राजनीति

निर्मला हत्या प्रकरणः बर्खास्तीमा परेका एसपी विष्टले गरे सनसनीपूर्ण खुलासा

२०७५ कार्तिक ११ गते १५:१४

काठमाण्डु, ११ कात्तिक – कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्यामा लापरबाही गरेको भन्दै सेवाबाट बर्खास्तीमा परेका तत्कालिन एसपी डिल्लीराज विष्टले सत्यतथ्य बाहिर आएरै छाड्ने दाबी गरेका छन् । उनले आफू निर्दोष भएकाले अनावश्यक दुःख दिइएको भन्दै सत्यको जित हुने बताएका छन्...

प्रधानमन्त्रीको खुलासाः म मर्नुपथ्र्यो तर म मरिन

२०७५ कार्तिक ११ गते १५:०७

काठमाण्डु, ११ कात्तिक – ‘चौध वर्षको कारावास र त्यसमध्ये चार वर्षको एकल कोठरी बासका समयमा मसँग दुई विकल्प थिए । त्यो पनि मेरो छनोटको विषय थिएन । कि त म मर्नुपथ्र्यो तर म मरिन । त्यसैले मैले चुपचाप सहेको थिएँ । मेरो छनोट भएको...

नेपाल प्रहरीको लोकतान्त्रिकीकरण जरुरीः मुख्यमन्त्री गुरुङ

२०७५ कार्तिक ११ गते १५:०४

पोखरा, ११ कात्तिक – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाल प्रहरीको लोकतान्त्रिकीकरण हुनुपर्ने बताएका छन् । प्रहरी प्रधान कार्यालयको आयोजनामा आज पोखरामा आयोजित समुदाय–प्रहरी साझेदारी कार्यक्रममा उनले शासन सत्ता टिकाउनका लागि शासकहरूले नेपाल प्रहरीको प्रयोग गर्ने प्रवृत्तिको अन्त्य गर्दै यसको लोकतान्त्रिकीकरण हुनु आवश्यक...

नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न मन्त्री पुनको आग्रह

२०७५ कार्तिक ११ गते १४:४५

काठमाण्डु, ११ कात्तिक – सर्विया भ्रमणमा रहेका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपालको ऊर्जा क्षेत्रमा लगानीका लागि सर्वियाका उद्योगी तथा व्यवसायीलाई उत्प्रेरित गरिदिन आग्रह गरेका छन् । मन्त्री पुन र सर्वियाका प्रथम उपप्रधानमन्त्री इभिका डाकिकबीच शनिबार भएको भेटवार्तामा मन्त्री पुनले सो आग्रह गरेका...

राष्ट्रिय योजना आयोगको भूमिका प्रभावकारी हुनुपर्छः मुख्यमन्त्री शाही

२०७५ कार्तिक ११ गते १४:४१

सुर्खेत, ११ कात्तिक – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राष्ट्रिय योजना आयोगलाई प्रभावकारी भूमिका निर्वाह गर्न आग्रह गरेका छन् । ‘अहिलेसम्म योजना आयोग केही व्यक्तिलाई व्यवस्थापन गर्ने, जागिर लगाउने संयन्त्रका रुपमा सीमित बन्यो’, उनले भने, ‘तीन वटै तहका सरकारका लागि योजना निर्माणमा सहयोगी भूमिका...

‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम शुभारम्भ, यसरी बन्नेछ साझेदारी संयन्त्र

२०७५ कार्तिक ११ गते १४:४१

काठमाण्डु, ११ कात्तिक – ‘हर प्रहर गाउँ र नगरी, टोलटोलमा नेपाल प्रहरी’ भन्ने मूल नारासाथ शान्तिसुरक्षा, समृद्धि र स्थायित्वका लागि नेपाल प्रहरीले ल्याएको ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमको आज शुभारम्भ गरिएको छ । प्रहरीले स्थानीय तह, समुदाय, सामाजिक सङ्घसंस्था तथा विद्यालयसँग साझेदारी रहने गरी आज देशभर...

