पत्रपत्रिकाबाट

भारतविरुद्ध चर्को अन्तर्राष्ट्रिय दबाब

२०७२ असोज १७ गते ७:३६

काठमाण्डु, १७ असोज–नेपालमाथि सबै अन्तर्राष्ट्रिय नियमविरुद्ध लगाएको नाकाबन्दीको कारण भारतमाथि चर्को अन्तर्राष्ट्रिय दबाब परेको छ । नेपालमाथि भारतले लगाएको नाकाबन्दीपछिका कारण समस्यामा परेका नेपाली जनतालाई अन्तर्राष्ट्रिय समुदालयले जस्तुसुुकै सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएपछि अन्ततः भारत पछि हटेको हो । राष्ट्रसंघका महासचिव बानकी मुनले संयुक्त...

मधेसीका कुन माग पूरा हुने कुन नहुने ?

२०७२ असोज १७ गते ७:१७

काठमाण्डु, १७ असोज– १. अंगीकृत नागरिकता– अंगीकृत नागरिकता पाएका नागरिक राष्ट्रपति, प्रधानमन्त्री, सुरक्षा निकायका प्रमुख, प्रदेश प्रमुख र सुरक्षा निकायका प्रमुख, प्रदेश प्रमुख र मुख्यमन्त्री हुन पाउनु पर्ने मधेसी मोर्चाको मागमा तीन दल सहमत छैनन् । तराई मधेसकै वंशज नागरिकता लिएकाहरुको पनि यसमा चर्को...

भारतीय नेता सुधीन्द्र भदोरिया भन्छन्, ‘भूपरिवेष्ठित मुलुकलाई अत्यावश्यकीय वस्तु रोक्नु मानवताविरोध काम हो’

२०७२ असोज १७ गते ७:१५

दिल्ली, १७ असोज– नेपालको संविधानप्रति भारतीय असन्तुष्टिको भित्री कारण के हुन सक्छ ? मैले दोहोर्याउँदै ट्वीट गरेको छु, टेलिभिजन डिवेटमा गएर बोलेको छु । झन्डै ८ वर्ष लामो संवाद र प्रयत्नपछि नेपालमा संविधान आएको हो, यसको हामीले खुलेर स्वागत गर्नुपर्छ । तर असन्तुष्टिकै कारण...

प्रेमिका मार्न पेस्तोल, पेट्रोल र खुकुरी

२०७२ असोज १७ गते ६:४५

काठमाण्डु १७ असोज–चार बर्षदेखिको प्रेममा धोका दिएको भन्दै बैतडी, देउलेख–४ का २४ बर्षीय भूपेन्द्र कार्कीले प्रेमिकाकोे घरमै पुगेर गोली हाने तर पेस्तोलले उनलाई धोका दियो । लगत्तै खुकुरी हान्ने प्रयास गरे तर समयमै प्रहरी पुगेकाले कार्की पक्राउ परे, युवतीको ज्यान जोगियो । प्रहरीका अनुसार...

यन्त्र जोडेकै हिउँ चितुवा गायब

२०७२ असोज १७ गते ६:३५

काठमाण्डु १७ असोज –गतिविधि पत्ता लगाउन भनेर घाँटीमा यन्त्र जडान गरिएको हिउँ चितुवा नै गायब भएको छ । पाँच महिनाअघि ‘स्याटेलाइट रेडियो कलर’ झुन्ड्याइएको ताप्लेजुङस्थित कञ्चनजंघा संरक्षण क्षेत्रको एउटा हिउँ चितुवा सम्पर्कविहिन भएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको नेतृत्वमा डब्लूडब्लूएफ नेपाल...

मोदीका सल्लाहकारले मधेसको माग सम्बोधन नगरेको भन्दै राजदूत उपाध्यायलाई हप्काए

२०७२ असोज १६ गते ९:४१

नयाँदिल्ली, १६ असोज– नेपालमा जारी भारतविरोधी भावनाप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलले शुक्रबार नयाँदिल्लीमा नेपाली राजदूत दीपकुमार उपाध्यायसँग असन्तुष्टि व्यक्त गरेका छन् । उनले तराईमा जारी आन्दोलनलाई सम्बोधन गर्न नसकेको भन्दै राजदूत उपाध्यायसँग असन्तुष्टि व्यक्त गरेका थिए । भारतीय प्रधानमन्त्री...

