पत्रपत्रिकाबाट

भारतबाट आएको राहतको पाउरोटीमा ढुसी, चाउचाउ र जुस ‘डेट एक्स्पाएर’

२०७२ वैशाख २५ गते १:३६

काठमाण्डु, २५ वैशाख– भूकम्पपीडितको राहतका नाममा छिमेकी राष्ट्र भारतबाट ल्याइएको पाउरोटीमा ढुसी पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले नमुना परीक्षण गर्दा राहतका लागि पठाएका चाउचाउ, पाउरोटी र जुसमा म्यादा सकिएको छ । ती खाद्य वस्तु उपभोग गर्न मिल्दैन । त्यस्ता राहत...

भूकम्पपीडितको उद्धारमा आएका विशेषज्ञ कुकुरको दैनिक खर्च २२ करोड

२०७२ वैशाख २५ गते १:२८

काठमाण्डु, २५ वैशाख – १२ को भूकम्पपछि उद्धारमा आएका विभिन्न अन्तर्राष्ट्रिय टोलीले जम्मा एक सय ३९ वटा तालिमप्राप्त कुकुर लिएर आएका थिए। आधिकारिक सूचनाअनुसार प्रतिदिन प्रतिकुकुर खर्च डेढ लाख रुपैयाँ पर्छ। ती कुकुरका तालिमकर्ता तथा सञ्चालकमाथि झन्डै नौ गुणा बढी रकम खर्च हुन्छ। यी...

भूकम्पमा परिवार गुमाएका नेपालीलाई स्वदेश फर्कन निः शुल्क टिकट

२०७२ वैशाख २५ गते १:१५

सरकारले महाभूकम्पमा परी परिवारका सदस्य गुमाएका र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई स्वदेश फर्कन निशुल्क हवाई टिकटको व्यवस्था गर्ने भएको छ। मन्त्रिपरिषदको बिहीबारको बैठकले भूकम्पका कारण मृत्यु भएका परिवारका वैदेशिक रोजगारीमा रहेका सदस्यलाई हवाइ टिकटको व्यवस्था गर्ने निर्णय गरेको हो । सरकारले यस्तो सुविधा जेठ महिनासम्मका...

भूकम्पपीडितलाई राहत र पुनःस्थापना अब सबै सरकारी माध्यमबाट

२०७२ वैशाख २५ गते ०:५६

 दातृ निकायले आफूखुसी खर्च गर्न नपाउने  काठमाण्डु, २५ वैशाख–दातृ निकाय भूकम्प प्रभावित क्षेत्रको पुननिर्माण योजना निमित् एकद्वार (वान डोर) प्रणालीमा जान सहमति भएका छन् । अर्थ मन्त्रालयमा विहिबार भएको बैठकमा यस्तो सहमति जुटेको हो । योजना बनाउने विषयको नेतृत्व राष्ट्रिय योजना आयोगले गर्ने छ...

नयाँ बिरामी लिन छाड्यो वीरअस्पतालले

२०७२ वैशाख २४ गते २:२८

काठमाण्डु, २४ वैशाख – भूकम्पले दुइवटा भवन चर्किएपछि वीर अस्पतालले नयाँ बिरामी भर्ना लिन छाडेको छ । चार सय ६० बेडको अस्पतालमा आइतबारबाट ओपिडी र आकस्मिक सेवा मात्रै सञ्चालन गरिएको छ । अस्पतालमा निर्देशक डा. स्वयंप्रकाश पण्डितले एक सयभन्दा बढी बेड भएका वार्डमा रातो...

भूकम्पपीडितलाई २ प्रतिशतमा आवास कर्जा

२०७२ वैशाख २४ गते २:०५

काठमाण्डु, २४ वैशाख – भूकम्पपीडितले बैंक तथा वित्तीय संस्थाबाट २ प्रतिशत ब्याजदरमा घरकर्जा पाउने भएका छन् । राष्ट्र बैंकले बुधबार गरेको नयाँ व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाले उपत्यकाभित्र प्रतिपरिवार बढीमा २५ लाख रुपैयाँसम्म र उपत्यकाबाहिर १५ लाख रुपैयाँसम्म कर्जा प्रवाह गर्न सक्नेछन् । त्यसवापत...