प्रचण्डले भने– प्रधानमन्त्रीजीले घोषणा गर्दिनुस् भन्नुभा’छ

२०७५ कार्तिक ११ गते १४:१८

चितवन, ११ कात्तिक – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिटी हल र रंगशाला दुबै बन्ने पक्का भएको बताएका छन् । आइतबार चितवनको भरतपुरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले रंगशाला निर्माण गर्नका लागि प्रधानमन्त्रीको पनि साथ रहेको उल्लेख गरे । ‘चियापान सकाएर प्रधानमन्त्रीसँग...

सङ्कल्प पूरा गर्न प्रदेश सरकार दत्तचित्तः मुख्यमन्त्री राई

२०७५ कार्तिक ११ गते १४:०४

विराटनगर, ११ कात्तिक – प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले विकास र समृद्धिका साझा सङ्कल्प पूरा गर्न प्रदेश सरकार दत्तचित भएर लागिरहेको बताएका छन् । प्रदेश प्रहरी कार्यालय विराटनगरद्वारा आज यहाँ आयोजित समुदाय–प्रहरी साझेदारी कार्यक्रमको शुभारम्भ गर्दै उनले आफ्ना नीति तथा कार्यक्रमको माध्यमबाट...

विद्यासुन्दरले मागे केन्द्र सरकारसँग गुहार !

२०७५ कार्तिक ११ गते १३:५२

काठमाण्डु, ११ कात्तिक – ‘तीनकुने शान्तिमण्डल’ स्थानीयवासीलाई दिइने मुआब्जा विवाद केन्द्र सरकारले मिलाउनुपर्ने काठमाण्डु महानगरपालिकाले जनाएको छ । ‘शान्तिमण्डल’ स्थानीयवासीलाई दिइने मुआब्जा विवादका कारण काम अघि बढ्न सकेको छैन । मुआब्जाको कुरा कामपाले नभई केन्द्र सरकारले मिलाउनुपर्ने कामपाका प्रमुख विद्यासुन्दर शाक्यको भनाइ छ ।...

नेकपा स्थायी कमिटी बैठक स्थगित

२०७५ कार्तिक ११ गते १३:२६

काठमाण्डु, ११ कात्तिक – नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक स्थगित भएको छ । कात्तिक १२ र १३ गतेका लागि बोलाइएको बैठक अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगित भएको हो । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि स्थायी कमिटी बैठक...

गृहमन्त्री भन्छन्– सबै प्रकारका अपराध निस्तेज गरिन्छ

२०७५ कार्तिक ११ गते १३:१३

काठमाण्डु, ११ कात्तिक – गृहमन्त्री रामबहादुर थापा बादलले शान्तिपूर्ण र सुरक्षित समाज निर्माणका लागि ‘समूदाय प्रहरी साझेदारी कार्यक्रम’ फलदायी हुने विश्वास व्यक्त गरेका छन् । प्रहरी प्रधान कार्यालयमा आयोजित ‘समूदाय प्रहरी साझेदारी कार्यक्रम’ को शुभारम्भ समारोहलाई सम्बोधन गर्दै बादलले देश विकासका लागि गुण्डा, ठग...

अस्वस्थ भनेका केपी अाेली तन्दुरुस्त !

२०७५ कार्तिक ११ गते ११:२९

काठमाण्डु, ११ कात्तिक – रूघाखोकीसँगै ज्वरोले बिरामी परेका प्रधानमन्त्री केपी शर्मा ओलीको छातीमा संक्रमण भने नदेखिएको चिकित्सकले बताएका छन् । उनको किड्नीको अवस्था राम्रो रहेको र उनलाई चिकित्सकहरुले तीन दिन आराम गर्न सुझाव दिएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले प्रधानमन्त्री आज मन्त्रिपरिषद्...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us