पत्रपत्रिकाबाट

निर्माण नेतृत्व लिन कांग्रेस र एमालेका मन्त्रीबीच हानथाप

२०७२ वैशाख २७ गते १:४३

काठमाण्डु, २७ वैशाख – भारतको मद्रासबाट तीन लाख ५० हजार तारपोलिन प्लास्टिक पाल किन्न उपप्रधानमन्त्री एवं गृहमन्त्री वामदेव गौतमले राखेको प्रस्तावमा मन्त्रिपरिषद्को बैठकमा समर्थन जुट्न सकेन। आफ्नो मन्त्रालयअन्तर्गत नपर्ने भए पनि सहरी विकासमन्त्री नारायण खड्कालाई गृहअन्तर्गतको दैवी प्रकोप कोषबाट रकम निकासा दिई मद्रासबाटै किन्न...

राजधानीमा क्षति पुगेका ५० प्रतिशत घरमा मात्रै बस्न मिल्ने

२०७२ वैशाख २७ गते १:२७

काठमाण्डु, २७ वैशाख– दुई साता अघि आएको विनाशकारी महाभूकम्पका कारण क्षति पुगेका राजधानीका घरमध्ये ५० प्रतिशतमात्रै बस्नयोग्य देखिएका छन् । नेपाल इन्जिनियर्स एसोसिएसनले काठमाण्डु, भक्तपुर र ललितपुरमा अनुगमन गरेका क्षतिग्रस्त घरमध्ये आधा बस्न लायक नरहेको प्रारम्भिक निष्कर्ष निकालेको छ । एसोसिएनसले भूकम्पप्रभावित क्षेत्रका ३०...

रोनाल्डोको भूकम्पपीडित बालबालिकालाई ७९ करोड

२०७२ वैशाख २७ गते १:२३

एजेन्सी, २७ वैशाख – पोर्चुगलका सुपरस्टार फुटबलर खेलाडी क्रिस्टियानो रोनाल्डोले भुकम्प पीडित नेपालीका लागि ७ मिलियन युरो अर्थात ७९ करोड सहयोग गरेका छन् । स्पेनका फटबल क्लब रियल म्याड्रिडका क्लब स्टार रोनाल्डोले भुकम्प पीडित बालबालिकाका लागि सो सहयो गर्ने अन्तर्राष्ट्रिय समचार एजेन्सीहरुले जनाएका छन् ।...

‘फ्रि भिसा’ बाहेकका वैदेशिक रोजगारी बन्द

२०७२ वैशाख २७ गते १:०१

काठमाण्डु,२७ वैशाख – सरकारले निःशुल्क (फ्रि) भिसामा बाहेक आफ्ना नागरिक वैदेशिक रोजगारीमा नपठाउने भएको छ । शुल्क लिएर वैदेशिक रोजगारीमा पठाउन रोक लगाएको श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले बताए । मलेसिया, इजरायल, कतार,कुवेत, बहराइन,साउदी अरेबिया,यूएई लगायत मुलुकमा अन्य कुनै भिसामा कामदार नपठाउने निर्णय...

भूकम्पले अर्थतन्त्रमा धक्का

२०७२ वैशाख २६ गते २:३३

काठमाण्डु, २६ वैशाख – नेपाली अर्थतन्त्र १२ वैशाखमा आएको भूकम्पबाट झन् प्रभावित हुने देखिएको छ । अमेरिकी जियोलोजीकल सर्वेले भूकम्पबाट नेपालको कुल गार्हस्थ उत्पादन (जिडिपी) मा ५० प्रतिशतसम्म क्षति पुगेको अनुमान गरेको छ । करिब २० खर्ब रुपैयाँ (२० अर्ब अमेरिकी डलर) रहेको नेपालको...

पाल खोज्दै दिनहुँ चार घण्टाको यात्रा

२०७२ वैशाख २६ गते २:१३

सिन्धुपाल्चोक २६ वैशाख – चौतारा नगरपालिका–४ का ७० वर्षीय वृद्व अग्निकुमार ढंगाना खुला आकाशमा रात बिताउँछन् । बिहान उठेपछि हातमा छाता लिएर उनी चौतारा बजारतिर उकालो लाग्छन् । दुई घण्टा हिँडेपछि चौतारा बजार पुग्छन् । दिनभर एक थान पालको खोजीमा हुन्छन् । तर, उनको...

