अमेरिकाले भन्योः ओली सरकारकै पालामा भएको थियो एसपीपी सम्झौता

काठमाण्डु टुडे २०७९ असार २ गते ८:३७ मा प्रकाशित

काठमाण्डु, २ असार– नेपाल अमेरिकी ‘स्टेट पार्टनरसिप प्रोगाम’ (एसपीपी) मा सहभागी हुन लागेको भन्दै सडकदेखि संसद्सम्म बहस भइरहेका बेला अमेरिकाले भने नेपाल सन् २०१९ मै उक्त कार्यक्रममा सहभागी भइसकेको दाबी गरेको छ ।

नेपालले सन् २०१५ र २०१७ मा उक्त कार्यक्रममा सहभागिताका लागि अनुरोध गरेपछि अमेरिकाले सन् २०१९ मा नेपालको प्रस्ताव स्वीकार गरेको र त्यससँगै नेपाल एसपीपीमा सहभागी बनेको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ। ‘यो अमेरिकाले अघि बढाएको कार्यक्रममा होइन ।

यसमा सहभागी हुन नेपालका तर्फबाट दुईपटकसम्म प्रस्ताव आएको थियो । त्यसलाई अमेरिकाले सन् २०१९ मा स्वीकार गरेको हो’, अमेरिकी दूतावासका नियोग उपप्रमुख मानुअल पी मिकालरले भने ।

नेपालस्थित अमेरिकी दूतावासले मंगलबार जारी गरेको विज्ञप्तिमा यो कार्यक्रममा सहभागी हुन अमेरिकाले आफैं प्रस्ताव नगर्ने तर प्रस्ताव आए त्यो स्वीकृत हुने उल्लेख छ ।

कूटनीतिक स्रोतका अनुसार एसपीपीमा सहभागी हुन नेपाली सेनाका तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले सन् २०१५ र २०१७ मा अमेरिकालाई पत्र लेखेका थिए । नागरिक दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us