
अफगानिस्तान, १६ पुस–अफगानिस्तानको जावजान प्रान्तमा बुधबार करिब दुई सय विद्रोहीले सरकारसमक्ष आत्मसमर्पण गरेका छन् ।
अफगानिस्तानका पहिलो उपराष्ट्रपति जनरल अब्दुल रसिद दोस्तुमले ती पूर्व विद्रोहीहरुलाई एक समारोहबीच स्वागत गरेकोे जनाइएको छ ।
सरकार समक्ष आत्मसमर्पण गरेका ती पूर्व विद्रोहीहरुले शक्तिशाली हातहतियारसहित आत्मसमर्पण गरेका थिए ।
गत सोमबार पनि जावजान प्रान्तमा ८० भन्दा बढी आतङ्ककारीले अफगान सरकारको शान्ति प्रक्रियामा सहभागी हुने समर्पणकासाथ आत्मसमर्पण गरेका थिए ।
अफगानिस्तानमा विगत १३ वर्षदेखि शान्ति सुरक्षा दिँदै आएको नेटो सैनिक आजैदेखि स्वदेश फर्किएका छन् ।