राजनीति

भक्तपुर ‘इन्काउन्टर’ बारे गृहमन्त्रीले मुख खाेले

२०७५ साउन २४ गते १३:२५

काठमाण्डु, २४ साउन – गृहमन्त्री रामबहादुर थापाले ११ बर्षीय निशान्त खड्का अपहरण संलग्न दूई अपहरणकारीमाथि प्रहरीले गरेको इन्काउन्टरबारे अनुसन्धान गर्ने बताएका छन् । बिहिवार राज्य व्यवस्था समितिको बैठकमा गृहमन्त्री थापाले भने, ‘सरकारको आधिकारिक धारणा बाहिर आइसकेको छ । तर पनि छानविन गर्दै स्पष्ट पार्छौं...

राष्ट्रियसभाका अध्यक्षकाे सरकारलाई सुझावः विकासको गति अझै बढे हुन्थ्यो

२०७५ साउन २४ गते १२:३९

चितवन, २४ साउन – राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले विकास निर्माणको गति बढाउन सरकारलाई सुझाव दिएका छन् । आज यहाँ सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले आम रुपमा सरकारको विकासको गति अझै बढे हुन्थ्यो भन्ने छ, भने । सरकारको कामप्रति राष्ट्रियसभा सन्तुष्ट रहेको र विधेयकहरु चाँडो ल्याउन...

माधव नेपाल र रघुवीरसँग ठेकेदारले भनेः हजुर ! अब १५ दिन पछि खाल्डाखुल्डी पुर्छु

२०७५ साउन २४ गते ११:३४

काठमाण्डु, २४ साउन – पूर्व प्रधानमन्त्री एवं नेकपाका नेता माधवकुमार नेपालले जोरपाटी साँखु सडकखण्डको काम तत्काल सक्न निर्देशन दिएका छन् । विहीवार चाबहिल–बौद्ध–जोरपाटी–साँखु सडक खण्डको अनुगमन गदै काठमाण्डु निर्वाचन क्षेत्र नम्बर दुईका सांसद समेत रहेका नेता नेपालले काममा ढिलाइ गर्नेमाथि कारबाहीको चेतावनी दिएका हुन्...

पूर्णचन्द्र थापा बने नेपालकै स्टाफ कलेजबाट उतीर्ण गर्ने पहिलो प्रधानसेनापति

२०७५ साउन २४ गते १०:३३

काठमाण्डु, २४ साउन – प्रधानसेनापति राजेन्द्र क्षेत्री आजदेखि घरविदामा बस्ने भएपछि भोलिदेखि बलाधिकृत रथी पूर्णचन्द्र थापाले नेपाली सेनाको नेतृत्व सम्हाल्ने भएका छन् । प्रधानसेनापति क्षेत्रीको पदावधि २४ भदौसम्म रहेकाले रथी थापाले कायम मुकायम प्रधानसेनापतिका रुपमा नेपाली सेनाको नेतृत्व सम्हाल्न लागेका हुन् । पूर्णचन्द्रलाई प्रधानसेनापति...

नेपालको गणतन्त्रविरुद्ध थाइल्याण्डमा तयार भयो ‘ग्राण्ड डिजाइन’, ज्ञानेन्द्र र डोभलबीच चार घण्टा मन्त्रणा

२०७५ साउन २४ गते ७:३१

काठमाण्डु, २४ साउन– नातिनीलाई क्याम्पस भर्ना गर्ने बहानामा स–परिवार थाइल्याल्ड पुगेका पूर्वराजा ज्ञानेन्द्र शाहले त्यहाँ राजनीतिक चलखेल सुरु गरेका छन् । नेपालको राजनीतिक व्यवस्था परिवर्तन गर्ने दाउमा उनले विदेशी खुफिया एजेन्सीका मानिसहरुलाई भेटेका हुन् । भारतीय प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार अजित डोभल ज्ञानेन्द्र भेट्न बैंकक...

म पदबाट राजीनामा दिन तयार छुः मन्त्री साह

२०७५ साउन २३ गते २१:४९

जनकपुर, २३ साउन– प्रदेश–२ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले आफूले पाँच रुपैयाँ पनि भ्रष्टाचार गरेको प्रमाणित भए राजीनामा दिने बताएका छन् । मधेशी पत्रकार समाजद्वारा बुधबार आयोजित पत्रकार सम्मान र संसदीय पत्रकारिता तालीमको समापन समारोहमा उनले भने, ‘अनर्गल हल्लाका भरमा कसैको पनि चरित्र हत्या...

