पेरुको सुन खानीमा आगलागी, २७ जनाको मृत्यु

काठमाण्डु टुडे २०८० वैशाख २५ गते १२:२४ मा प्रकाशित

एजेन्सी– पेरुको एक सुन खानीमा आगोलागी हुदाँ कम्तीमा २७ जनाको ज्यान गएको छ । जमिनभन्दा १ सय मिटर तल रहेको सुन खानीमा आगलागी हुँदा कम्तीमा २७ जनाको ज्यान गएको हो ।

उत्खनन गर्ने कम्पनी यानाक्विहुआले एक वक्तव्य जारी गर्दै शुक्रबार राति र शनिबार बिहानको बीचमा भएको यो दुर्घटनाबाट १७५ जना श्रमिकलाई सुरक्षित उद्धार गरेको समाचार एजेन्सी एपीले जानकारी दिएको छ ।

वक्तव्यमा मारिने २७ जना एउटै ठेकेदारका लागि काम गर्ने बताइएको छ । सरकारी अधिकारीहरूले घटनाको जाँच भइरहेको जानकारी दिएका छन ।

मिडिया रिपोर्टका अनुसार दक्षिण अमेरिकाको अरेक्विपा क्षेत्रमा रहेको सो खानीमा सर्ट सर्किटका कारण आगलागी भएको थियो ।

स्थानीय सरकारले खानीभन्दा सबैभन्दा नजिकको प्रहरी कार्यालाय पनि ९० मिनेट टाढा रहेको र नजिकको सहर पनि कयौँ किलोमिटर टाढा भएको बताइएको छ ।

यसै कारण आपत्कालीन उद्धार अभियानमा कठिनाइ भएको थियो । पेरु विश्वको सबैभन्दा धेरै सुन उत्पादक देशहरू मध्येमा एक देश हो । यहाँ हरेक वर्ष १ सय टनभन्दा बढी सुन उत्पादन हुने गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us