बामदेवले प्रधानमन्त्रीको राजीनामा मागेपछि मन्त्रिपरिषद्मा झण्डै हानाहान

२०७२ असोज १६ गते ९:२२

काठमाण्डु, १६ असोज– संसदको पहिलो बैठकमा सम्बोधन गर्नुअघि बोलाइएको मन्त्रिपरिषद्को आकस्मिक बैठकमा उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले प्रधानमन्त्री सुशील कोइरालाको राजीनामा मागेका थिए । बैठकमा प्रधानमन्त्री कोइरालाले संविधान संशोधन प्रस्ताव गरेपनि राजीनामा दिने विषय नउठाएपछि उपप्रधानमन्त्री गौतमले नयाँ सरकार बन्ने बाटो प्रधानमन्त्रीले राजीनामा नगरी...

अहिलेको नाकाबन्दी ४५ सालको भन्दा डरलाग्दो

२०७२ असोज १६ गते ७:५४

काठमाण्डु, १६ असोज– काठमाण्डु मखनका ५० बर्षीय हरिकृष्ण कर्माचार्य दोस्रोपटक भारतीय नाकाबन्दी झेल्दैछन् । २०४५ सालको नाकाबन्दीको समयमा मट्टितेलको लाइनमा दिन बिताउने गरेका उनी अहिले पेट्रोल र ग्यासको समस्यामा अल्झिरहेका छन् । उति बेला लाइनमा बसे आवश्यक अट्टितेल पाइन्थ्यो, अहिले आवश्यकता पूरा गर्न नसक्दा...

भारतको अघोषित नाकाबन्दीबारे राष्ट्रसंघको पनि चासो

२०७२ असोज १६ गते ७:४७

काठमाण्डु, १६ असोज– राष्ट्रसंघका महासचिव बान कि मुनले अहिले नेपालमा इन्धनलगायत अत्यावश्यक सामग्री आपूर्ति हुन नसकेको बारे चासो व्यक्त गरेका छन् । राष्ट्रसंघको ७० आंै महासभामा उपप्रधानमन्त्री प्रकाशमान सिंह नेतृत्वको टोलीसँग दुई पक्षीय छलफल गर्ने क्रममा बानले ‘किन नेपाली जनताले अहिले आफ्नो दैनिकी चलाउन...

नेपालमाथि भारतको रवैया देखेर अन्तर्राष्ट्रिय समुदाय गम्भीर

२०७२ असोज १६ गते ७:२४

काठमाण्डु, १६ असोज– छिमेकी भारतले नेपालमा नाकाबन्दी गरी गम्भीर संकट निम्त्याइरहेकोमा अन्तर्राष्ट्रिय समुदायले गम्भीर चासो व्यक्त गरेका छन् । अन्तर्राष्ट्रिय समुदायले यस अवस्थामा जस्तो सुकै सहयोग उपलब्ध गराउने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् । राष्ट्रसंघ मुख्यालयदेखि काठमाण्डुमा रहेका कूटनीतिक नियोगका प्रमुखहरुले समेत यसलाई गम्भीर रुपमा...

नाकाबन्दीले भारतीय व्यापारीलाई पनि १० अर्ब घाटा

२०७२ असोज १६ गते ७:१२

नयाँदिल्ली, १६ असोज– नेपालमा प्रमुख तीन दल र मधेसी मोर्चाबीच वार्ता सकारात्मक भए पनि बिहारका रक्सौल नाकाबाट अझैसम्म आपूर्ति सुचारु भएको छैन । अघोषित नाकाबन्दीबाट भारतीय सीमावर्ती व्यापारीलाई करिब दश अर्ब भारु बराबरको घाटा भएको अनुमान गरिएको छ । यसले नाकाबन्दी हटाउन भारतलाई दबाब...

नाकाबन्दी हट्ने विषयमा भारत मौन

२०७२ असोज १६ गते ७:००

नयाँदिल्ली, १६ असोज– नेपालमा जारी भारतविरोधी भावनाप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलले शुक्रबार नयाँदिल्लीमा नेपाली राजदूत दीपकुमार उपाध्यायसँग असन्तुष्टि व्यक्त गरेका छन् । उनले तराईमा जारी आन्दोलनलाई सम्बोधन गर्न नसकेको भन्दै राजदूत उपाध्यायसँग असन्तुष्टि व्यक्त गरेका थिए । भारतीय प्रधानमन्त्री...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us