कङ्गोमा बाढीका कारण एक सयभन्दा बढीको मृत्यु

काठमाण्डु टुडे २०८० वैशाख २३ गते १२:११ मा प्रकाशित

एजेन्सी– पूर्वी कङ्गोको दक्षिणी किभु प्रान्तमा रातभर परेको भीषण वर्षाका कारण आएको बाढी र पहिरोमा परी १०० भन्दा बढी व्यक्तिको मृत्यु भएको बताइएको छ ।

कालेहेको प्रभावित क्षेत्रको निरीक्षण गरेपछि क्षेत्रीय सरकारी अधिकारी थोमस बेकेन्गेले सो बारे जानकारी दिएका हुन । नजिकैको किभु तालको किनारबाट शव सङ्कलन भइरहेको पनि उनले बताएका छन ।

बिहीबार साँझबाट शुरु भएको भारी वर्षापछि दुईवटा नदीले आफ्नो किनार तोडेर विनाश मच्चाएका छन् । त्यसैगरी पहिराले सयौं घरहरू ध्वस्त भएका छन् भने अन्य ठूलो धनजनको क्षति भएको बताइएको छ । न्यामुकुबी गाउँका ७५ प्रतिशतभन्दा बढी घरहरू बाढीले बगाएको स्थानीय बासिन्दाले अनुमान गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us