चे ग्वेभारालाई पक्राउ गर्ने जर्नेलको निधन

काठमाण्डु टुडे २०८० वैशाख २५ गते १४:२९ मा प्रकाशित

एजेन्सी– अर्जेन्टिनाका क्रान्तिकारी नेता चे ग्वेभारालाई पक्राउ गर्ने बोलिभियाका चर्चित जर्नेलको ८४ वर्षको उमेरमा मृत्यु भएको छ ।

अमेरिकाको खुफिया एजेन्सीको सहयोगमा प्राडो साल्मोनले सन् १९६७ मा बोलिभियामा कम्युनिस्ट विरुद्ध अपरेसन गरेका थिए । सो समयमा बोलिभियामा दक्षिणपन्थी सैन्य सरकार रहेको थियो ।

अर्जेन्टिनामा जन्मिएका चेलाई पक्राउ गरिएको भोलिपल्ट नै एक सेनाका अधिकारीले हत्या गरीदिएका थिए । चेलाई गोली हान्ने मारियो टेरानको गत वर्ष निधन भएको थियो ।

सो समयमा अमेरिका र सोभियत संघबीच ‘शीतयुद्ध’ चरम विन्दुमा रहेको थियो । वासिङ्टनले दक्षिण अमेरिकामा बढ्दो कम्युनिस्ट प्रभावमाथि गम्भीर चासो राख्दै आएको थियो ।

त्यतिबेला चे अमेरिकाको निशानामा रहेका थिए । सन् १९५९ मा क्युबाको क्रान्ति सफल पारेपछि उनी अन्य देशहरुमा गुरिल्ला अभियानको नेतृत्व गर्न पुगेका थिए ।

उनी क्युबाका कम्युनिस्ट नेता फिडेल क्यास्ट्रोको निकट थिए भने विश्वभरका कम्युनिस्टका लागि नायक थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us