बेचेको घरले लियो ११ जनाको ज्यान

२०७२ वैशाख २४ गते १:५०

काठमाण्डु, २४ वैशाख – कपनका मिलनचोकका चन्द्रबहादुर श्रेष्ठले भूकम्प आउनु केही दिन अघि २ करोड ३५ लाख रुपैयाँमा आफ्नो साढे ५ तले घरबिक्री गरेका थिए । घरको स्वामित्व हस्तान्तरण गरेपछि उनी सपरिवार अन्यत्र सर्न हतारिएका थिए । उनको सर्ने योजना पूरा नहुँदै महाभूकम्प गयो...

करोडपति हुने सपना सुकुम्बासीमा परिणत

२०७२ वैशाख २४ गते १:३३

काठमाण्डु, २४ वैशाख – लक्ष्मीसुन्दर माखास्याले लाखौँ लगानी गरेर पसल सुरु गरेको २० दिनमात्र भएको थियो । पहिलो पटक २०६५ सालमा ग्लास पसल सुरु गरेका लक्ष्मीसुन्दरले बिरामी भएकाले थलिएपछि विगतमा व्यवसाय अगाडि बढाउन सकेका थिएनन् । आफन्तबाट ऋण लिएर जिल्लामै सबैभन्दा ठूलो ग्लास पसल...

डेरा पाउन छाड्यो काठमाण्डुमा

२०७२ वैशाख २४ गते १:२९

काठमाण्डु, २४ वैशाख – वैशाख १२ मा आएको भूकम्पपछि राजधानीमा डेरा हाकाहार भएको छ । भूकम्पले नचर्किएका घरमा भाडा शतप्रतिशतसम्म बढाइएको पाइएको छ । प्रहरीका अनुसार उपत्यकामा मात्र ३४ हजार ४१ वटा घर भत्किएका छन् । १ लाख ३६ हजार ५ सय ४५ विस्थापित...

भूकम्प पीडितलाई राहत र ध्वस्त संरचना पुनः निर्माणमा सरकार र दाताबीच विवाद

२०७२ वैशाख २४ गते ०:५९

काठमाण्डु,२४ वैशाख – दातृ निकायले सरकारी संयन्त्र अस्वीकार गरी सिधै आफू या निकटका अन्तर्राष्ट्रिय, राष्ट्रिय गैससबाट भूकम्प पीडित सहायता खर्च गर्ने रणनीति लिएपछि विवाद उत्पन्न भएको छ । एकाधबाहेक दातृ निकायले घोषित सहायता रकम प्रधानमन्त्री दैवी प्रकोप राहत तथा पुनस्थापना कोषमा जम्मा गर्न चाहेका छैनन्...

अमेरिकाले थप एक अर्ब र बेलायतले साढे दुई अर्ब सहयोग गर्ने

२०७२ वैशाख २३ गते १:५५

काठमाण्डु, २३ वैशाख– अमेरिकाले नेपाललाई तत्काल उद्धार र राहतका लागि थप एक अर्बभन्दा बढी रुपैयाँ राहत सहयोगको घोषणा गरेको छ । अमेरिकी सहयोग नियोग (यूएसएआईडी) का कार्यवाहक प्रशासक अल्फन्जो डब्लु. लेन्हार्टले प्रधानमन्त्री सुशील कोइरालालाई मंगलबार भेटी सहयोगको घोषणा गरेका हुन् । तर यो रकम...

गोरखाका सिडियोले भने, भारतीय जहाजबाट आजित भयौं !

२०७२ वैशाख २३ गते १:५०

गोरखा, २२ वैशाख – भूकम्‍पको प्रभावबारे जानकारी लिन ११ दिनपछि गोरखा पुगेका प्रधानमन्त्री सुशील कोइरालासँग प्रमुख जिल्ला अधिकारी उद्धव तिमल्सेनाले भारतीय हेलिकोप्टरले गर्दा घाइतेको उद्धार तथा राहत सामग्री ढुवानी गर्न समस्या परेको गुनासो गरेका छन् । वैशाख १२ गतेको भूकम्पको केन्द्रबिन्दु रहेको गोरखा आइपुगेका...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us