वासिङ्गटन, २५ पुस– अमेरिकी राष्ट्रपति बाराक ओबामाले बुधबार फ्रान्सको राजधानी पेरिसमा अवस्थित चार्ली हेब्दो पत्रिका कार्यालयमा हमला गरी सम्पादकसहित १२ जनाको हत्या गरिएको प्रति समवेदना प्रकट गरेका छन् । बिहीबार राष्ट्रपति ओबामा वासिङ्गटन डि.सीमा रहेको फ्रान्सेली राजदूतावासमा गई सो समवेदना दिएको समाचारमा जनाइएको छ...
काठमाण्डु, २५ पुस– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले श्रीलंकाली राष्ट्रपतीय निर्वाचनमा विजय हुने मैथ्रीपाला सिरिसेनालाई बधाइ दिएका छन् । बिहीबार भएको राष्ट्रपति निर्वाचन परिणामको औपचारिक घोषणा हुन भने बाँकी छ । प्रधानमन्त्री मोदीले ट्वीटरमा आफूले सिरिसेनालाई बधाइ दिएको उल्लेख गरेका छन् । उनले लोकतान्त्रिक र...
काठमाण्डु, २५ पुस– श्रीलंकाका निवर्तमान राष्ट्रपति महेन्दा राजापाक्षेले राष्ट्रपतीय निर्वाचनको परिणाम आउनुअघि नै हार स्वीकार गरेका छन् । आइतबार भएको निर्वाचनको अन्तिम परिणाम आउनुअघि नै राजापाक्षेले हार स्वीकार गरेका हुन् । राजापाक्षेले आफ्नो सरकारी निवाससमेत खाली गरेको उनका सूचना अधिकृतलाई उद्धृत गर्दै बीबीसीले जनाएको...
एजेन्सी– इबोला सङ्क्रमणका कारण विश्वमा मृत्यु हुने व्यक्तिको सङ्ख्या आठ हजार नाघेको बताइएको छ । विशेषगरी पश्चिम र मध्य अफ्रिकी राष्ट्रहरुमा यसको सङ्क्रमण बढेको छ । सो सङ्क्रमणबाट ज्यान जाने व्यक्तिको सङ्ख्या आठ हजार दुइ सय ३५ पुगेको समाचारमा जनाइएको छ । प्राप्त समाचारअनुसार...
काठमाण्डु, २३ पुस– अमेरिकाकी चर्चित राजनीतिज्ञ तथा सन् २००८ मा रिपब्लिकन पार्टीका तर्फबाट उपराष्ट्रपति पदकी उम्मेदवार सारह पालिनले पशु अधिकारकर्मीको चर्को आलोचना खेपिरहेकी छिन् । उनलाई आफ्नो छोराले कुकुरलाई कुल्चेको फोटो फेसबुकमा सेयर गरेको भन्दै पशुअधिकारकर्मीले आलोचना गरेका हुन् । चाखलाग्दो कुरा के छ...
भारत, २३ पुस– दक्षिणी भारतीय राज्य आन्ध्र प्रदेशमा बुधबार भएको एक बस दुर्घटनामा कम्तीमा पनि २० व्यक्तिको मृत्यु भएको छ । आन्ध्रको पेनुकुन्दा जिल्लानजिकै उक्त दुर्घटना भएको एक स्थानीय टेलिभिजनले जानकारी दिएको छ । बस गहिराइमा खस्दा सो दुर्घटना भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्...
एजेन्सी, २३ पुस– टर्कीको इस्ताम्बुल शहरमा एक महिलाले आत्मघाती विष्फोटमा आफैलाई उडाएकी छन् । घटनामा एक पुलिसको समेत मृत्यु भएको छ र अर्का एक घाइते भएका छन् । स्थानीय सञ्चारमध्यमले जनाएअनुसार हमलाकारीले पर्यटन केन्द्र सुल्तानहमेटको एक पुलिस चौकीलाई निसाना बनाएको थिए । इस्ताम्बुलका गभर्नरले...
नयाँ दिल्ली- संयुक्त राष्ट्र सङ्घका लागि भारतका पूर्व उच्च कूटनीतिज्ञ तथा भारतका सरकारका पूर्व मन्त्रीकी पत्नीलाई हत्या गरिएको र यसअघि आशङ्का गरिए झैँ आत्महत्या नगरेको दिल्ली प्रहरी प्रमुखले मङ्गलबार बताएका छन् । गत जनवरीमा सुनन्दा पुष्करलाई राजधानीमा पाँच तारे होटेलको कोठामा मृत रूपमा फेला...
इस्लामावाद, २२ पुस– पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफ बहराइन भ्रमणमा जान लागेका छन् । उनले यही जनवरी ७ देखि दुई दिनसम्म सो देशको भ्रमण गर्ने जनाइएको छ । बहराइनका राजा हमाद बिन इल्साहा अल खालिफ र प्रधानमन्त्री शेख खालिफा बिन सलमान अल खालिफको निमन्त्रणामा प्रधानमन्त्री...
एजेन्सी, २२ पुस– बंगलादेशमा विपक्षी दल नेसनलिस्ट पार्टीका प्रदर्शनकारी र सत्ताधारी पार्टी आवामी लिगका कार्यकर्ता र पुलिसका बीचमा भएको झडपमा चार जनाको मृत्यु भएको छ । पुलिसले जनाएअनुसार राजधानी ढाकामा विपक्षी पार्टीले प्रतिबन्ध लगाउँदा लगाउँदै पनि ¥याली निकाली विरोध प्रदर्शन गरेका कारण यो धटना...
एजेन्सी–आइतबार अबेर राति भत्किएको नाजेरियाको आवासीय भूभागमा अवस्थित एक भवनको भग्नावशेषबाट केन्याली उद्धारकर्ताहरुले दुई व्यक्तिको शवलाई निकालेको छ । नाइजेरियाको हुरुमा इलाकामा रहेको सो भवनको भग्नावशेषबाट ४० व्यक्तिलाई भने जीवितै उद्धार गरिएको केन्या राष्ट्रिय प्रकोप नियन्त्रण केन्द्रका अधिकारी पिअस मासाइले बताए । उत्तरपश्चिम नाइरोबीको...
पाकिस्तान, २० पुस– पाकिस्तानको सघँै अशान्त भइरहने उत्तर वाजिरिस्तानको आदिवासी इलाकामा आइतबार तालिवानी विद्रोही समूहलाई लक्षित गरी एक अमेरिकी चालकरहित विमान (ड्रोन) आक्रमणमा कम्तीमा ६ विद्रोहीको मृत्यु भएको छ । अफगानिस्तानको सीमानजिकै सो आक्रमण गरिएको सुरक्षा अधिकारीहरुले जानकारी दिएका छन् । सो ड्रोन आक्रमण...