काठमाण्डु, १२ जेठ– भूकम्पपीडितलाई १५ हजार रुपैयाँ राहत दिने विषयमा अर्थमन्त्री डा. रामशरण महत र अरु मन्त्रीबीच चर्काचर्की हुँदा सामेबार बसेको मन्त्रिपरिषद्को बैठक विना निष्कर्ष टुगिएको छ । सजिलोसँग पीडितलाई राहत रकम उपलब्ध गराउने प्रक्रियाबारे मन्त्रीहरुबीच बैठकमा चर्काचर्की भएको थियो । राहतका विषयमै मन्त्रीहरुबीच...
काठमाण्डु, ११ जेठ– भूकम्पपछि बैक तथा वित्तीय संस्थामा पैसा झिक्न ग्राहकको लर्को लाग्ने बैंकिङ अनुमानविपरीत सुरक्षाका लागि पैसा जम्मा गर्ने बढेका छन् । भूकम्प जानु अघिल्लो दिन वैशाख ११ गते बैंकहरुमा १३ खर्ब ३१ अर्ब रुपैयाँ थियो । १२ गतेको भूकम्पदेखि जेठ १ गतेसम्म...
काठमाण्डु, ११ जेठ – ‘भत्किए पनि धरहरा फेरि जस्ताको तस्तै बनाउनुपर्छ’, संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री कृपासुरसेर्पाले आइतबार स्थलगत निरीक्षणपछि भने, ‘यो इतिहास मेटाउनु हुँदैन, बरु अब नयाँ बन्ने संरचना भूकम्प प्रतिरोधात्मक हुनुपर्छ । जसमा स्प्रिङ हलेर बनाउनुपर्छ ।’ धरहरापछि हुमानढोका दरबार क्षेत्र पुगेका...
काठमाण्डु, ११ जेठ– वैशाख २९ को भूकम्पपछि दोलखाको सिंगटीबाट हेलिकोप्टर चढाइएका ५ घौत अझै बेपत्ता छन् । उपचारका लागि हेलिकोप्टर चढाइएको १३ दिनसम्म पनि उनीहरु काठमाण्डुका कुनै पनि अस्पतालमा नभेटिएपछि उनीहरु दुर्घटनाग्रस्त अमेरिकी हेलिकोप्टरमै परेको आशंका बढेको छ । बेपत्ता हुनेहरुमा लादुक–७ का धु्रव...
काठमाण्डु, ११ जेठ – सरकारले भूकम्पपीडितलाई ५० हजार रुपैयाँसम्मको ऋण मिनाहा गर्ने निर्णय गरेको छ । अर्थमन्त्री रामशरण महत संयोजक रहेको मन्त्रिपरिषद्को आर्थिक तथा पूर्वाधार समितिले यसअघि ऋण लिइसकेका पीडितको ५० हजार रुपैयाँसम्म ऋणको साँवा र व्याज मिनाहा गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्हुदै...
काठमाण्डु, ११ जेठ– उपप्रधान तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले निजामती सेवा ऐन र नियमावली विपरीत स्थानीयमा दरबन्दी भएका उपसचिवहरुलाई तीन महिनादेखि विनाजिम्मेवारी राखेका छन् । काजसरुवा गरेकाहरुलाई पनि कबोलअनुसार नदिएपछि तीन महिना नपुगी सरुवा गरेर निजमाती प्रशासनमा नांगो नाच नाच्ने काम गरेका छन्...
काठमाण्डु, ११ जेठ – बैंकरहरुले भूकम्पबाट क्षतिग्रस्त करिब पाँच लाख घर साढे एक खर्ब लागतमा निर्माण गर्न सकिने बताएका छन् । नेपाल बैंकर्स संघले भूकम्पप्रतिरोधी एउटा घर तीन लाखमा बनाउन सकिने प्रस्तावित योजना आइतबार सार्वजनिक गरेको छ । वाणिज्य बैंकरहरुको छाता संगठन नेपाल बैंकर्स...
काठमाण्डु, ११ जेठ– भूकम्पको विनाश र विपत्ति झेलिरेहका गाउँ बस्तीमा क्रिस्चियन धर्म प्रचारकहरुले बाइबल भिडाउँदै धर्म परिवर्तन गर्नेलाई एक बोरा चामलको प्रलोभन देखाएका छन् । क्रिस्चियन धर्मका पादरीले चर्चभित्र ढोका थुनेर कपनको साततले लगायतका ठाउँमा निर्दोष सर्वसाधारणलाई मृत्युको मुखमा धकेलेको आरोप लागिरहेको बेला गाउँ...
काठमाण्डु, १० जेठ– झन्डै एक वर्षदेखि अन्तर्राष्ट्रिय सञ्चार माध्यम र नेपाली सञ्चार माध्यमहरुमा समेत भ्रष्टाचारकिो छवि बनाउन सफल भएका सभासद् गणेश थापा यतिबेला महाभूकम्पको मौका छोपेर अखिल नेपाल फुटबल संघ एन्फलाई पुनर्कब्जा गर्ने रणनीतिमा लागेका छन् । उनले त्यसको सुरुवात राहत वितरणबाट गरेका छन...
गुल्मी, १० जेठ – भूकम्पका कारण क्षतिग्रस्त घरको जाँच गर्न गाउँ गएका प्राविधिकहरुलाई नेताका घरमा खाना नखान निर्देशन दिइएको छ । राजनीतिक दलका नेता कार्यकर्ताको घरमा खाना खाएकै आधारमा घरको क्षतिको विवरण प्रभावित हुने भन्दै प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले प्राविधिकलाई नखान निर्दैशन दिएका...
झापा, १० जेठ – झापामा १४ वर्षीया किशोरी बलात्कारको अभियोगमा प्रहरीले एकजना धर्मगुरुलाई पक्राउ गरेको छ । श्रीकृष्ण प्रणमी धर्म सम्प्रदायका धार्मिक गुरु महाराज मोहनानन्द शास्त्री भारद्वाज सुवेदीलाई किशोरी बलात्कार अभियोगमा प्रहरीले पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख प्रहरी नायब उपरीक्षक...
काठमाण्डु, १० जेठ– ‘आए, आए, आए प्रेतात्माहरु आए, भूकम्पपीडितहरुको उद्धार, राहत खाने प्रेतात्माहरु आए ।’ तपाईंहरु बारीको डिलमा चिल्लीविल्ली अवस्थामा रहेका पीडितबीच २२ औं दिनमा आउने होइन । हामीले तपाईहरुजस्ता प्रेतात्माको काजकिरिया पनि सकिसकेका छौं । राष्ट्रिय विपत् व्यवस्थापन, अनुगमन तथा निर्देशन विशेष समितिअन्तर्गत...