बस्न अयोग्य भन्दै राष्ट्रपति निवासमा रातो स्टिकर

२०७२ वैशाख २६ गते १:४८

काठमाडु, २६ वैशाख– राष्ट्रपति निवास, सर्वोच्च अदालत, सिंहदबारभित्र रहेका रक्षा, श्रम तथा रोजगार र युवा तथा खेलकुद मन्त्रालयमा भूकम्पले क्षति पुर्‍याएकाले बस्न अयोग्य भन्दै रातो स्टिकर टाँसिएको छ। प्रधानमन्त्री कार्यालय, राष्ट्रिय योजना आयोग, परराष्ट्र मन्त्रालय भवनका केही भागमा रातो, केही भागमा पहेंलो र केही...

यी हुन् भूकम्पका घाइतेसँग शुल्क असुल्ने निजी अस्पताल

२०७२ वैशाख २६ गते १:३६

– अब सरकारलाई पनि बिल पेश गरेर रकम असुल गर्न सक्छन् काठमाण्डु, २६ वैशाख– सरकारले भूकम्पमा परी घाइते भएकाहरुको निःशुल्क उपचार गर्न र विल सरकारलाई पेश गर्न निजी अस्पतालहरुलाई निर्देशन दिएको छ । तर निजी अस्पतालहरुले घाइतेसँग शुल्क असुल गरिरहेका छन् । उनीहरुको उपचारपछि...

भूकम्पबाट प्रभावित गाविसका स्वास्थ्य चौकीमा एमबिबिएस डाक्टर

२०७२ वैशाख २६ गते १:३५

काठमाण्डु, २६ वैशाख – भूकम्पबाट अति प्रभावित गाविसका स्वास्थ्य चौकीमा एमबिबिएस डाक्टरको व्यवस्था गरिने भएको छ । केन्द्रिय दैवी प्रकोप उद्धार समितिको सिफारिसमा स्वाथ्य तथा जनसंख्या मन्त्रालयले स्वाथ्य चौकीमा डां पठाउन लागेको हो । स्वास्थ्य मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठले भूकम्पपछि फैलन सक्ने महामारी रोक्न...

चीनिया राष्ट्रपतिले प्रधानमन्त्रीलाई पठाए यस्तो सन्देश

२०७२ वैशाख २६ गते १:१८

काठमाण्डु , २६ वैशाख – मित्र राष्ट्र चीनले महाभुकम्पबाट ध्वस्त भौतिक संरचना पूर्ननिर्माणमा नेपालले चाहेजति सहयोग गर्ने वचन दिएको छ । उत्तरी छिमेकीले त्यसका लागि आवश्यकता खुलाई प्रस्ताव गर्नसमेत आग्रह गरेको छ । चिनिया राष्ट्रपति सि जिनपिङले महाभुकम्पबाट नेपाललाई पुगेको क्षतिप्रति चासो देखाउदै सहयोग...

घरभाडा बढाउने घरधनिमाथि प्रशासनको निगरानी

२०७२ वैशाख २५ गते २:२८

काठमाण्डु, २५ वैशाख– महाभूकम्पपछि भाडामा बस्नेलाई हतोत्साही गर्दै भाडा वृद्धि गर्ने काठमाण्डुका घरधनीलाई स्थानीय प्रशासले कडा कारबाही गर्ने भएको छ । विपद्को वेलामा घरभाडा नबढाउन र डेरामा बस्नेहरुलाई दुःख नदिन पनि प्रशासनले आग्रह गरेको छ । नभत्किएका घरमा डेरा भाडा उच्च बनाएपछि प्रशासनले भाडा...

३ लाखसम्म रेमिट्यान्स सिधै भुक्तानी

२०७२ वैशाख २५ गते २:२२

काठमाण्डु, २५ वैशाख– विदेशिएका कामदारले नेपालमा ३ लाख रुपैयाँसम्मको रेमिट्यान्स पठाउँदा प्रापकले सिधै भुक्तानी पाउने भएका छन् । राष्ट्र बैंकले यसअघि १ लाख रुपैयाँभन्दा बढी रेमिट्यान्स लिँदा बैंक खाता वा चेक अनिवार्य गरेको थियो । अहिले त्यो सीमालाई संशोधन गरी ०७३ असारसम्म ३ लाखसम्मको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us