मन्त्री आलेले कुटे नेपाल एयरलाइन्सका अध्यक्ष

काठमाण्डु टुडे २०७९ असार ३ गते ८:०६ मा प्रकाशित

काठमाण्डु, ३ असार– पर्यटनमन्त्री प्रेम आलेले नेपाल एयरलाइन्सका अध्यक्ष युवराज अधिकारीलाई आफ्नो कार्यकक्षमा बोलाएर हातपात गरेका छन् । फोहोरी गाली गर्दै धकेल्न थालेपछि त्यहाँ रहेका तेस्रा व्यक्तिले रोकेको अन्नपूर्ण पोस्ट्लाई प्राप्त अडियोमा प्रस्टै सुन्न सकिन्छ ।

पर्यटन मन्त्रालय उच्च स्रोतका अनुसार मन्त्री आलेले नेपाल एयरलाइन्समा ठूलो मात्रामा मान्छे राख्न (आफूले पठाएका व्यक्तिलाई जागिर दिन) अह्राएका थिए । अध्यक्ष अधिकारीले केहीलाई जागिर लगाइसकेका थिए । केहीलाई लगाउने प्रक्रियामा थिए ।

मन्त्री निरन्तर ताकेतामा मात्र थिएनन्, तुरुन्त राखी दिन धम्क्याउँदै आएका थिए । स्रोत भन्छ, ‘अधिकारीले तलबाट दरबन्दी बनाउन, टिप्पणी आउन बाँकी रहेको कारण देखाएका थिए । अन्नपूर्ण पोस्टबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us