पत्रपत्रिकाबाट

नाकाबन्दी खोल्न भारतलाई चीनको दबाब

२०७२ असोज १२ गते ७:४९

काठमाण्डु, १२ असोज–एक सातादेखि नेपालमा लगाइएको अघोषित नाकाबन्दी खोल्न उत्तरी छीमेकी  चीनले भारतलाई दबाब दिएको छ । चीनले संयुक्त राष्ट्रसंघको महासभामा भारतले नेपालमाथि लगाएको नाकाबन्दीप्रति असन्तुष्टि व्यक्त गरेको हो । भने चिनियाँ राष्ट्रपति सी जिनपिङले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग साइडलाइन भेटवार्तामा पनि नाकाबन्दीबारे छलफल...

विगतको सम्झौता लागूको माग गर्दै आएको मोर्चा अब संविधान पुनर्लेखन भन्न थाल्यो

२०७२ असोज १२ गते ७:२९

काठमाण्डु, १२ असोज–  संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारले विगतमा गरेको सम्झौता कार्यान्वयन मात्रै गरेर वार्ता नहुने धारणा दोहोर्याएका छन् । ‘सरकारी पक्ष गम्भीर बनेको छैन । विगतमा भएको आठबुँदे सम्झौता पूरा हुनु पर्छ अनि सेना फिर्ता भएर प्रहरीको दमन रोकिनासाथ वार्ता...

भारत ‘सेफल्यान्डिङ’ खोज्दै

२०७२ असोज १२ गते ७:०८

नयाँदिल्ली, १२ असोज– नेपालको राजनीतिक घटनाक्रमसँग जोडिएर आएको ‘अघोषित नाकाबन्दी’ हटाउन भारत सरकारले तत्काल कुटनीतिक परामर्श, सुरक्षास्थितिको समिक्षा र विभिन्न तहमा संवादको उपाय पहिल्याउने बताएको छ । भारतीय विदेश मन्त्री सुष्मा स्वराजसँगको भेटवार्ताका लागि सोमबार मन्त्री निवासमै पुगेका वाणिज्य तथा आपूर्ति मन्त्री सुनीलबहादुर थापाले नाकाबन्दीका...

भारतले ८ वटा अन्तर्राष्ट्रिय कानुन मिचेर नाकाबन्दी

२०७२ असोज १२ गते ६:५१

काठमाण्डु, १२ असोज– भारतले अन्तर्राष्ट्रिय आठवटा कानुन मिचेर नेपालमा नाकाबन्दी गरिरहेको छ । १. भूपरिवेष्ठित देशको विशेषाधिकार– संयुक्त राष्ट्रसंघले १९६५ मा पारित गरेको भियना सन्धीअनुसार भूपरिवेष्ठित देशले अर्को देशबाट विनारोकतोक आफ्नो देशमा सामान ल्याउन पाउन्छन् । २. राष्ट्रसंघीय सम्मेलनबाट पारित कानुन पनि भारले उल्लंघन...

उपेन्द्रलाई एक्ल्याई गच्छदारसँग मोर्चाबन्दी गर्ने महतोको योजना

२०७२ असोज ११ गते ९:११

काठमाण्डु, ११ असोज–मधेस आन्दोलनको क्रममा सुनसरी सदरमुकाम इनरुवामा छिमेकी मुलुक चीनको झन्डा जलाइएपछि संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र सद्भावना अध्यक्ष राजेन्द्र महतोबिचको विवाद चरम उल्कर्षमा पुगेको छ । विवाद थप चर्किदै जाँदा महतोले मोर्चाको प्रमुख घटक संघीय समाजवादी फोरमलाई संयक्त लोकतान्त्रिक मधेसी...

राष्ट्रपति नफेर्नेः संसद विघटन दिल्लीको नयाँ सर्त

२०७२ असोज ११ गते ८:१९

काठमाण्डु, ११ असोज– नयाँ संविधानअनुसार राष्ट्रपति परिवर्तन गर्न नदिने पक्षमा भारतले रणनीतिक चाल चलिरहेको कूटनीतिक क्षेत्रका जानकारहरुले दावी गर्न थालेका छन् । ‘भारत राष्ट्रपति फेर्न दिने पक्षमा छैन’ – भारत बुझेका एक कुटनीतिज्ञले दावी गरे । उनका अनुसार नाकावन्दीको दबाब बढाउँदै लगेर संसद विघटन...

