पत्रपत्रिकाबाट

दबाब थेग्न नसकेपछि १६ गतेबाट नाकाबन्दी खोल्ने भारतीय तयारी

२०७२ असोज १४ गते ७:२९

काठमाण्डु, १४ असोज– राजनीतिक अभिष्ट पूरा गर्न नेपाली जनतामाथि नाकाबन्दी लगाएपछि विश्वभरबाट आलोचित बनेको भारतले प्रमुख तीन दल र मधेशवादी दलहरुका बीचमा सम्झौता भएको बहानामा यही असोज १६ गतेदेखि नाकाबन्दी खोल्ने तयारी सुरु गरेको छ । नेपाली जनताले निर्माण गरेको नयाँ संविधान नभएको भन्दै...

नाकाबन्दी लगाएकै कारण ६० वर्षअघि अन्तर्राष्ट्रिय अदालतमा उभिएको थियो भारत

२०७२ असोज १४ गते ७:२१

काठमाण्डु, १४ असोज– नाकाबन्दी लगाएकै कारण ६० वर्षअघि नै भारत अन्तर्राष्ट्रिय अदालतमा उभिनुपरेको थियो । र, सो मुद्धा भारतले हारेको थियो । पारवहान अधिकार्र नैसर्गिक अधिकार भएको भन्दै भारतलाई अदालतले दण्डित गरेको अन्तर्राष्ट्रिय कानुनका विज्ञ तथा पूूर्वकानुन सचिव माधव पौडेल बताउँछन् । सन् १९५५...

नेपालमा नाकाबन्दी गरेकामा भारतीय व्यापारी आफ्नै सरकारसँग आक्रोशित

२०७२ असोज १४ गते ६:५५

काठमाण्डु, १४ असोज– भारतले नेपालविरुद्ध नाकाबन्दी गरेकामा सीमावर्ती क्षेत्रका भारतीय साना तथा मझौला व्यापारी आक्रोसित बनेका छन् । हरेक वर्ष दसैं, तिहार, छठ र बकर इटजस्ता चाडपर्वमा हजारौंको संख्यामा नेपाली भारतीय सीमावर्ती बजारमा किनमेल गर्न जाने गरेकोमा यस वर्ष बन्द र नाकाबन्दीले ग्राहक नआएपछि...

भारतका पूर्वगुप्तचर प्रमुख माथुर सबै नेतालाई भेटेर भनिरहेका छन्, ‘अबको प्रधानमन्त्री तपाईँ’

२०७२ असोज १३ गते ८:२४

काठमाण्डु, १३ असोज– भारतीय बाह्य गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ‘र’का पूर्व उच्च अधिकारी एबी माथुर एक सातादेखि काठमाण्डुमा सक्रिय छन् । ह्यात होटलमा अड्डा जमाएर बसेका माथुरले हरेक दलका शक्तिशाली नेतालाई भेटेर अबको प्रधानमन्त्री तपाईँ हुनु पर्छ भन्दै प्रमुख तीन दलबीच फुट ल्याउने...

भारतीय च्यानल खोल्न मिनेन्द्र रिजालको दबाब, माओवादीले भन्यो, ‘भौतिक कारबाही हुन सक्छ, ख्याल गर्नू’

२०७२ असोज १३ गते ७:४७

काठमाण्डु, १३ असोज– कतार पुगेर भारतको पक्षमा अभिव्यक्ति दिएका कारण विवादमा परेका सञ्चारमन्त्री मिनेन्द्र रिजालले बन्द भारतीय टिभी च्यानल तत्काल सुचारु गर्न केबल टिभी सञ्चालकहरुलाई धम्की दिएका छन् । व्यवसायीलाइृ दिनभर मन्त्रालयमा धम्की दिएका मन्त्री रिजालले साँझ २४ घण्टाभित्र स्पष्टिकरण पत्र काटेका छन् ।...

यी चार कारणले नेपालमा नाकाबन्दी गरेका रहेछन् मोदीले

२०७२ असोज १३ गते ७:४३

काठमाण्डु, १३ असोज– सरोकार १. १५ दिन नपर्खिएकोमा आक्रोश पाँच दिनसम्म संविधानसभामा मतदान गरेर पारित भएको संविधान ३ असोजमा जारी गर्न नेपाल सरकारले सार्वजनिक बिदा दिएपछि काठमाण्डु पुगेका भारतीय विशेष दूत एस जयशंकरले सन्देश पुर्याएका थिए, ‘संविधान जसरी पनि कम्तीमा १५ दिन रोक्नूस् ।’...

