काठमाण्डु, १३ भदौ – राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना समक्ष राष्ट्रियसभा मातहतका तीन विषयगत समितिका नवनिर्वाचित सभापतिले पद तथा गोपनीयताको शपथ लिएका छन् । शपथ लिनेमा विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङ, राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी थापा र प्रत्यायोजित व्यवस्थापन तथा...
सुर्खेत, १३ भदौ – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले वातावरण संरक्षण सरकारको प्राथमिकतामा रहेको बताएका छन् । नेपाल वातावरण पत्रकार समूहद्वारा आज यहाँ आयोजित ‘प्राथमिकतामा वातावरण’ सञ्चार बहस कार्यक्रममा उनले जलवायु परिवर्तनको विश्वव्यापी असरलाई मध्यनजर गर्दै प्रदेश सरकारले वातावरण संरक्षणमा विशेष जोड दिएको बताए...
काठमाण्डु, १३ भदौ – प्रधानमन्त्री केपी ओली र भुटानका अन्तरिम सरकारका प्रमुख सल्लाहकार ल्योन्पो छिरिङ वाङचुकबीच बुधबार भेटवार्ता भएको छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलन हुने स्थान होटल सोल्टीमा भेटवार्ता भएको हो । बुधबार...
बुटवल, १३ भदौ – बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा भाग लिन नेपाल आएका म्यान्माका राष्ट्रपति विन मिन्तले आज बुद्धजन्मस्थल लुम्बिनीको भ्रमण गरेका छन् । राष्ट्रपति मिन्टले लुम्बिनीस्थित मायादेवी मन्दिरको दर्शन गर्नाका साथै त्यहाँस्थित ‘मार्कर स्टोन’(सिद्धार्थ गौतमको...
काठमाण्डु, १३ भदौ – बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनमा सहभागी हुन श्रीलंकाका राष्ट्रपति मैत्रिपाल सिरिसेना काठमाण्डु आइपुगेका छन् । उनको यो पहिलो सद्भाव भ्रमण पनि हो । उनी बुद्ध जन्मभुमि लुम्विनी भ्रमणमा जाने कार्यक्रमसमेत तय...
काठमाण्डु, १३ भदौ – प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ का सम्बन्धमा सरोकारावाला निकाय र व्यक्तिसँग छलफल प्रारम्भ गरेको छ । समितिको आजको बैठकमा सांसद एवं पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीले अध्यादेशका सम्बन्धमा सरोकारवाला निकायसँग छलफल गरी स्पष्ट हुनुपर्ने बताए ।...
काठमाण्डु, १३ भदौ – नयाँ मुलुकी संहिता कानूनले मुलुकमा कानूनी राज्य स्थापना गर्नुपर्ने सरोकारवालाले बताएका छन् । सञ्चार केन्द्र नेपालले आज यहाँ आयोजना गरेको ‘नेपालमा कानूनी अवस्था र नागरिक समाजको भूमिका’ विषयक अन्तक्र्रियामा उनीहरुले नयाँ कानूनअनुसार दैनिक भइरहेका घटनालाई नियन्त्रण गरी कानूनी राज्य स्थापना...
चितवन, १३ भदौ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्मचारीतन्त्रमा रहेको निहित उद्देश्य रहेको मिलेमतो (सेटिङ) तोड्नुपर्ने बताए । निर्माण व्यवसायी सङ्घ चितवनको २५ औँ साधारणसभालाई आज यहाँ सम्बोधन गर्दै उनले ठूला विकास निर्माणको योजना एउटै निर्माण व्यवसायीलाई ठेक्का दिने...
काठमाण्डु, १३ भदौ – बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)को १६औँ मन्त्रीस्तरीय बैठक सकिएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ट्वीट गर्दै बैठक सफलतापूर्वक सम्पन्न भएको जानकारी दिएका छन् । सम्मेलन आयोजक राष्ट्रका हैसियतमा बैठकको अध्यक्षता ज्ञवालीले गरेका थिए । बैठकमा...
काठमाण्डु, १३ भदौ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला हिंसालाई रोक्न सरकार गम्भीर हुनुपर्ने बताएका छन् । बुधबार चितवनमा निर्माण व्यवसायी संघको अधिवेशनको उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले पछिल्लो समय महिला हिंसाका घटना बढ्दै गएकोमा चिन्ता व्यक्त गरेका हुन्...
काठमाण्डु, १३ भदौ – राष्ट्रियसभा मातहतका चारमध्ये तीन विषयगत समितिका सभापतिको निर्विरोध चयन भएको छ । विषयगत समितिमा आज बसेको बैठकमा सभापतिहरुको निर्विरोध चयन भएको हो । सोअनुसार सभापतिमा राष्ट्रिय सरोकार तथा समन्वय समितिमा दिलकुमारी थापा, विधायन व्यवस्थापन समितिमा परशुराम मेघी गुरुङ र प्रत्यायोजित...
काठमाण्डु, १३ भदौ – बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को १६औँ मन्त्रीस्तरीय बैठक राजधानीमा शुरु भएको छ । बैठकको अध्यक्षता गरेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सदस्य देशका आफ्ना समकक्षीको स्वागतसँगै उद्घाटन मन्तव्य व्यक्त गर्दै बिम्स्टेक क्षेत्रको सामाजिक–आर्थिक रुपान्तरण सङ्गठनको अबको कार्यसूची...