ ११ गते १७:५९

विराटनगर, ११ जेठ – प्रदेश नं. १ का डा गोविन्दबहादुर तुम्बाहाङले प्रदेशसभाको ‘बर्षे अधिवेशन’ यही जेठ १७ गते अपराह्न ३ बजे आह्वान गरेका छन् । प्रदेश सरकार,मन्त्रिपरिषदको सिफारिसमा नेपालको संविधानको १८३को उपधारा (१) बमोजिम सो अधिवेशन आह्वान गरिएको प्रदेश प्रमुख कार्यालयका सचिव रामकृष्ण गुरागाईले...

चार सय इन्स्पेक्टरको सरुवा (सूचीसहित)

२०७५ जेठ ११ गते १७:४२

काठमाण्डु, ११ जेठ – प्रहरी प्रधान कार्यालयले एकैपटक ठुलो संख्यामा प्रहरी निरीक्षकहरुको सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले शुक्रबार एकैपटक ४ सय जना इन्स्पेक्टरको सरूवा गरेको हो । यसअघि लामो समयदेखि तल्लो तहका कर्मचारीको सरुवा रोकिएको थियो ।  कुन इन्सपेक्टर कहाँ पुगे ?...

यी हुन काठमाण्डु प्रहरीको ‘उत्कृष्ट अवार्ड’ पाउने डीएसपीदेखि जवानसम्म(नामसहित)

२०७५ जेठ ११ गते १७:३०

काठमाण्डु, ११ जेठ – प्रहरी परिसर काठमाण्डुले उत्कृष्ट प्रहरी ६ जनालाई ‘काठमाण्डु प्रहरी अवार्ड’ वितरण गरेको छ । शुक्रबार परिसरमा आयोजित एक समारोहकाबीच उत्कृष्ट काम गर्ने ६ जना प्रहरी अधिकारीलाई पुरस्कार दिइएको हो । पुरस्कार पाउनेमा प्रहरी नायब उपरीक्षक (डिएसपी) तर्फ प्रदीपबहादुर क्षेत्री र...

अलपत्र भएका शहीद स्मारक पुनःनिर्माण हुनेः मन्त्रि तामाङ

२०७५ जेठ ११ गते १६:४३

काठमाण्डु, ११ जेठ – निर्माण व्यवसायीको लापरवाही र सरकारको बेवास्ताले ११ वर्षदेखि शुरु भएको राष्ट्रिय शहीद स्मारक निर्माणले अझै पूर्णता पाउन सकेको छैन । विसं २०६२-६३ को जनआन्दोलनको सफलतासँगै शहीद स्मारक निर्माणको माग उठेको थियो । आन्दोलनमा सक्रिय सहभागी भएका दलको सहभागितामा गोकर्णको यज्ञडोल...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us