एजेन्सी– अमेरिका केन्टकीको वनक्षेत्रमा एक निजी विमान दुर्घटना हुँदा त्यसमा यात्रा गरिरहेका चार व्यक्तिको मृत्युभएको तर सात वर्षीया एक बालिका जीवितै फेला परेको जानकारी प्रहरीले दिएको छ । स्थानीय बासिन्दाले टेलिफोनमा जानकारी दिएपछि प्रहरी दुर्घटनाप्रति सतर्क भएको उनीहरूको फेसबुकमा प्रकाशित विज्ञप्तिमा उल्लेखित छ ।...
एजेन्सी– इन्डोनेसियामा खोजकर्ताहरूले एयरएसियाको उडान ८५०१ को एक सय ६२ यात्रुसहित समुद्रमा दुर्घटनाग्रस्त विमानका दुई ठूला भाग फेला पारेको अधिकारीहरूले जानकारी दिएका छन् । इन्डोनेसियाको यातायात मन्त्रालयले उक्त विमान उडानको समयमा अनधिकृत समयतालिकामा उडेको बताएको समयमै ती भाग फेला पारिएको बताइएको छ । हाल...
एजेन्सी– बेलायती राजकुमार एयाण्ड्रुमाथि बलात्कारको अभियोग लागेको छ । राजकुमार एयाण्ड्रुमाथि एक अमेरिकी महिलामाथि जबर्जस्ती करणी गरेको आरोप लागेको हो । बलात्कार अभियोगमा उनीविरुद्ध अमेरिकाको फ्लोरिडा राज्य अदालतमा मुद्दा दायर भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । उनी राजपारिवारको पाचौं वरियतामा छन् । समाचारमा जनाएअनुसार...
काठमाण्डु, १८ पुस- भारत उत्तर प्रदेशको बदाउ जिल्लामा प्रहरीले नै एक किशोरीको अपहरण गरी बलात्कार गरेका छन् । मुसाझग प्रहरी चौकीमा कार्यरत दुई प्रहरीले नयाँ वर्ष सन् २०१५ को अघिल्लो दिन एक १४ वर्षीया किशोरीको अपहरण गरी बलात्कार गरेका हुन् । कामका लागि घरबाट...
नयाँ दिल्ली, १८ पुस– भारतीय सेनाले समुद्रमा उच्च गतिमा पछ्याएपछि उनीहरूको हातमा आफूलाई पर्न नदिन पाकिस्तानी माछामार्ने प्रयोजनको एक डुङ्गाका चालकले आफैँलाई विस्फोट गराइ उनीहरूको डुङ्गा डुबाएको जानकारी अधिकारीहरूले शुक्रबार दिएका छन् । पाकिस्तानको बन्दरगाहयुक्त नगर कराची नजिकैबाट आएको उक्त डुङ्गाका चारै व्यक्तिको नयाँ...
एजेन्सी–जर्मनका प्रसिद्ध राजनेता एडोल्फ हिटलरले आफूलाई गोली हानेर आत्महत्या गरेका थिए । तर ती मृत हिट्लर कोसोभोमा हाल पनि देखिन्छन् । शारीरिक बनावट, जुँगा, अनुहार सबै हिट्लर जस्तै छ । तर उनी त्यही हिट्लर भने होइनन् । मेल अनलाइनका अनुसार एमिन दजिनोब्की नाम गरेका...
एजेन्सी–चीनमा नयाँ वर्ष मनाउँने क्रममा भागदौड हुदा ३५ जनाको मृत्यु भएको छ । चीनको संघाइ सहरमा भएको सो घटनामा अन्य ४२ जना घाइते भएको समाचाहरुमा उल्लेख गरिएको छ । भागदौड किन भयो भन्नेबारे भने अझैसम्म केहि खुल्न सकेको छैन । नदी किनारमा अखख्य मानिसहरु...
एजेन्सी– अमेरिकी राष्ट्रपति बाराक ओबामाले एक नवविवाहित जोडीसँग माफी मागेका छन् । आफ्नो गल्फ कार्यक्रमका कारण विवाह स्थल परिवर्तन गरेको उक्त जोडीसँग ओबामाले माफी मागेका हुन् । आइतबार हवाईको होलिडे होमस्थित सेनाको गल्फ मैदानमा नताली हेमल र एडवर्ड मेलु जुनियरलको विवाह कार्यक्रम थियो ।...
अफगानिस्तान, १६ पुस–अफगानिस्तानको जावजान प्रान्तमा बुधबार करिब दुई सय विद्रोहीले सरकारसमक्ष आत्मसमर्पण गरेका छन् । अफगानिस्तानका पहिलो उपराष्ट्रपति जनरल अब्दुल रसिद दोस्तुमले ती पूर्व विद्रोहीहरुलाई एक समारोहबीच स्वागत गरेकोे जनाइएको छ । सरकार समक्ष आत्मसमर्पण गरेका ती पूर्व विद्रोहीहरुले शक्तिशाली हातहतियारसहित आत्मसमर्पण गरेका थिए...
एजेन्सी–एक दुई वर्षे बालकले आमाको हत्या गरेभन्दा अचम्म लाग्नसक्छ । तर अमेरिकाको लस एन्जेल्समा मङ्गलबार त्यस्तै भएको छ । तर उनले जानेर आफ्नी आमाको हत्या गरेका भने पक्कै होइनन् । त्यसो त उनलाई हत्या भनेकै पनि कहाँ थाहा छ र ? बन्दुक बोकेकी आमाको...
काठमाण्डु, १६ पुुस– गाडीको पार्टपूर्जा बनाउने ठाउँमा ग्यास पड्कँदा चीनमा १७ जनाको ज्यान गएको छ । बुधबार बिहान भएको घटनामा अन्य २० जना घाइते भएको समाचारहरुमा जनाइएको छ । चीनको दक्षिणी सहर फोशानमा भएको उक्त घटना एउटा कारखानाभित्र ग्यास पड्केको थियो । फोशान सहरका...
फिलिपिन्स, १५ पुस–मध्य फिलिपिन्समा दुई दिसम्म जारी रहेको बाढी र पहिरोमा परी मृत्युहुने व्यक्तिको सङ्ख्या एघार पुगेको जनाइएको छ । प्रति घण्टा १५ मिलीमिटर परेको वर्षाको कारण पर्यटकस्थल र माछा मार्ने एक स्थानीय प्रसिद्धस्थलबाट मङ्गलबार करिब एकहजार सात सय व्यक्तिलाई उद्वार गरिएको जनाइएको छ...