पत्रपत्रिकाबाट

विश्व खाद्यको चामल किलोको ३४ पैसा

२०७२ असार ३१ गते ७:०३

काठमाण्डु, ३१ असार – भूकम्प पीडितलाई कुहिएको चामल वितरण गरेको आरोप खेप्दै आएको संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)ले विश्वमै सबैभन्दा सस्तो मूल्यमा चाम खरिद गरी नेपाल ल्याएको छ । विभिन्न आपूर्तिकर्तामार्फत प्रतिकेजी ३४ पैसामा चामल खरिद गरी उसले नेपालका भूकम्प पीडितलाई राहत स्वरुप...

सभासद् गाउँ नपुग्दै मस्यौदामा सुझावको ओइरो

२०७२ असार ३१ गते ६:३७

काठमाण्डु, ३१ असार– संविधानको पहिलो प्रारम्भिक मस्यौदामा जनताको सुझाव संकलन गर्न सभासद्हरु निर्वाचन क्षेत्र नपुग्दै सिंहदरबारमा सुझावको ओइरो लाग्न सुरु भएको छ । संविधानसभा सचिवालयका प्रवक्ता भरतराज गौतमका अनुसार  बुधबारसम्म सचिवालयको वेबसाइटमा संविधानको मस्यौदा डाउनलोड गरी प्रतिक्रिया जनाउनेको संख्या १ हजार ४ सय नाघेको...

यी हुन् विदेशी नागरिकता सिरानीमा राख्ने नेपालका मन्त्री

२०७२ असार ३० गते १९:५३

काठमाण्डु, ३० असार- सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले निजामति सेवा ऐन चौथौ संशोधन गराइछाडेका छन् । उनको यो कामले संसारभरका नेपालीले वाह मन्त्रीज्यू भनेका छन् । अब लगत्तै दुई महिनाभित्र कम्तीमा पनि दश हजार निजामती, सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी वा स्वास्थ्य, कानून, न्याय र...

६८ वर्षपछि ओडारबाट घरमा फर्किइन कालीमाया

२०७२ असार ३० गते ७:५२

ओखलढुंगा ३० असार –विकट गाविस पात्ले–८ की ८२ वर्षीया कालीमाया सुनुवार ओडारमा बस्दै आएकी थिइन् । ६८ वर्षपछि उनी घरभित्र बस्न पाएकी छन् । उनी ६८ वर्षदेखि स्थानीय खबासे भीरको ओडारमा बस्दै आएकी थिइन् । कमजोर आर्थिक अवस्था र घर नहुँदा उनी उक्लै ओडारमा बस्दै...

यी हुन् खतरा नभै पनि सरकारी सुरक्षाकर्मी लिएर हिड्नेहरु

२०७२ असार ३० गते ७:४०

काठमाण्डु, ३० असार– चाहिँदा नचाहिँदा मान्छेलाई ‘विशिष्ट व्यक्ति’ मा सूचीकृत गर्दै व्यक्तिगत सुरक्षा अधिकृत (पिएसओ) खटाउँदा सुरक्षा निकायको ठूलो जनशक्ति खेर गएको छ । केन्द्रीय सुरक्षा समितिले राष्ट्रिय जीवनमा विभिन्न क्षेत्रमा क्रियाशील उच्चपदस्थ व्यक्तिमाथिको सुुरक्षा खतरा विश्लेषण गर्दै उच्च खतरामा रहेकालाई त्यहीअनुसार, सामान्य खतरामा...

नेपालका तीन सहरलाई स्मार्ट सिटी बनाइने

२०७२ असार ३० गते ७:१६

काठमाण्डु, ३० असार– सरकारले आगामी आर्थिक वर्षमा ‘पुरातात्विक क्षेको पुनर्निर्माणका लागि दूरसञ्चार सेवा दस्तुर लगाउने भएको छ । पुनर्निर्माण र अन्य कोषभन्दा बाहेक छुट्टै सम्पदा कोष स्थापना गरेर दूर सञ्चार दस्तुर लगाउने भएको हो । उक्त रकम भूकम्पले क्षति पु¥याएका सम्पदाको पुनर्निर्माणमा लगाउने बजेट...

