अन्तर्राष्ट्रिय

रुसले जर्जियामा भिसा र उडान प्रतिबन्ध हटाउने

२०८० वैशाख २८ गते १६:३८

एजेन्सी– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भिसा प्रतिबन्ध र जर्जियामा उडान प्रतिबन्ध हटाउन दुईवटा आदेशमा हस्ताक्षर गरेका छन । जर्जियाली नागरिकहरूलाई सन् २०२३ मे १५ देखि ९० दिनको अवधिका लागि भिसाविना नै रुसमा प्रवेश गर्न अनुमति दिइने सो आदेशमा उल्लेख गरीएको छ । यो रोजगारीका...

पाकिस्तानका पूर्वविदेशमन्त्री मोहमुद कुरैशी पनि पक्राउ

२०८० वैशाख २८ गते १३:३७

एजेन्सी–पाकिस्तानका पूर्व विदेशमन्त्री मोहमुद कुरैशी पनि पक्राउ परेका छन । पूर्वप्रधानमन्त्री इमरान खान पक्राउको विरोधमा हिंसात्मक प्रदर्शन जारी रहेका बेला पूर्वविदेशमन्त्री कुरैशी पनि पक्राउ परेका हुन । पाकिस्तान तहरिक ए इन्साफका नेता समेत रहेका कुरैशीले पक्राउ पर्नुअघि एक भिडियो सार्वजनिक गर्दै भनेका छन्, ‘मलाई...

पूर्वराष्ट्रपति ट्रम्प यौन दुर्व्यवहार सम्बन्धी मुद्दामा दोषी ठहर

२०८० वैशाख २७ गते १२:२४

एजेन्सी– अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प यौन दुर्व्यवहार सम्बन्धी एक मुद्दामा दोषी ठहर भएका छन । उनलाई न्युयोर्कको सिभिल कोर्टले यौन दुर्व्यवहारमा दोषी ठहर्याउँदै पीडितलाई क्षतिपूर्ति वाफत ५० लाख डलर दिनुपर्ने फैसला सुनाएको छ । एक म्यागेजिनकी लेखिका ई। जीन केरलले सन् १९९० मा ट्रम्पले...

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान अदालतबाटै पक्राउ

२०८० वैशाख २६ गते १६:१३

एजेन्सी– पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान इस्लामावाद उच्च अदालत बाहिरबाट पक्राउ परेका छन । उनी आफू जोडिएका दुईवटा मुद्दाको सुनुवाइका लागि अदालत पुगेका खानलाई प्रहरीले अल कादिर ट्रस्टसँग सम्बन्धित घटनालाई लिएर पक्राउ गरेको छ । इस्लामावाद प्रहरीका तर्फबाट महानिरीक्षक अकबर नासिर खानले विज्ञप्ति जारी...

भारतको मध्यप्रदेशमा बस नदीमा खस्दा १५ जनाको मृत्यु

२०८० वैशाख २६ गते १२:३२

एजेन्सी -भारतको मध्य प्रदेको खरगोनमा यात्रीले खचाखच भरिएको एक बस पुलको रेलिङ तोडेर खोलामा खसेको छ । दुर्घटना बिहान ८ बजेर ४० मिनेटमा रेलिङ तोडेर नदीमा खसेको मध्य प्रदेशका गृहमन्त्री नरोत्तम मिश्राले जानकारी दिए । दुर्घटनामा हालसम्म १५ जनाको मृत्यु भइसकेको छ । खोला...

रुसी सेनालाई पराजित गर्छौं: भोलोडिमिर जेलेन्स्की

२०८० वैशाख २५ गते १७:३३

एजेन्सी– युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी सेनालाई पराजित गर्ने वाचा गरेका छन । सोमबार युरोप दिवस विजयको सम्झनामा जेलेन्स्कीले दोस्रो विश्वयुद्धमा नाजी जर्मनीलाई पराजित गरे जस्तै युक्रेनमा रुसी सेनालाई पराजित गर्ने बताएका छन । जेलेन्स्कीले एक भिडियो बयानमा भनेका छन्, ‘आधुनिक रुसले फिर्ता ल्याउने...