नेपालको जनजीवन अस्तव्यस्त पार्दै भारत, सीमामा अझैँ कडाइ

२०७२ असोज ११ गते ७:५१

काठमाण्डु, ११ असोज – पाँच दिनयता ‘अघोषित नाकाबन्दी’ जारी राखेर सीमामा कडाइ गर्दै आएको भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले विभिन्न नाकामा पेट्रोलियम पदार्थ बोकेका ट्रक र ट्यांकर रोकेर राखेको छ ।      पानीट्यांकी, जोगबनी, तिलाठी–कुनौली, जटही, भिट्टामोड, बैरगनिया, रक्सौल, सुनौली, कृष्णनगर, रूपैडिहालगायत तराईका मुख्य...

हतियारसहितका लडाकू नेपाल छिरेको आशंका

२०७२ असोज ११ गते ७:४३

काठमाण्डु, ११ असोज– स्वचालित हतियारसहितको लडाकू समूह दक्षिणतिरबाट नेपाल छिरेको आशंका गरिएको छ । हातहतियारसहितका लडाकूहरु नेपाल छिरेको सूचना पाएपछि नेपाली सुरक्षा निकायले उच्च सुरक्षा सतर्कता बढाएको छ । भारतको पटना नजिकै दानापुर बजारदेखि ६ किलोमिटर टाढा पर्ने एक गोप्य स्थानमा डेढमहिना सशस्त्र तालिम...

संविधान संशोधन गर्न सरकार तयार

२०७२ असोज ११ गते ७:२९

काठमाण्डु, ११ असोज– सरकारले संविधानप्रति असन्तुष्टि जनाउँदै आएका मधेसकेन्द्रित राजनीतिक दल र समुदायसँग वार्ता र संवादसँगै नयाँ संविधान संशोधन प्रक्रिया अघि बढाउने भएको छ । प्रमुख तीन दलका शीर्ष नेताको प्रतिबद्धताअनुसार असोज १५ गते सुरु हुने रुपान्तरित व्यवस्थापिका संसद बैठकबाट संशोधन प्रक्रिया अघि बढाउन...

प्रचण्डको धम्कीपछि भारतीय गोप्य दूत फर्किए

२०७२ असोज ११ गते ७:२६

काठमाण्डु, ११ असोज–कहिले विशेष दूत त कहिले गोप्य दूत पठाएर नेपालको मामलामा हस्तक्षेप गर्दैै आएको भारतले नाकाबन्दी पछि पठाएको एक गोप्य दूतलाई एमाओवादी अध्यक्ष प्रचण्डले थर्काएपछि स्वदेश फर्केका छन् । भारतले नाकाबन्दी लगाएको तीन दिनपछि काठमाण्डु आईपुगेका गोप्य दूत अवधेष बिहारी माथुरलाई प्रचण्डले नाकाबन्दी गरेर...

चिनियाँ राष्ट्रपतिले भने – ‘जस्तुसकै सहयोग गर्न तयार छौं ’

२०७२ असोज ११ गते ६:५६

काठमाण्डु, ११ असोज– उपप्रधानमन्त्री प्रकाशमान सिंहको चिनियाँ राष्ट्रपति सी जिनपिङसँग न्युयोर्कमा शनिबार संक्षिप्त भेटवार्ता भएको छ । संयुक्त राष्ट्र संघको ७० औं महासभाका दौरान चीन र राष्ट्रसंघद्वारा संयुक्त रुपमा आयोजित उच्चस्तरीय राउन्ड टेबल ‘साउथ–साउथ कोअपरेसन’ का अवसरमा उक्त भेट भएको हो । राष्ट्रसंघीय महासभामा...

भारतीय प्रहरीको आडमा नेपालका प्रहरीलाई ढुंगा

२०७२ असोज १० गते ९:१८

बाँके, १० असोज –मधेसी मोर्चाका कार्यकर्ताहरुले शनिबार जमुनाहा नाकामा गरेको अवरोध हटाउने क्रममा प्रहरी र प्रदर्शनकारीबीच दसगजा क्षेत्रमा दिनभर ढुंगा हानाहान भएको छ । प्रहरी नाकाको अवरोध हटाउने क्रममा दसगजा पार गरेका आन्दोलनकारीहरु भारतीय भूभागबाट समेत ढुंगा प्रहार गरेका थिए । त्यस क्रममा प्रहरी...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us