काठमाण्डु, ६ असोज– राष्ट्रपति रामवरण यादवले मधेसमा भइरहेको आन्दोलन र असन्तुष्टिलाई सम्बोधन गर्न मंगलबार प्रधानमन्त्री सुशील कोइरालालाई आग्रह गरेका छन् । बन्द÷हडतालका कारण मधेसका लाखौं नेपालीले दिनहुँ पीडा र अप्ठ्यारो भोगिरहनुपरेकाले ‘आफैं गएर जनताको कुरा सुन्न’ र समस्या समाधान गर्न उनले कोइरालालाई आग्रह गरे...
काठमाण्डु, ६ असोज– ‘कोहीलाई के को चिन्ता घर ज्वाइँलाई खानकै चिन्ता’ भन्ने प्रचलित नेपाली उखान शुक्रबारको क्याविनेट बैठकमा सहभागी हुन पुगेका अधिकांश मन्त्रीले स्मरण गरे । संविधान आउँदा विरोधस्वरुप निवासमा बत्ति निभाई बसेका भौतिक योजनामन्त्री विमलेन्द्र निधि गृहमन्त्री बामदेव गौतमसँग निकै आक्रोशित मुद्रामा कड्किँदै...
काठमाण्डु, ६ असोज– भारत सरकारले नेपालमा नयाँ संविधान घोषणाप्रति असन्तुष्टि जनाए पनि संविधासभाको स्रोतबिन्दु मानिने १२ बुँदे समझदारी र अन्य राजनीतिक परिवर्तनको सुत्राधार मानिने भारतीय गुप्तचर निकाय ‘रअ’का पूर्वप्रमुख पीके हर्मिस थारक्कलने भने समर्थन गरेका छन् । उनले काठमाण्डु संस्थापनले संविधानमा संशोधन गर्न सकिने...
काठमाण्डु, ६ असोज– गुन्डा नाइके गणेश लामाले एक व्यवसायीलाई अपहरण गरी ४० लाख रुपैययाँको कागज गराएका छन् । प्रहरीले उनका एक सहयोगीलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसले लामाका सहयोगी विक्रमजित लामालाई पक्राउ गरेको छ । नाइके लामा भने भागेर विदेश पुगेगका छन्...
नयाँदिल्ली, ६ असोज– भारतीय विदेश मन्त्रालयले नेपालमा संविधान जारी भएपछि पनि सीमावर्ती मधेस क्षेत्रमा निरन्तर रहेको असहज परिस्थितिबारे परामर्श गर्दै अहिले जारी संविधानमा जनसंख्या आधारमा निर्वाचन क्षेत्र तोकिनुपर्ने प्रवाधान हटाइएकोमा ‘गम्भीर चासो’ व्यक्त गरेको छ । विदेश मन्त्रालयमा मंगलबार अपराह्न दुवै देशका राजदूतसहित कुटनीतिक...
नयाँदिल्ली, ६ असोज– नयाँदिल्लीमा नेपाल भारत दुवै देशका कुटनीतिज्ञहरुको परामर्श बैठकमा भारतीय अधिकारीहरुले बिहारमा आसन्न राज्यसभा चुनावका कारण सीमावर्ती क्षेत्रको तनाव र हिंसात्मक गतिविधिबारे स्वभाविक चिन्ता रहेको भन्दै सीमा क्षेत्रमा आवागमनमा केही कडाई भएको हुन सक्ने बताएका छन् । ‘तर यसो भन्दैमा तत्कालै नाकाबन्दी...
काठमाण्डु, ५ असोज– प्रधानमन्त्री सुशील कोइरालाले राष्ट्रसंघीय महासभाको साइडलाईनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति बाराक ओमबामासहित झन्डै दुई दर्जन नेताहरुसँग छुट्टाछुट्टै संक्षिप्त भेट गर्ने भएका छन् । ती भेटवार्ताको तयारी भइरहेको जानकारी परराष्ट्र मन्त्रालय उच्च स्रोतले दिएको छ...
काठमाण्डु, ५ असोज– संविधानभाबाट संविधान घोषणा गरेपछि थप अशान्त बन्न थालेको मधेसको मुद्धा स्म्बोधन गर्न एमाओवादीका वरिष्ठ नेता बाबुराम भट्टराईलाई नेतृत्व लिइदिन एमाओवादकै मधेस केन्द्रित सभासद्हरुले आग्रह गरेका छन् । सामेबार भट्टराई निवास सानेपा पुगेका एमाओवादी नेताहरु रामचन्द्र झा, प्रभु साह, रामरिझन यादव, महेन्द्र...
काठमाण्डु, ५ असोज – भारतीय कम्युनिस्ट पार्टी माक्सवादीका महासचिव सीताराम यचुरीले नेपालमा संविधानसभाबाट संविधान जारी हुनु नेपाली जनताको विजयी भएको बताएका छन् । उनले संविधान जारी भएसँगै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भएको भन्दै छिमेकी भएको नाताले भारतले नेपालको संविधानलाई स्वागत र समर्थन गर्न...
काठमाण्डु, ५ असोज– विभिन्न मित्रराष्ट्रहरुले बुंगमतीस्थित रातो मच्छिन्द्रनाथ मन्दिर बनाउने भएका छन् । चीन सरकारले हनुमानढोकास्थिति नौतले र नुवाकोटको साततले दरबार पुनर्निर्माण गरिदिने भएको छ । स्यम्भूक्षेत्रको प्रतापपुर र अनन्तपुर पुरातत्व विभाग आफैले निर्माण गर्ने गर्ने सुरसार गरेको छ । आधा दर्जनभन्दा बढी मित्रराष्ट्र...
काठमाण्डु, ५ असोज– सभासद् सीतादेवी यादव(६०)ले संविधानसभा समारोहमा सहभागी हुन गइरहँदा बाटामो उनलाई खबर आयो, ‘माननीयज्यू, तपाईको घरमा आगो लगाइदिए, गाडी र मोटरसाइकल पनि जलाइदिए ।’ संविधान घोषणाको दिन खुसी भइरहेको बेला उनलाई दुःखद खबर आयो । मूलढोका तोडेर आगो लगाउन आएका समूहबाट बच्नका...
नयाँदिल्ली, ५ असोज– नेपालमा आइतबार संविधान जारी भएपछि भारतीय सीमावर्ती नेपाली भूभागमा हिंसात्मक घटना बढेको कारण देखाउँदै भारतले ‘सीमा क्षेत्रमा जारी तनाव अन्त्य गर्न नेपालले तत्काल पहलकदमी नदेखाएका कारण अहिलेको विषमस्थिति सामुमा आएको भन्दै गैरकुटनीतिक सन्देश सार्वजनिक गरेको छ । नेपालका लागि भारतीय राजदूत...