पद छाड्ने बेलामा एमालेका दुई मन्त्री बर्खास्त गर्ने प्रधानमन्त्रीको तयारी

२०७२ असोज १३ गते ७:४१

काठमाण्डु, १३ असोज– अख्तियारले कारबाही सिफारिस गरेका एमालेका दुई मन्त्री फिर्ता बोलाउन प्रधानमन्त्री सुशील कोइरालाले मंगलबार साँझ एमाले अध्यक्ष केपी ओलीसँग आग्रह गरेका छन् । शुक्रबार सुरु हुने संसद अधिवेशनमा राजीनामा दिने घोषणा गरेका प्रधानमन्त्री कोइरालाले दुई दिनअघि ओलीलाई टेलिफोन गरी अख्तियारले कारबाही सिफारिस...

नेपालले पनि रोक्यो भारतीय तरकारी र फलफूल

२०७२ असोज १३ गते ७:४०

काठमाण्डु, १३ असोज–अत्यावश्यक एलपी ग्यास र पेट्रोलियम पदार्थ रोकेर तत्काल सढ्ने र कुहिने तरकारी फलफूल, माछालगायत समान मात्र नेपालतर्फ पठाउने भारतीय रणनीति विफल पार्न नेपाली भन्सारले कठोर रणनीति अपनाउन थालेको छ । सरकारको निर्देशनमा मंगलबारबाट भारतले पठाएका तरकारी फलफूलजस्ता तत्काल सड्ने वस्तु भन्सारमै रोकिएका...

साना राष्ट्रलाई हस्तक्षेप नगर्न चिनियाँ राष्ट्रपतिको चेतावनी

२०७२ असोज १३ गते ७:३६

न्युयोर्क, १३ असोज- चिनियाँ राष्ट्रपति सी जिनपिङले राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने क्रममा नेपालको नाम नकिइकनै ‘साना मुलुकको आन्तरिक मामिलामा हस्तक्षेप गर्न नमिल्ने’ भन्दै भारतको पनि नाम उल्लेख नगरी ‘ठूला मुलकुले पेल्न नहुने’ बताएका छन् । राष्ट्रसंघको चालु ७० औँ महासभा सोमबार २२ मिनेट सम्बोधन...

भारतले नाकाबन्दी गरेपछि बंगलादेशबाट हवाई इन्धन ल्याउने तयारी

२०७२ असोज १३ गते ७:३५

काठमाण्डु, १३ असोज– भारतले गर्दै आएको अघोषित नाकाबन्दीले इन्धन आपूर्तिमा कठिनाई भएपछि सरकारले वैकल्पिक मार्गबाट हवाई इन्धन ल्याउने तयारी गरेको छ । इन्धन आपूर्ति ठप्प् भएपछि हवाई इन्धन बंगलादेशबाट ल्याउने तयारी भएको हो । अहिले विशेष परिस्थिति भएकाले हवाइजहाज सहज संचालनका लागि बंगलादेशबाट इन्धन...

रसुवागढी नाका एक साताभित्रै खुल्ने

२०७२ असोज १२ गते ८:०७

रसुवा, १२ असोज– विनाशकारी भूकम्पपछि बन्द रहेको रसुवागढी –केरुङ नाका एक सताभित्रै खोल्ने लक्ष्यसाथ चीनले काम थालेको छ । चीनको खम्बाटारदेखि ७ किलोमिटर पर घुम्तीमा पहिरोका कारण अवरुद्ध बाटो चाँडो खुल्ने चिनियाँ अधिकारीले आफूलाई बताएको रसुवाका प्रमख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए ।...

राजदूत दीपकुमार उपाध्याय भन्छन्, ‘मोदीजीले नबोलेसम्म केही भन्ने अवस्था छैन’

२०७२ असोज १२ गते ७:५०

काठमाण्डु, १२ असोज– दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध एकाएक नाकाबन्दीको अवस्थामा किन आयो ? – हेर्नुस, यस विषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीजीले नबोसम्म केही भन्ने अवस्था छैन । म त्यो शब्द व्यक्त गर्दिन । आपसी समझदारीमा केही समस्या पक्कै भएको छ । उहाँहरुको भूमिकामा परिवतन...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us