मुलुक प्रमुख

म्याग्दी यातायात सेवाका जिप तोडफोड

२०७३ मंसिर १८ गते १३:०६

म्याग्दी-पश्चिम म्याग्दी यातायात सेवा प्रालि दरवाङले बेनी– दरबाङ सडकखण्डमा आइतबारदेखि सञ्चालन गर्न ल्याएको दुईवटा जिप पर्वत बेनीमा तोडफोड भएको छ । दरबाङमा आइतबार उद्घाटन गरी सञ्चालनमा ल्याउने तयारीका साथ ल्याउन लागेको जिपमध्ये दुईवटा जिपको अगाडिको सिसा, झ्याल लगायतमा क्षति पुगेको छ । म्याग्दी आउने...

जंगली हात्तीको आक्रमणबाट ३५ जनाको मृत्यु

२०७३ मंसिर १८ गते १२:४९

बर्दिया- वन्यजन्तुको आक्रमणमा परी करिब सत्र वर्षका अवधिमा तीसभन्दा बढीको मृत्यु भएको छ । बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख रमेशकुमार थापाका अनुसार २०५६ देखि २०७३ भदौ मसान्तसम्म जङ्गली हात्तीको आक्रमणमा परी ३५ जनाको मृत्यु भएको छ । सरकारले उनीहरुका परिवारलाई राहतस्वरुप २५ हजारदेखि एक लाखसम्म...

त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका डिनद्वारा राजीनामा

२०७३ मंसिर १७ गते १८:४४

काठमाण्डु–त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) का डिन प्रा डा. केशवप्रसाद सिंहले शुक्रबार राजीनामा दिएका छन् । शिक्षण अस्पतालमा शुक्रबार पत्रकार सम्मेलन गर्दै उनले प्रा डा. गोविन्द केसीको जीवनरक्षाका लागि आफूले त्रिविका उपकुलपति डा. तीर्थ खनियाँसमक्ष राजीनामा दिएको बताए । प्रा डा. केसी २० दिनदेखि...

कपिलवस्तुमा कारागार सुरक्षा प्रमुखमाथि आक्रमण

२०७३ मंसिर १७ गते १८:२४

कपिलवस्तु-कपिलवस्तु कारागारमा कार्यरत प्रहरी सुरक्षाकर्मी प्रमुखमाथि कैदीबन्दीबाट शुक्रबार आक्रमण भएको छ । कारागारको सुरक्षार्थ खटिएका प्रहरी नायब निरीक्षक जगजीवन यादवमाथि जबर्जस्ती करणीको अभियोगमा कैद भुक्तान गर्दै आएका कैदी जगतराम केवटले आक्रमण गरेको कारागार स्रोतले जनाएको छ । कारागारको पर्खालबाट कारागार निगरानी गरिरहेका सुरक्षा प्रमुख...

महिला सहभागिता कम्तीमा ५० प्रतिशतलाई कटौती नगर्न आग्रह

२०७३ मंसिर १७ गते १६:२७

काठमाण्डु– निर्वाचन आयोगले स्थानीय निर्वाचन कार्यविधिमा रहेको ‘निर्वाचनमा महिला उम्मेदवारी (सहभागितां) कम्तीमा ५० प्रतिशत हुनुपर्ने’ प्रावधानलाई कटौती नगर्न सरकारसित आग्रह गरेको छ । राज्यले अवलम्बन गरेको समावेशी र समानुपातिक नीतिलाई व्यावहारिक रुपमा कार्यान्वयन गर्ने माध्यम निर्वाचन र यसमा पनि महत्वपूर्ण स्थानीय निकाय नै हुने...

बसको ठक्करबाट स्कुटी चालकको मृत्यु

२०७३ मंसिर १७ गते १५:५८

दाङ-दाङको तुलसीपुरमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो २ बजे सलतपुरबाट तुलसीपुरतर्फ आउँदै गरेको बसले स्कुटीलाई ठक्कर दिँदा बिजौरी–९ बस्ने वर्ष २५ का विकास वलीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक खुमानन्द पाण्डेले जानकारी दिएका छन् । ना...