जनप्रतिनिधिको सेवासुविधामा फेरबदल हुन सक्छः मन्त्री कार्की

२०७५ साउन २३ गते २१:४०

झापा, २३ साउन– प्रदेश नम्बर–१ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले जनप्रतिनिधिको सेवासुविधामा फेरबदल हुन सक्ने बताएका छन् । जिल्ला समन्वय समिति झापाले बुधबार आयोजना गरेको तीनदिने ‘न्यायिक अधिकारसम्बन्धी तालीम’को उद्घाटन गर्दै उनले प्रदेश सरकारको पूर्ण व्यवस्थापन भएसँगै जनप्रतिनिधिको सुविधाका बारेमा फेरबदल हुन...

साउन २९ गते नेपाल बन्द

२०७५ साउन २३ गते १९:४५

काठमाण्डु, २३ साउन– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफ्ना नेता खड्गबहादुर विश्वकर्मा पक्राउको विरोधमा आगामी २९ साउनमा नेपाल बन्द आह्वान गरेको छ । नेकपाका महासचिव विप्लवले बुधबार विज्ञप्ति जारी गर्दै पाँच दिने आन्दोलनका कार्यक्रमसहित बन्द आह्वान गरेका हुन् । विज्ञप्तिमा साउन २५...

नेकपाको विद्यार्थी एकताबारे तीन उपसमितिले बुझाए प्रतिवेदन

२०७५ साउन २३ गते १७:४०

काठमाण्डु, २३ साउन – नेपाल कम्युनिस्ट पार्टीको विद्यार्थी संगठनहरु अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीको एकता प्रक्रिया अघि बढाउन गठित उपसमितिहरुले बुधबार प्रतिवेदन बुझाएको छ । तीनैवटा समितिले नेपाल कम्युनिस्ट पार्टीले गठन गरेको कार्यदलसमक्ष प्रतिवेदन बुझाएको हो । दुई संगठन एकताका लागि विधान मस्यौदा, संगठन समायोजन...

प्रकाण्डलाई ५ दिन थुनामा राख्न अदालतको आदेश

२०७५ साउन २३ गते १७:२०

काठमाण्डु, २३ साउन – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई ५ दिन थुनामा राख्न काठमाण्डु जिल्ला अदालतले आदेश दिएको छ । झण्डै ७ करोड चन्दा संकलनको अभियोगमा मंगलबार काठमाडौंको दक्षिणकाली नगरपालिका १ चाल्नाखेलबाट पक्राउ परेका विश्वकर्मालाई ५ दिन थुनामा राखेर...

कारिन्दा भएर पार्टी प्रवक्तामा बस्दिनः नारायणकाजी श्रेष्ठ

२०७५ साउन २३ गते १६:५०

काठमाण्डु, २३ साउन – नेकपाका नेता नारायणकाजी श्रेष्ठले प्रवक्ता पद पार्टीको कारिन्दाको पद नभएको बताएका छन् । एपीवान एचडीको कार्यक्रम तमसोमा ज्योतिर्गमयसँगको अन्तर्वातामा उनले यस्तो धारणा राखेका हुन् । आफूलाई कसैले बाध्य पारेर नभइ र स्वेच्छाले प्रवक्ता पद पद त्याग गरेको पनि उनले स्पष्टिकरण...

तोकिएको कार्य क्षेत्रमा जान चिकित्सकलाई स्वास्थ्य मन्त्रीको निर्देशन

२०७५ साउन २३ गते १६:२१

काठमाण्डु, २३ साउन – उप–प्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले तोकिएको कार्य क्षेत्रमा जान वरिष्ठ चिकित्सकहरुलाई कडा निर्देशन दिएका छन् । उप–प्रधानमन्त्री यादवले गाउँ तहसम्म दरबन्दी भए पनि वरिष्ठ चिकित्सकहरु नगएको भन्दै असन्तुष्टि व्यक्त गरे । बुधबार शिक्षण अस्पताल महाराजगंजमा आयोजित एक...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us