काठमाण्डु, ३ असार– पर्यटनमन्त्री प्रेम आलेले नेपाल एयरलाइन्सका अध्यक्ष युवराज अधिकारीलाई आफ्नो कार्यकक्षमा बोलाएर हातपात गरेका छन् । फोहोरी गाली गर्दै धकेल्न थालेपछि त्यहाँ रहेका तेस्रा व्यक्तिले रोकेको अन्नपूर्ण पोस्ट्लाई प्राप्त अडियोमा प्रस्टै सुन्न सकिन्छ । पर्यटन मन्त्रालय उच्च स्रोतका अनुसार मन्त्री आलेले नेपाल...
काठमाण्डु, २ असार– नेपाल अमेरिकी ‘स्टेट पार्टनरसिप प्रोगाम’ (एसपीपी) मा सहभागी हुन लागेको भन्दै सडकदेखि संसद्सम्म बहस भइरहेका बेला अमेरिकाले भने नेपाल सन् २०१९ मै उक्त कार्यक्रममा सहभागी भइसकेको दाबी गरेको छ । नेपालले सन् २०१५ र २०१७ मा उक्त कार्यक्रममा सहभागिताका लागि अनुरोध...
काठमाण्डु, २ असार– अमेरिकी सेनाले नेपाली सेनासमक्ष प्रस्ताव गरेको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्बन्धी सम्झौता विवादमा परेको छ । नेपाली सेना एसपीपीसम्बन्धी सम्झौताको विषयमा राजी नभएपछि प्रधानमन्त्री शेरबहादुर देउवा पछि हटेका छन् । एसपीपीको विषयमा राजनीतिक वृतमा तरंग देखिएपछि प्रधानमन्त्री देउवाले मुलुकको हितविपरीत कुनै...
काठमाण्डु, २ असार– अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताले संसद् हल्लाएको धेरै समय नबित्दै फेरि अमेरिकाकै स्टेट पार्टनरशीप प्रोग्राम (एसपीपी)ले संसद् हल्लाएको छ । विभिन्न संचारमाध्यमहरूमा अमेरिकाले नेपाललाई एसपीपी सम्झौतामा हस्ताक्षर गर्न दबाब दिएको भन्दै समाचार प्रकाशित भएपछि मंगलबार संसद्मा यसै विषयलाई लिएर हंगामा...
काठमाण्डु, १ असार– मालपोत कार्यालयले कृषि र गैरकृषिमा वर्गीकरण नगरिएका जग्गा रोक्का गर्न नमानेपछि बैंक तथा वित्तीय संस्थाले जग्गा धितो राखेर ऋण प्रवाह गर्न नसकिने स्थिति उत्पन्न भएको छ । सरकारले खेतीयोग्य जग्गा वा गैरकृषि क्षेत्र निर्धारण गर्ने प्रयोजनका लागि स्थानीय भू–उपयोग परिषद्ले भू–उपयोग...
काठमाण्डु, ३१ जेठ– नेपालमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसद्बाट पारित भएसँगै अमेरिकाले सैन्य सहकार्यसम्बन्धी सम्झौताका लागि ताकेता गरेको छ । पाँच वर्ष अघिदेखि अमेरिकाले सैन्य सम्झौताका लागि ताकेता गर्दै आएको थियो । अहिले पुनः अमेरिकाले सैन्य समझदारीपत्रमा हस्ताक्षर गर्न जोड गरेको...
काठमाण्डु, ३० जेठ– मुलुकका दुई ठूला कम्युनिस्ट पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्र वाम गठबन्धनतर्फ उन्मुख हुन थालेका छन् । स्थानीय तहको निर्वाचनपछि विभिन्न तहबाट वाम गठबन्धनको कुरा उठिरहेका बेला ती दुई दलका नेताहरूले वाम गठबन्धनतर्फ चासो देखाइरहेका हुन् । आइतबार साँझ एमाले...
काठमाण्डु, ३० जेठ– काठमाण्डु महानगरपालिकाले राजधानीका सात बैंकसहित ३३ निकायका शोचालयलाई सार्वजनिक रूपमा प्रयोग गर्न स्वीकृत दिने तयारी गरेको छ । कामपाले सार्वजनिक शौचालयको प्रयोग गर्न दिन इच्छुक होटल, रेस्टुराँ, बैंक, व्यापारिक भवन, मल, सपिङ कम्प्लेक्स, कम्पनी, फर्म, व्यावसायी, गैरसरकारी संघसंस्थाको शौचालयलाई सार्वजनिक शौचालयको...
काठमाण्डु, ३० जेठ– नेकपा (एमाले) भित्र नेता घनश्याम भुसालमाथि अनुशासन आयोगले कारबाहीको सिफारिस गरेसँगै पार्टीभित्र तरंग पैदा भएको छ । नेता भुसालले स्थानीय तहको निर्वाचनको परिणामलाई लिएर पार्टी अध्यक्ष केपी ओलीले राजीनामा दिनुपर्ने अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्ति पार्टी हितविपरीत रहेको भन्दै आइतबार...
काठमाण्डु, ३० जेठ– नेपालमा ७७ प्रतिशत हवाई दुर्घटनाको मृत्यु नियन्त्रित वायुयान बादलभित्र छिरेर पहाडमा ठोक्किनु (कन्ट्रोल फ्लाइट इन्टु टेरेन) बाट हुने गरेको अध्ययनले देखाएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको नेपालको हवाई अवस्थाको अध्ययन गर्न गठित छानविन समितिले मृत्युदरका तीन कारणमध्ये...
काठमाण्डु, २९ जेठ– बलात्कारसम्बन्धी पुरानो मुद्दामा नाबालिकाको हकमा मात्रै हदम्याद बढाउनुपर्ने सुझाव दिने गरी कानुन आयोगले प्रारम्भिक निष्कर्ष निकालेको छ । मुलुकी फौजदारी संहितामा जर्बजस्ती करणीसम्बन्धी दफा २ सय २९ को हदम्यादसम्बन्धी व्यवस्था परिवर्तन गर्नुपर्ने माग उठेपछि मन्त्रालयले कानुन आयोगलाई अध्ययनको जिम्मेवारी दिएको थियो...
काठमाण्डु, २९ जेठ– मतदाता नामावलीमा ३ देखि ७ प्रतिशतसम्म मृत्यु भएका मतदाता रहेको आङ्कलन गरिएको छ । तथ्याङ्कविद् एवं केन्द्रीय तथ्याङ्क विभागका उपमहानिर्देशक हेमराज रेग्मी भन्छन् , ‘नमुना सङ्कलन गरिएका स्थानीय तहका मृतक मतदाता र कूल मतदाता सङ्ख्यालाई भाग गरी आउने प्रतिशतलाई औसत मृतक...