काठमाण्डु, १० असोज– एमाओवादी नेता बाबुराम भट्टराईका सहयोगी सञ्जिव क्षेत्रीले अध्यक्ष पुष्पकमल दाहालको लाजिम्पाटस्थित निवासमा दुई बजेतिर टेलिफोन गरे र, निवासमा दाहाल भए\नभएको बुझे । अध्यक्ष दाहाल घरमै भएको जानकारी पाएलगत्तै सानेपास्थित भट्टराई निवासबाट भट्टराईका सहयोगी क्षेत्री लाजिम्पाट पुगे । ढोकैमा दाहालका मुख्य सहयोगी...
गोरखा, १० असोज– बाबुराम भट्टराईले एकीकृत नेकपा माओवादी परित्याग गरेको गोरखा बोर्लाङका नारायण श्रेष्ठलाई मन परेको छैन । संविधानसभाको दोस्रो निर्वाचनमा गोरखा क्षेत्र नम्बर १ बाट भट्टराईलाई जिताउन बुथ ‘क्याप्चर’ गरेको आरोपमा मुद्दासमेत खेपेका श्रेष्ठ भन्छन्,‘बाबुरामले निर्वाचन क्षेत्र, गोरखा जिल्लाका लागि मात्रै नभएर देशकै...
काठमाण्डु, १० असोज–नेपाल आयल निगमले चार दिनभित्र पर्याप्त पेट्रोलियम पदार्थ व्यवस्था गर्न सकेन भने काठमाण्डु आइरहेका अधिकांश अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका उडान लगभग ‘बन्द’ हुने निश्चित भएको छ । नेपालमा नयाँ संविधान जारी भएको विषयमा भारतले अघोषित नाकाबन्दी लगाएका कारण पेट्रोलियम पदार्थ आयात ठप्प भएको...
काठमाण्डु, १० असोज– संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुनले नेपालको नयाँ संविधान शान्तिप्रक्रियाको ‘कोसेढुंगा’ भएको बताएका छन् । राष्ट्रसंद्वारा शनिबार जारी वक्तव्यमा संविधानलाई नेपाली जनताको ‘आफ्नो निर्णय’ भन्दै सराहना गरिएको छ । लोकतन्त्र संक्रमण र स्थायित्वको लामो प्रक्रियालाई संस्थागत गर्न संविधान जारी भएको राष्ट्रसंघको...
विराटनगर, १० असोज– विराटनगर भन्सार कर्मचारी र एजेन्ट तथा भारतको जोगबनी भन्सारका कर्मचारी र एजेन्टको शनिबार बिहान बसेको बैठकमा यताका खाली ट्रक, कन्टेनर, उता पठाउँने र उता जाँच पास भएर पनि रोकिएका ट्रक कन्टेनर तथा ट्यांकर नेपाल पठाउने मौखिक सहमति भएको थियो । लगत्तै...
काठमाण्डु, १० असोज – तपाईहरुले भन्सार नाका ठप्प पार्ने निर्णय गर्ने बित्तिकै भारतले अघोषित नाकाबन्दी नै गरिदियो त ? –राज्यलाई असहयोग र अवरोध गर्न भन्सार क्षेत्रमा हामीले नाकाबन्दी गरेका हौ, भारतले होइन । संयुक्त मधेसी मोर्चाले निर्णय नै गरेर नाकाबन्दी गरेको हो...
काठमाण्डु,१० असोज– व्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुले संविधान निर्माणको विषयलाई लिएर भारतले गरेको नाकाबन्दी र निर्देशन ‘स्वतन्त्र र सार्वभौम मुलुकमाथिको हस्तक्षेप’ ठहर गरेका छन् । प्रधानमन्त्री सुशील कोइरालाको आह्वानमा शनिबार साँझ प्रधानमन्त्री निवासमा बालुवाटारमा बसेको सर्वदलीय बैठकमा उनीहरुले मुलुकसामु देखिएको चुनौतीलाई एकताबद्ध भएर...
नेपालगञ्ज, ९ असोज– भारतले नेपालमाथि गरेको अघोषित नाकाबन्दीले तत्काल नेपाललाई समस्या परे पनि दीर्घकालीन रुपमा त्यसले भारतलाई नै नोक्सान गर्ने यस क्षेत्रका विज्ञ तथा विश्लेषकले बताएका छन् । विश्वशक्तिका रुपमा अभ्यास गरिरहेको भारतले छिमेकी देशको आन्तरिक मामिलालाई लिएर दिनहुँ निहुँ खोज्नु उसकै शक्ति क्षीण...
काठमाण्डु, ९ असोज– पेट्रोलियम पदार्थमा कालोबजारी गर्ने प्रशान्ति पेट्रोलपम्प एकान्त कुनाका सञ्चालक जनकराज पौडेललाई दण्डित गरिएको छ । पीडितले दिएको उजुरीका आधारमा जिल्ला प्रशासन कार्यालय ललितपुरले प्रारम्भिक स्थलगत अनुसन्धान तथा अवलोकन गर्दा सेवाग्राहीलाई ठगेको पाइएपछि ३० लाख रुपैयौ जरिवाना गरी जेल चलान गरेको छ...
असोज ६ गते राति तेल बोक्न भारतीय सीमा क्षेत्रमा पुगेका ५९ ट्यांकर चालकलाई स्थानीय प्रहरीले कुटपिट गरे । हामीलाई ट्यांकरचालकरले रुदै ज्यान मार्ने धम्की दिएको गुनासो गरेका छन् । रक्सौलको डिपोअगाडि सबै ट्यांकर रोकिएका छन् । तर ती ट्यांकर र चालकलाई सुरक्षित गर्ने विषयमा...
काठमाण्डु, ९ असोज– नेपालले पेट्रोलियम पदार्थ बिक्रीको एकाधिकारप्राप्त भारतीय सरकारमातहतको इन्डियन आयल कर्पोरेसन (आइओसी) ले राजनीतिक तहमा समस्या समाधान गरेपछि मात्र नेपाललाई पेट्रोलियम आपूर्ति गर्ने जानकारी गराएको छ । भारतले नेपालतर्फ स्थिरता भएको कारण सामग्री आपूर्ति गर्न नसकेको भने पनि यथार्थमा नाकाबन्दी लगाइसकेको छ...
बेइजिङ, ९ असोज– चीनले नेपालको संविधान बहुसंख्यक जनताबाट अनुमोदित भएको उल्लेख गर्दैै सरसामानको आपूर्ति बढाउने संकेत दिएको छ । संविधान घोषणापछि भारतबाट अत्यावश्यक वस्तु आयातमा समस्या उत्पन्न भइरहेको बेला चीनले यस्तो संकेत दिएको हो । शुक्रबार बेइजिङमा चीनका लागि नेपाली राजदूत महेशकुमार मास्केसँगको भेटमा...