चे ग्वेभारालाई पक्राउ गर्ने जर्नेलको निधन

२०८० वैशाख २५ गते १४:२९

एजेन्सी– अर्जेन्टिनाका क्रान्तिकारी नेता चे ग्वेभारालाई पक्राउ गर्ने बोलिभियाका चर्चित जर्नेलको ८४ वर्षको उमेरमा मृत्यु भएको छ । अमेरिकाको खुफिया एजेन्सीको सहयोगमा प्राडो साल्मोनले सन् १९६७ मा बोलिभियामा कम्युनिस्ट विरुद्ध अपरेसन गरेका थिए । सो समयमा बोलिभियामा दक्षिणपन्थी सैन्य सरकार रहेको थियो । अर्जेन्टिनामा...

पेरुको सुन खानीमा आगलागी, २७ जनाको मृत्यु

२०८० वैशाख २५ गते १२:२४

एजेन्सी– पेरुको एक सुन खानीमा आगोलागी हुदाँ कम्तीमा २७ जनाको ज्यान गएको छ । जमिनभन्दा १ सय मिटर तल रहेको सुन खानीमा आगलागी हुँदा कम्तीमा २७ जनाको ज्यान गएको हो । उत्खनन गर्ने कम्पनी यानाक्विहुआले एक वक्तव्य जारी गर्दै शुक्रबार राति र शनिबार बिहानको...

सुडानमा टर्कीका राजदूतको गाडीमा गोलीप्रहार

२०८० वैशाख २४ गते १३:२९

एजेन्सी ,सुडान -शनिबार सुडानमा टर्कीका राजदूत इस्माइल कोबानोग्लु को गाडीमा गोली प्रहार भएको छ । घटनामा सुडानी सेना र अर्धसैनिक र्यानपिड सपोर्ट फोर्स (आरएसएफ)ले एकापसमा दोषारोपण गरेका छन्।विद्रोही मिलिसियाले टर्कीका राजदूतको कारमा गोली हानेर उनलाई नियन्त्रण लिएको बताएको छ । यसैबीच आरएसएफले राजधानी खार्तूममा...

अमेरिकामा ट्रकको ठक्करबाट नेपाली महिलाको मृत्यु

२०८० वैशाख २३ गते १२:१८

काठमाण्डु, २३ वैशाख– अमेरिकाको टेक्सास राज्यमा ट्रकको ठक्करमा परी एक नेपाली महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४७ वर्षीय प्रमीला सुवेदी रहेकी छन । रक्डेल सिटीनजिकै ट्रकले ठक्कर दिए पछि घाइते भएकी सुवेदीको मृत्यु भएको हो ।उनी एनआरएन आइसीसीको अमेरिकाका क्षेत्रीय उपसंयोजक रामकुमार...

कङ्गोमा बाढीका कारण एक सयभन्दा बढीको मृत्यु

२०८० वैशाख २३ गते १२:११

एजेन्सी– पूर्वी कङ्गोको दक्षिणी किभु प्रान्तमा रातभर परेको भीषण वर्षाका कारण आएको बाढी र पहिरोमा परी १०० भन्दा बढी व्यक्तिको मृत्यु भएको बताइएको छ । कालेहेको प्रभावित क्षेत्रको निरीक्षण गरेपछि क्षेत्रीय सरकारी अधिकारी थोमस बेकेन्गेले सो बारे जानकारी दिएका हुन । नजिकैको किभु तालको...

ढाकाबाट काठमाण्डुका लागि उडेको जहाज पटनामा आकस्मिक अवतरण

२०८० वैशाख २२ गते १८:०२

एजेन्सी– बङ्गलादेशको ढाकाबाट नेपालको काठमाण्डुका लागि उडेको विमान बङ्गलादेशको जहाज भारतको पटनामा आकस्मिक अवतरण गरेको छ । विमानमा खराबी देखिएपछि जहाजलाई पटनामा आकस्मिक अवतरण गराइएको र विमानस्थलको प्राविधिक टोलीले चार घण्टाको परीक्षणपछि पुनः उडान भरेको भारतीय सञ्चारमाध्यमले जानकारी दिएको छ । विमानमा ७७ जना...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us