राजविराज, २५ साउन – नेपाली काङ्ग्रेसले सप्तरी जिल्लालाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरी कृषकलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउन माग गरेको छ । उक्त पार्टीको जिल्ला कार्यालयले राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा सभापति दिनेशकुमार यादवले वर्षा र सिँचाइको उचित व्यवस्था नहुँदा यहाँका कृषक मारमा परेको...
काठमाण्डु, २५ साउन – नेपाल र बंगलादेशबीच ऊर्जा सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा नेपालका तर्फबाट उर्जा मन्त्री बर्षमान पुन र बंगलादेशका ऊर्जा राज्यमन्त्री नसरुल हमिद शुक्रबार हस्ताक्षर गरेका हुन् । समझदारीमा नेपालबाट बंगलादेशले विद्युत् खरिद गर्ने, नेपाली जलविद्युत् क्षेत्रमा बंगलादेशको लगानी सहजीकरण...
चितवन, २४ साउन – गृहमन्त्री रामबहादुर थापा बादलले अपहरणकारीलाई २४ घन्टामा निस्तोज पार्न सरकार सफल भएको बताएका छन् । उनले फेक इन्काउन्टर हल्ला मात्र भएको समेत बताएका छन् । भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री बादलले ११ वर्षीय बालक निशान खड्का अपहरणकारीहरु इन्काउन्टरमै मारिएको...
पोखरा, २५ साउन – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले सहकारीमा संकलित पूँजीलाई उत्पादनमूलक क्षेत्रमा लगानी गरिने बताए । अनलाइन पत्रकार संघ कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले सहकारीको समग्र व्यवस्थापन गर्न आवश्यक कानून निर्माणको तयारी भइरहेको बताइन् । महिला...
काठमाण्डु, २५ साउन – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ को चीन र भारतभ्रमण तय भएको छ । स्रोतका अनुसार प्रचण्डले भदौ २२ देखि २७ सम्म भारतको भ्रमण गर्नेछन् भने असोज १ मा साता व्यापी चीन भ्रमणका लागि बेइजिङ जानेछन्...
चितवन, २५ साउन – गृहमन्त्री रामबहादुर थापा बादलले नेकपा ‘विप्लव’ समूहका प्रवक्ता प्रकाण्ड ध्वंसात्मक गतिविधिमा संलग्न भएकाले पक्राउ गरिएको स्पष्टिकरण दिएका छन् । शुक्रबार भरतपुर विमानस्थलमा सञ्चारुकर्मीहरु कुराकानी गर्दै गृहमन्त्रीले प्रकाण्डको नाममा वारेन्ट जारी भएको बताए । नेकपाका नेता समेत रहेका गृहमन्त्री बादलले भने,...
बेनी, २५ साउन – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कालीगण्डकी करिडोरअन्तर्गत गत बेनी–जोमसोम–कोरला खण्डको काम सुस्त भएको गुनासो बढेको बताए । जिल्ला समन्वय समितिको दोस्रो जिल्ला सभाको बिहीबार बेनीमा उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले राष्ट्रिय गौरवका आयोजनालाई समयमै सम्पन्न गराउन चौतर्फी रुपमा ताकेता गर्नुपर्ने बताए...
काठमाण्डु, २४ साउन– विशेष अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा गणेश लामालाई दोषी ठहर गरी एक वर्ष कैद र एक करोड बिगो बराबरको सम्पति जफत गर्ने फैसला सुनाएको छ । विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, न्यायाधीशहरु द्वारिकामान जोशी र रत्नबहादुर बागचन्दको इजलाशले बिहीबार लामालाई कैद र...
काठमाण्डु, २४ साउन – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले उच्च जिम्मेवारीमा रहेका नेतालाई पार्टीको कार्यकारी पद नदिने निर्णय गरेको छ । बिहीबार बसेको नेकपा सचिवालय बैठकले मन्त्री, मेयर, उपमेयर गाउँपालिकाका अध्यक्ष र उपाध्याक्षसम्मलाई कार्यकारी पदको जिम्मेवारी नदिने निर्णय गरेको हो । ‘संघीय मन्त्री,...
काठमाण्डु, २४ साउन – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को हेडक्वार्टर धुम्बाराहीमा रहने भएको छ । बिहीबार बसेको सचिवालय बैठकले धुम्बाराहीमा केन्द्रीय कार्यालय र पेरिसडाँडामा जनवर्गीय संगठनहरुको कार्यालय राख्ने निर्णय गरेको हो । धुम्बाराही तत्कालीन एमालेको कार्यालय थियो भने पेरिसडाँडामा माओवादीको कार्यालय थियो...
काठमाण्डु, २४ साउन – काठमाण्डु महानगरपालिकाकी उप–प्रमुख हरिप्रभा खड्गी श्रेष्ठले उपमेयरलाई अधिकार नदिईएको भन्दै देशैभरिका उप–प्रमुखहरुलाई समेटेर संघर्ष समिति बनाउने चेतावनी दिएकी छिन् । बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उपप्रमुख खड्गीले भनिन्,‘‘मलाईमात्रै होईन, देशैभरिका उपप्रमुखहरुलाई अधिकारविहीन बनाईएको छ । अब अधिकार...
काठमाण्डु, २४ साउन – सरकारले राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको सिक्टा सिँचाइ आयोजनामा बदमासी भएको भन्दै छानबिनका लागि उच्चस्तरीय समिति गठन गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको आयोजनामा भएको बदमासीको सत्यतथ्य पत्तालगाई दोषीमाथि कारवाही तथा पुनःनिर्माणका लागि आवश्यक सुझाव दिन समितिलाई निर्देशन...