मुलुक प्रमुख

पाल्पा अनिश्चितकालिन बन्द

२०७३ मंसिर १७ गते ११:१५

पाल्पा– प्रदेश विभाजनमा असन्तुष्टि जनाउँदै आएका पाल्पाका संयुक्त युवा, तरुण तथा विद्यार्थी आन्दोलन समितिले आजदेखि अनिश्चितकालका लागि जिल्ला बन्दको आह्वान गरेका छन् । सरकारले प्रदेश नम्बर ५ बाट पाल्पालाई अलग्याएर प्रदेश नम्बर ४ मा राखेको भन्दै पाल्पामा विरोधस्वरुप आजदेखि अनिश्चितकालसम्मका लागि जिल्ला बन्दको आह्वान...

बुटवल तनावग्रस्त, प्रदर्शनकारीले माओवादीको चुनाव चिन्हअंकित प्रतिक निकालेर राष्ट्रिय झण्डा गाडे

२०७३ मंसिर १६ गते १९:११

बुटवल- सरकारले ५ नं प्रदेश टुक्र्याउने लगायत विषयमा ल्याएको संविधान संशोधन प्रस्तावविरुद्ध प्रदर्शनमा उत्रेका युवा र प्रहरीबीच बिहीबार दिनभर ढुंगा हानाहान भएको छ । राष्ट्रिय झन्डासहित स्वतःस्फुर्त रुपमा उत्रिएका केही युवाले दिउँसो अस्पताल लाइनमा रहेको माओवादी केन्द्रले बनाएको सहिद स्मारक तोडफोड गर्न खोजेपछि स्थिति...

ललितपुरमा मोटरसाइकल दुर्घटना,१ जनाको मृत्यु

२०७३ मंसिर १६ गते १८:२३

काठमाण्डु-ललितपुर भट्टेडाँडा–९ मा बिहीबार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । वा ४७ प ६९१६ नंको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब ४०० मि तल खसेर दुर्घटना हुँदा चालक माल्चा–१ का भीमबहादुर सिगारको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । रासस...

प्रधानसेनापतिले दिए सैनिक जवानहरुलाई निर्देशन

२०७३ मंसिर १६ गते १७:३२

काठमाण्डु– प्रधानसेनापति राजेन्द्र क्षत्रीले सैनिक जवानहरुलाई मुलुक र मुलुकवासीका लागि अनुशासित र संयम ढंगले काम गर्न निर्देशन दिएका छन् । बिहीबार पूर्वी पृतना हेडक्वार्टर अन्तर्गतको निरीक्षणको क्रममा तेह्रथुमको इन्द्रदल गूल्मको निरीक्षण गर्दै उनले सो निर्देशन दिएका हुन् । दुई दिने निरीक्षण भ्रमणको क्रममा सदमुकाम...

एकाएक मच्चियो तनाव, २० राउण्ड अश्रुग्यास प्रहार

२०७३ मंसिर १६ गते १६:३०

गोरखा– गोरखाको घ्याल्चोकस्थित सिउरेनीटारमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजनाको कार्यालयमा प्रभावित क्षेत्रका बासिन्दाले ताला लगाउन खोजेपछि आज झडप भएको छ । बूढीगण्डकी राष्ट्रिय सरोकार समितिको आह्वानमा बिहानैदेखि सिउरेनीटार पुगेका प्रभावित क्षेत्रका बासिन्दाले कार्यालयमा ताला लगाउन खोजेपछि झडप भएको हो । दिउँसो ३ बजेपछि करिब २०...

यो घटनामा किन पन्छिदैछ सरकार !

२०७३ मंसिर १६ गते १४:२४

पाल्पा-पाँच वर्षअघि अपहरित पाल्पा जिल्ला जल्पा गाविस–५ का किशोर न्यौपानेको घटना अझै सार्वजनिक हुन सकेको छैन । तानसेन नगरपालिका–३ बारुदखानमा बस्दै आएका किशोर न्यौपाने २०६८ साउन २२ गते साथीको घरमा जान निस्केका बेला अपहरणमा परेका हुन् । त्यसको दुईदिनपछि न्यौपानेका आमा नुनकुमारी न्यौपानेलाई छोराको...

