
फिलिपिन्स, १५ पुस–मध्य फिलिपिन्समा दुई दिसम्म जारी रहेको बाढी र पहिरोमा परी मृत्युहुने व्यक्तिको सङ्ख्या एघार पुगेको जनाइएको छ ।
प्रति घण्टा १५ मिलीमिटर परेको वर्षाको कारण पर्यटकस्थल र माछा मार्ने एक स्थानीय प्रसिद्धस्थलबाट मङ्गलबार करिब एकहजार सात सय व्यक्तिलाई उद्वार गरिएको जनाइएको छ ।
त्यसैगरी अन्य विभिन्न स्थानमा आएको बाढीका कारण कम्तीमा पनि छ व्यक्तिको मृत्यु भएको जनाइएको छ ।
हाल जारी यस प्रकोपको कारण सुरियाओ डेल सुरबाट १४ हजार भन्दा बढी व्यक्तिलाई अन्य सुरक्षित स्थानमा सारिएको गभर्नर जोनी पिमेन्टेललेसमाचार स बताए ।
फिलिपिन्समा हरेक वर्ष करिब २० बटा सामुद्रिक आँधी आउने गरेको छ । गत महिना पनि मध्य फिलिपिन्समा आएको हगुपिट नामक सामुद्रिक आँधीबाट १८ व्यक्तिको मृत्यु भएको थियो ।
त्यसैगरी गत वर्ष आएको हाइयान नामक सामुद्रिक आँधीबाट सातहजार तीन सय ५० व्यक्तिको मृत्यु भएको थियो । रासस