एमालेले बजेट पास हुन नदिने

२०७२ असार ३० गते ७:१०

काठमाण्डु, ३० असार – सत्तारुढ प्रमुख घटक नेकपा एमालेले कांग्रेसले एकपक्षीय रुपमा बजेट ल्याएको भन्दै पारित हुन नदिने चेतावनी दिएको छ ।  यसले कांग्रेस र एमालेबीचको सम्बन्धमा थप चिसोपना उत्पन्न भएको छ । कांग्रेसले बजेट तयार गर्ने क्रममा छलफल नै नगरेको, नीति तथा कार्यक्रम...

बाबुको पद खुस्किएपछि के काम छोरीको ?

२०७२ असार ३० गते ७:०५

काठमाण्डु, ३० असार – भनिन्छ नी संवैधिानिक अंगहरुबीच सुमाधुर सम्बन्ध कायम रहनुपर्छ । यस्तै सम्बन्धको उत्कृष्ट नमून लोकमानले देखाएका रहेछन् । उच्च माध्यमिक शिक्षा परिषद्मा कार्यरत निर्वर्तमान प्रधानन्यायाधीश रामकुमारप्रसाद साहकी छोरी रेणुकालाई सरकोरै नभएको आफ्नो अडड्मा काम गर्ने गरी तानेर । यद्यपि डेढ महिनासम्म...

जेलमा रहेका निलम्बित सभासद् सञ्जयकुमार साह सुझाव संकलन समितिमा

२०७२ असार ३० गते ६:५३

काठमाण्डु, ३० असार – चार वर्षअघि जनकपुको रामानन्द चोकमा गराइएको बम विस्फोटको घटनाका मुख्य योजनाकारको आरोपमा १४ महिनादेखि जेलमा रहेका निलम्बित सभासद् सञ्जयकुमार साहलाई संविधानको प्रारम्भिक मस्यौदामा जनताको राय संकलन गर्ने सभासद्को सूचीमा राखिएको छ । संविधानसभा सचिवालयले जारी गरेको सूचीको क्रम संख्या ३४२...

‘कामदार ठग्न पाउनु पर्छ’ भन्नेहरुको आन्दोलन तुहिँदै

२०७२ असार २९ गते ७:५८

काठमाण्डु, २९ असार– एक सातादेखि जारी म्यानपावर व्यवसायको आन्दोलन अन्ततः असफल हुने संकेत देखिएको छ । वैदेशिक रोजगारी व्यवसायी संघका पदाधिकारीको नेतृत्व कै असफलताले आन्दोलनको औचित्य घट्दै गएको र यसले सफलता नपाउने देखिएको व्यवसायीकै अनुमान छ । पहिलाको तुलनामा आन्दोलनकारी सेलाउँदै गएको पनि पाइएकोछ...

यस्तो बन्दैछ कलंकी–नागढुंगा सडक

२०७२ असार २९ गते ७:४५

काठमाण्डु, २९ असार– साँघुरो सडक । सवारी सधनको ट्याँट्याँ टुँटुँ । घन्टौं जाम । काठमाण्डु भित्र्ने चल्तीको नाका कलंकी– नागढुंगा सडक खण्डको अवस्था हो यो । ९ किलोमिटर सडक पार गर्दा जामका कारण चालकले ठाउँ ठाउँमा ध्याच्च बे्रेक लगाउनु पर्छ । यस्तो सास्ती खेपिरहेको यो...

रेष्टुरेन्टमा टन्न मापसे गरेपछि उपसचिवले भने– पैसा लिन बिलसहित मन्त्रालय आउनू

२०७२ असार २९ गते ७:४४

काठमाण्डु, २९ असोज– मदिरा पिएर मात्तिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उपसचिव बाबुकाजी बानियाँले बिलको भुत्तानी लिन मन्त्रालयमा बोलाएका छन् । सोमबार बेलुकी नयाँ बानेश्वरस्थित रोस्यो रेस्टुरेन्टमा मदिरा पिएर मात्तिएपछि उनले भुक्तानी लिन मन्त्रालय बोलाएका हुन् । मन्त्रालयका केही सहकर्मीसहित उपसचिव बानियाँ सोमबार बेलुका खाजा खान...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us