काठमाण्डु, ३१ वैशाख –दिल्लीस्थित नेपाली दूतावासले खरिद गरेर पठाएको पाँच लाख रुपैयाँ बराबरको ४७३ प्याकेट त्रिपाल जोरपाटीस्थित एक व्यक्तिको गोदाममा भेटिएपछि सुरु भएको अनुसन्धानले विभिन्न तहमा आशंका जन्माएको छ । खरिद प्रक्रिया पूरा गरेर गत वैशाख २२ मा दिल्ली दूतावासले पठाएको ४७३ प्याकेज अर्थात...
काठमाण्डु, ३१ वैशाख– मंगलबारको भूकम्पबाट थप क्षति भएपछि राहत माग्न आएका सर्वसाधारणबीच पाल नपाउँदा हानाहान भएको छ । सिद्धिचरण नगरपालिकाको ज्यामिरेबाट आएका स्थानीयले कांग्रेस नेतृ गोमा केसीमाथि आक्रमणको प्रयास गरेका छन् । नगरपालिका क्षेत्रलाई वितरण गर्न दिइएएको पाल नेतृ केसीले ल’काएर अन्तै वितरण गर्न...
काठमाण्डु, ३१ वैशाख– नेपाल सरकारले तीन बेलायती सैनिक हेलिकोप्टरहरूलाई राहत तथा उद्धारका लागि नेपाल आउन अनुमति नदिएपछि दूतावास तथा उसका दातृ निकायहरूले सरकारमाथि प्रत्यक्ष तथा अप्रत्यक्ष दबाब दिन थालेका छन् । दूतावासका उच्चपदस्थ कूटनीतिज्ञहरूले आफूले आर्थिक तथा अन्य सहयोग प्रदान गर्दै आएका गैरसरकारी संस्था...
काठमाण्डु, ३१ वैशाख– विनाशकारी भूकम्पपछि त्रासका कारण १२ लाखभन्दा बढी सर्वसाधारणले काठमाण्डु उपत्यका छोडेका छन् । वैशाख १२ गतेको भूकम्पछि त्रसित सर्वसाधारण केही सामान्य बन्न लागेका बेला मंगलबार फेरि ठूलो भूकम्प जाँदा त्रास बढेको छ । घरभित्र बस्न थालेका सर्वसाधारण फेरि खुला ठाउँ खोज्दै...
काठमाण्डु, ३० वैशाख– रोजगार अनुमति प्रणाली ‘इपीएस’ को छैठौं पटकको कोरियाली भाषा परीक्षा असोज पहिलो साता सञ्चालन हुने भएको छ । यही जेठ ३० र ३१ गते हुने भनिएको उक्त परीक्षा भूकम्पका कारण प्रभावित भएपछि असोजमा सारिएको हो । असोजको पहिलो साता हुने भनिए...
काठमाण्डु, ३० वैशाख– एकपछि अर्को भूकम्पले ठूलो धनजनको क्षति भइरहेका बेला विपद् व्यवस्थापनमा सरकारी निकायबीच मजबुत समन्वय हुन सकेको छैन । मध्य क्षेत्रका प्रहरी नायब महानिरीक्षक डिआईजी देवेन्द्र सुवेदीका अनुसार मध्य क्षेत्रमा २ हजार २ सय प्रहरीका घर भत्किएका छन् । तै पनि ती...
काठमाण्डु, ३० वैशाख– नेपालमा मंगलबार दोस्रो ठूलो भूकम्प गएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उच्चस्तरीय बैठक डाकेका छन् । उक्त बैठकमा मोदीले भूकम्पले पुर्याएको जनधनको क्षतिबारे जानकारी लिएको भारतीय प्रधानमन्त्री कार्यालयले ट्वीटरमार्फत जनाएको छ । मोदीले भारतीय सरकारी निकायलाई नेपाल र भारतको बिहारलगायत विभिन्न स्थानमा...
काठमाण्डु, ३० वैशाख– उपत्यकामा मंगलबारको पराकम्पनमा आठ जनाको मृत्यु भएको छ । त्यसमध्ये चार जनाको भूकम्प आउँदा हृदयघातका कारण मृत्यु भएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार काठमाण्डुमा पाँच, भक्तपुरमा दुई र ललितपुरमा एक जनाको मृत्यु भएको हो । एसएसपी नारायणसिंह खड्काका अनुसार...
काठमाण्डु, ३० वैशाख– वैशाख १२ गते महाभूकम्पले हल्लाएको अर्थतन्त्रलाई मंगलबार आएको अर्को धक्काले तहसनहस बनाएको छ । मंगलबार फेरि आएको शक्तिशाली भूकम्पका कारण करिब दुई वर्षको बजेट बराबरको क्षति भएको अनुमान गरिएको छ । १२ गतेदेखि १८ दिन निरन्तर गएको भूकम्पले करिब १२ खर्बको...
काठमाण्डु, २९ वैशाख–महाभूकम्प र तारन्तार गइरहेको पराकम्पनको थर्काइले प्रभावित इलाकामा सयौं सुक्खा पहिरोको खतरा बढेको छ । पहाड र चट्टानलाई हल्लाएर खुकुलो बनाएकोले वर्षात्मा ठूला–ठूला पहिरोको सम्भावना रहेको नेपाली र चिनियाँ भूगर्भशास्त्रीहरुले औंल्याएका छन् । ‘हाम्रो अध्ययन सयौं ठूला पहिरो जान सक्ने र राजमार्ग...
काठमाण्डु, २९ वैशाख– प्रधानसेनापति गौरवशमशेर राणाले नेपालस्थित दातृराष्ट्रका राजदूत तथा प्रतिनिधिहरुलाई भूकम्पपछिको उद्धार र राहतका सम्बन्धमा गरेको ब्रिफिङबारे सरकारमा असहज देखा परेको छ । उच्च अधिकारीहरुले यसलाई प्रचलनबाहिरको अभ्यासका रुपमा लिएका छन । मुख्यसचिव लीलामणि पौडेलले ब्रिफिङ गरिसकेको अवस्थामा सेनाले ब्रिफिङ गर्नु राम्रो होइन...
काठमाण्डु, ३० वैशाख– प्रधानमन्त्री सुशील कोइरालालाई विस्थापित गरेर आफ्नो नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठनका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीले पहल तीव्र पारेका छन् । ओलीले सोमबार आफ्ना सहयोगी नेता विष्णु पौडेललाई एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसँग भेट्न उनको निवास लाजिम्पाट पठाएका थिए । स्रोतका...