पूर्वका तीन जिल्लामा सञ्चार सेवा अवरुद्ध

२०७३ मंसिर १६ गते १४:१४

खोटाङ-नेपाल टेलिकमको चित्रेथान टावरमा समस्या आएपछि पूर्वका खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुमा सञ्चार सेवा अवरुद्ध भएको छ । उदयपुरको नामेटार गाविसमा रहेको चित्रेथान टावरको रेडियो लिङ्कमा खराबी आउँदा टेलिकमद्वारा वितरित ल्यान्डलाइन, नमस्ते तथा स्काई फोन एडिएसएल र वाईम्याक्स सेवा अवरुद्ध भएको हो । सवै सञ्चार...

कञ्चनपुरमा १ सय ३१ जनाको मृत्यु

२०७३ मंसिर १६ गते १३:१३

भीमदत्तनगर- कञ्चनपुरमा एचआइभी एड्सको सङ्क्रमणबाट हालसम्म १३१ जनाको मृत्यु भइसकेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा उक्त रोगको सङ्क्रमण पत्ता लगाउन सुरु गरिएपछि हालसम्म १३१ जनाको मृत्यु हुनाका साथै हाल ४६८ महिला तथा पुरुष सङ्क्रमित रहेको कार्यालयका सूचना अधिकृत हेमराज जोशीले जानकारी दिए...

सरकारको कदमविरुद्ध पाल्पा बन्द

२०७३ मंसिर १६ गते १२:४८

रामपुर-सरकारले प्रदेश नं ५ बाट पाल्पालाई अलग्याएर प्रदेश नं ४ मा राखेको विरोधस्वरुप बिहीबार जिल्ला बन्द आह्वान गरिएको छ । पहाडी जिल्ला पाल्पा, गुल्मी, अर्घाखाँची, प्युठान रुकुम र रोल्पालाई तराईबाट अलग्याउन खोजिएको भन्दै नेपाल तरुण दलका सभापति मेजरसिंह केसी, युवा सङ्घ नेपालका करुणा काफ्ले,...

दुर्घटनामा चालक र सहचालकको मृत्यु

२०७३ मंसिर १६ गते ११:१२

लहान– सिरहाको सीतापुर–२ मा रहेको पोखरीमा आज बिहान ट्रयाक्टर पल्टिदा ट्रयाक्टरका चालक र सहचालकको मृत्यु भएको छ । बालुवा पु¥याएर फर्किने क्रममा स १ त १३७२ नंको ट्रयाक्टर सडक छेउमा रहेको पोखरीमा अचानक पल्ँिटदा चेपिएर ट्रयाक्टर चालक लहान नगरपालिका–२२ निवासी अन्दाजी ३२ वर्षीय प्रमोद...

चिसो बढेपछि प्रहरी चौकी गाभिन थाले

२०७३ मंसिर १६ गते १०:२०

मुस्ताङ, १६ मंसिर– अत्याधिक चिसो बढेपछि मुस्ताङको उपल्लो क्षेत्रमा स्थापित प्रहरी चौकी एकआपसमा गाभिन थालेका छन् । चिसोका कारण लोमान्थाङ, छोसेर, छोण्हुप, चर्राङ, घमी र सुर्खाङका सर्वसाधारण मङ्सिर पहिलो सातादेखि नै बेँसी झर्न थालेपछि सर्वसाधारणको चहलपहल घटेका कारण प्रहरी चौकी अस्थायीरुपमा गाभिएको हो ।...

प्रचण्डका प्रभावशाली मन्त्री नै एमालेको पक्षमा उभिएपछि…

२०७३ मंसिर १५ गते १९:१३

काठमाण्डु, १५ मंसिर– रक्षामन्त्री बालकृष्ण खाँडले सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन विधेयकमा असहमति जनाएका छन् । मन्त्रिपरिषद्को मंगलबारको बैठकको निर्णयअनुसार सीमांकन, भाषा, नागरिकता र राष्ट्रिय सभामा प्रतिनित्व लगायत विषयमा संविधान संशोधन प्रस्ताव दर्ता भएको थियो । स्रोतका अनुसार मन्त्री खाँणले मन्त्रिपरिषद् बैठकमा प्रदेश...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us