काठमाण्डु, १३ कात्तिक – प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा थप सुधार भएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । यसैगरी स्वास्थ्यमा सुधार आइराख्यो भने एक–दुई दिनमा डिस्चार्ज गर्ने अस्पतालले जनाएको छ । प्रधानमन्त्री उपचाररत मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले मंगलबार बिहान जारी गरेको विज्ञप्तिअनुसार...
सर्लाही, १३ कात्तिक – रामनगर गाउँपालिका–४ का वडाध्यक्ष रामनरेश महतो माथि एक समूहले आक्रमण गरेका छ । सोमबार वडा कार्यालय जाँदै गर्दा रामनगर–४ उपेन्द्र रायको घरमा बसेका १५/२० जनाको समूहले आफूमाथि आक्रमण गरेको उनले बताए । आक्रमणबाट वडाध्यक्ष महतोलाई टाउकोमा गहिरो चोट लागेको छ...
काठमाण्डु, १३ कात्तिक – आफूले मागेको सूचना उपलब्ध नगराएको भन्दै पथरी शनिश्चरे नगरपालिका–२ मोरङका विमलकुमार सङ्ग्रौलाले नेपाली काङ्ग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलविरुद्ध राष्ट्रिय सूचना आयोगमा पुनरावेदन दर्ता गराएका छन् । सङ्ग्रौलाले सोमबार राष्ट्रिय सूचना आयोगमा दर्ता गराएको पुनरावेदनमा मागबमोजिमको सूचना उपलब्ध नगराउने काङ्ग्रेस...
काठमाण्डु, १२ कात्तिक – कृषि, भूमि व्यवस्थापन तथा सहकारीमन्त्री चक्रपाणि खनालले नेपालले छिमेकी मूलुक चीनको विकासको गतिलाई समात्न प्रयत्न गर्नुपर्ने आवश्यकता औंल्याएका छन् । नेपाल र चीनको सिचुवान प्रान्तको चिया संस्कृतिको बारेमा आज यहाँ आयोजित छलफल कार्यक्रममा उनले दुवै देशबीचको सम्बन्ध अनुपम र प्रगाढ...
काठमाण्डु, १२ कात्तिक – प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको छ । छातीमा समस्या देखिएपछि आइतबार विहान त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका उनको स्वास्थ्यमा निकै सुधार भएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । प्रधानमन्त्रीको ज्वरो नियन्त्रणमा आएको छ भने सास फेर्न...
काठमाण्डु, १२ कात्तिक – राष्ट्रिय जनता पार्टी नेपालका नेता एवम् संसदिय सुनुवाई विशेष समितिका सभापति लक्ष्मणलाल कर्णले सरकारले संविधान संसोधन हुनुपर्ने आफ्नो पार्टीको माग संवोधन नगरे छठ लगतै सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएका छन । राजधानीमा भएको एक कार्यक्रममा बोल्दै नेता कर्णले...
काठमाण्डु, १२ कात्तिक – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आफ्नो पार्टीले संघियताका विपक्षमा संसदमा संसोधन प्रस्ताव दर्ता गर्न लागेको बताएका छन् । नेपालमा संघिय प्रणाली अत्यन्तै खर्चिलो हुने र जनतालाई खर्चको भार मात्र बढाउन छलकपट पूर्ण तरिकाले संघियता लागु गरिएकाले अहिले जनता स्वयमनै संघियताको...
काठमाण्डु, १२ कात्तिक – राष्ट्रपति विद्यादेवी भण्डारी कतारका अमिर शेख हमाद बीन खलिफा अल थानीको निमन्त्रणामा आज कतारको औपचारिक भ्रमणमा त्यसतर्फ प्रस्थान गरेकाले राष्ट्रपतिबाट सम्पादन हुने काम उपराष्ट्रपतिबाट सम्पादन गरिने गरी तोकिएको छ । नेपालको संविधानको धारा ६७ को उपधारा (२) बमोजिम राष्ट्रपतिको अनुपस्थितिमा...
काठमाण्डु, १२ कात्तिक – छातीमा सङ्क्रमण देखिएपछि महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालमा भर्ना हुनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई केही दिन अस्पतालमै ‘अब्जर्भेसन’ का लागि राखिने उपचारमा संलग्न चिकित्सकले बताएका छन् । उनकोे शरीरमा ‘लोयर रेस्पिरेटरी ट्राक इन्फेक्सन’ (एलआरटिआइ) का कारण चिनीको मात्रा असन्तुलित भएकाले...
रुकुम पश्चिम, १२ कात्तिक – नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलले सरकारले जनचाहनाअनुसार काम गर्नुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन रुकुम पश्चिमले आज सदरमुकाम मुसिकोटमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता कँडेलले वर्तमान सरकार जनताको चाहनाअनुसार अगाडि बढ्न नसकेको आरोप लगाए । दुई तिहाइको...
काठमाण्डु, १२ कात्तिक – प्रदेश १ का मुख्यमन्त्री शेरधन राई उपचारका लागि बैंकक जाने भएका छन् । गर्धनको रोग पत्ता नलागेपछि उनी जाँच तथा उपचारका लागि थाइल्याण्डको राजधानी बैंकक जान लागेका हुन् । उनलाई गर्धन लुलो हुने र टाउको धेरै हल्लने समस्या रहेको छ...
काठमाण्डु, १२ कात्तिक – राष्ट्रपति विद्यादेवी भण्डारी ५ दिने कतार भ्रमणको सिलसिलामा सोमबार कतार प्रस्थान गरेकी छिन् । भण्डारी कतारका अमिर शेख तामिम विन हमद अल थानीको निमन्त्रणामा त्यसतर्फ प्रस्थान गरेकी हुन् । यस्तो छ राष्ट्रपतिको ५ दिने कार्यक्रम भ्रमणका क्रममा कात्तिक १३ गते...