काठमाण्डु, २६ साउन – सरकारले छवटा स्थानीय तहको केन्द्र परिवर्तन गरेको छ । गोरखाको धार्चे गाउँपालिकाको केन्द्र साविक गुम्दा गाविसको कार्यालयबाट परिवर्तन गरी वडा नं ५ माछिखोला र पर्वतको मोदी गाउँपालिकाको केन्द्र साविक देउपुर गाविसको कार्यालयबाट मोदी–२ पातीचौर बजार कायम गरिएको सङ्घीय मामिला तथा...
सुर्खेत, २६ साउन – सिँचाइ डिभिजन कार्यालय सुर्खेतको हलमा अस्थायीरूपमा सञ्चालन हुँदै आएको कर्णाली प्रदेशको सभाहलमा पानी चुहिन थालेको छ । अलि बढी पानी पर्ने बित्तिकै सभाहल चुहिन थाल्छ । हल चुहिँदा प्रदेशसभा सदस्यहरु बैठकमा जोगिएर बस्नुपर्दछ । राजधानी सुर्खेतजस्तो ठाउँमा सभा भवन नै...
बनेपा, २६ साउन – सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले अब सबै मिलेर देश बनाउने संकल्प गर्नुपर्ने बताए । आज काभ्रेलाञ्चोकको धुलिखेलमा नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोक शाखा, सिङ्गापुर रेडक्रस र प्रारम्भ संस्था ललितपुरको संयुक्त आयोजनामा भएको प्राथमिक स्वास्थ्य सामग्री वितरण कार्यक्रममा बोल्दै मन्त्री बाँस्कोटाले...
काठमाण्डु, २६ साउन – डा. गोविन्द केसीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर सहमतिअनुसार चिकित्सा शिक्षा विधेयक आउनु पर्ने बताएका छन् । त्यसमा तोडमोड गरे १६ औं अनसन बस्ने उनले चेतावानी समेत दिएका छन् । प्रधानमन्त्रीलाई भेट्न डा. केसी आफ्नो वार्ता टोलीसहित बालुवाटार पुगेका थिए...
काठमाण्डु, २६ साउन – चिकित्सा शिक्षा सुधारका लागि १५ पटकसम्म अनशन बसेका डा. गोविन्द केसीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज प्रत्यक्ष भेटवार्ता गर्दै छन् । प्रधानमन्त्री निवास बालुटारमा ११ः ४५ बजे डा. केसी र प्रधानमन्त्री ओलीबीच प्रत्यक्ष भेटवार्ता हुने भएको हो । आफ्ना प्रतिनिधिमार्फत्...
चितवन, २६ साउन – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीयता जनतालाई अझ बढि अधिकार सम्पन्न बनाउनका लागि भएको बताएका छन् । शनिवार बिहान चितवनमा संचारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । यसैक्रममा आफ्नो चीन तथा भारतको भ्रमणका बारेमा प्रष्ट पार्दै...
काठमाण्डु, २५ साउन– एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीका अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले नेपाली काँग्रेस बिपीसँग चाँडो एकता हुने बताएका छन् । पार्टी निकट युवा शक्तिले शुक्रबार राजधानीमा आयोजना गरेको ‘नागार्जुन नगरपालिकास्तरीय पार्टी प्रवेश कार्यक्रम’ मा उनले दुवै पार्टी एकताका लागि संयुक्त सचिवालय स्थापना भइसकेको...
काठमाण्डु, २५ साउन – कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ ले जथाभावी कर बढायो भनेर सरकारविरुद्ध अफवाह फैलाईएको बताएका छन् । उनले भने,‘वर्तमान सरकारले कर बढायो र जनतालाई ठूलो मारमा पार्यो भनेर अफवाह फैलाईयो । तर, बाहिर अफवाह फैलाईएकोजस्तो कर बढाईएको छैन ।...
काठमाण्डु, २५ साउन – संघीय संसद राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको कार्यविधि पारित भएको छ । समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले सचिवालयबाट प्रस्तावित कार्यविधि परिमार्जनसहित पारित गरेको हो । सचिवालयद्वारा प्रस्तावित कार्यविधि छलफलमा उठेका प्रश्नहरुको जवाफसहित पारित गरिएको समितिका जेष्ठ सदस्य हरिचरण शिवाकोटीले जानकारी...
पोखरा, २५ साउन – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजसंस्थासहितको लोकतन्त्र वर्तमानमा पनि उत्तिकै सान्दर्भिक रहेको बताएका छन् । राप्रपा गण्डकी प्रदेश कार्यालयको आज पोखरामा शुभारम्भ गर्दै उनले आम नागरिक हिन्दूराज्य र राजसंस्थासहितको लोकतन्त्रका पक्षमा रहेको बताए । राप्रपा नेपालको राजनीतिमा फरक विचार...
काठमाण्डु, २५ साउन – नगरपालिकामा अधिकृतको जागिर खाएको दुई वर्षमै ७ करोड भ्रष्टाचार मुद्दामा तानिएका ईलाम माई नगरपालिकाका अधिकृत रविनचन्द्र ढकाललाई जेल चलान गरिएको छ । विशेष अदालतका न्यायाधीश चण्डीराज ढकाल, प्रमोदकुमार श्रेष्ठ वैद्य र नारायणप्रसाद पोखरेलको इजलासले मुद्दाको टुंगो नलागेसम्म पूर्पक्षका लागि थुनामा...
काठमाण्डु, २४ साउन – नयाँ शक्ति पार्टी नेपाल काठमाण्डु जिल्ला समन्वय समितिले काठमाण्डु महानगरलाई सूचना माग गर्दै पत्र बुझाएको छ । काठमाण्डु महानगरपालिकाको कार्यालयमा पार्टीको जिल्ला समन्वय समितिले सूचनाको माग गर्दै महानगर प्रमुख विद्यासुन्दर शाक्यलाई पत्र बुझाएको हो । पत्र बुझाउँदै काठमाण्डु जिल्ला समन्वय...