सुनसरी जिविसका पूर्व सभापति मेहताको निधन

२०७३ मंसिर १७ गते १५:४७

इनरुवा-जिल्ला विकास समिति सुनसरीका पूर्व सभापति अरविन्द्र मेहताको शुक्रबार निधन भएको छ । मुटु, रक्तचाप र मधुमेहको रोगबाट पीडित मेहताको उपचारका क्रममा ६४ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । पञ्चायतकालमा प्रधानपञ्च समेत भएका मेहता जिविसका उपसभापति पनि भएका थिए । मेहता...

बागलुङमा एचआइभी एड्स संक्रमितहरुको संख्या बढ्यो

२०७३ मंसिर १७ गते १४:५६

बागलुङ-जिल्लामा विगत तीनवर्ष यता एचआइभी सङ्क्रमित बढ्दो क्रममा भेटिएको छ । बागलुङस्थित धवलागिरी अञ्चल अस्पतालमा अहिलेसम्म ३२५ सङ्क्रमित दर्ता भएका छन्, जुन तीन वर्षअघिको तुलनामा ७४ ले बढी हो । आव २०६९/७० मा २५१ जना सङ्क्रमित दर्ता थिए । सङ्क्रमित पहिचान हुने क्रम बढे...

विद्युत् प्राधिकरणको एक पछि अर्को राम्रो कामः विद्युत् चोरी गर्ने ३६८ जना कारबाहीमा

२०७३ मंसिर १७ गते १४:४८

सप्तरी– नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र, राजविराजले हुकिङ गरी विद्युत् चोरी गर्ने ३६८ जनालाई कारबाही गरेको छ । चालु आर्थिक वर्ष २०७३/७४ को साउनदेखि मङ्सिरको हालसम्म जिल्लामा हुकिङ गरी विद्युत् चोरी गर्नेलाई कारवाही गरिएको हो । व्यापक विद्युत् चोरी भइरहेको भन्दै जिप्रका र नेपाल...

काठमाण्डु उपत्यकाका सडकमा ५ हजारभन्दा बढी भुस्या कुकुर !

२०७३ मंसिर १७ गते १४:३१

काठमाण्डु-उपत्यकामा गाईपालक कृषक बढ्दै जाने क्रमसँगै थारा गाई तथा साँढे र बाच्चाबाच्छीलाई सडकमा छाडा छोड्ने क्रम बढ्दो छ । गाउँघर तथा सहरका चोक, गल्ली र मूलसडक एवम् चौबाटोमा छाडा गाई, साँढे र साना बहरले आश्रय लिँदै आएका छन् । छाडा चौपायाकै कारण ६० प्रतिशत...

अदालतबाट सजाय तोकिएका फरार अभियुक्त पक्राउ

२०७३ मंसिर १७ गते १३:१७

बुटवल-अदालतबाट सजाय पाएका एकजना फरार अभियुक्तलाई प्रहरीले बिहीबार पक्राउ गरेका छन् । पक्राउ पर्नेमा बुटवल उप महानगरपालिका– ९ दीपनगरका ४० वर्षीय किसनबहादुर क्षेत्री रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक मुकुन्द मरासिनीले बताए । जबर्जस्ती करणी र जबर्जस्ती चोरी मुद्दामा रुपन्देही जिल्ला अदालतबाट...

भारतको भूकम्पले नेपाल हल्लियो

२०७३ मंसिर १७ गते ११:२२

बैतडी– गएराति १०ः३७ बजे दार्चुलाबाट १५ किलोमिटर उत्तरपश्चिम भारतको भूभागमा केन्द्रविन्दू भएको ५.३ रेक्टर स्केलको भूकम्प गएको भूकम्पमापन केन्द्र, सुर्खेतका टेक्निकल असिस्टेन्ट कपिल महर्जनले जानकारी दिए । दार्चुला प्रहरी प्रमुख केदार खनालले जानकारी दिएअनुसार अहिलेसम्म क्षतिको कुनै विवरण आएको छैन । सबै प्रहरी पोस्टलाई...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us