अर्थ

धादिङसम्म ग्यास ल्याउन चीन तयार

२०७२ मंसिर ७ गते १२:२९

काठमान्डु ७ मंसिर– चीन सरकारले धादिङको खानी खोलासम्म आफ्नै बुलेट प्रयोग गरेर ग्यास ल्याइदिने जनाएको छ । चीनले केरुङ नाका हुँदै खानी खोलासम्म ग्यास ल्यादिन चीन तयार भएको नेपाल आयल निगमले जनाएको छ । चीनसँग इन्धन सम्झौता रोकिएकोले ग्यास ल्याउने काम पनि अडकिएको निगमका...

मुस्ताङमा २९ करोडको स्याउ बिक्री

२०७२ मंसिर ७ गते ११:५७

मुस्ताङ, ७ मंसिर – जिल्लाका किसानले यस वर्ष २९ करोड रुपैयाँ बराबरको स्याउ बिक्री गरेका छन् । स्याउको राजधानी मानिने मुस्ताङमा गत वर्षभन्दा सात प्रतिशत स्याउको उत्पादन घटे पनि किसानले भने आकर्षक आम्दानी गर्न सफल भएका हुन् । जिल्ला कृषि विकास कार्यालयका अनुसार चार...

इन्धन वितरण कार्यलाई पारदर्शी बनाउन निर्देशन

२०७२ मंसिर ७ गते १०:५६

झापा, ७ मंसिर – इन्धनको अभावसँगै कालोबजारी बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय, झापाले पेट्रोलियम पदार्थ बिक्री वितरण कार्यलाई पारदर्शी बनाउन पेट्रोल पम्पवालाहरुलाई निर्देशन दिएको छ । पेट्रोलियम पदार्थ बिक्री वितरण भएका विवरण चुस्त दुरुस्त राख्न पेट्रोलपम्पहरुलाई दिएको निर्देशनअनुसार लगबुक रेकर्ड राख्नुपर्ने, इन्धन वितरण गर्दा...

साहसिक पर्यटन प्रवद्र्धनका लागि जलयात्रा हुँदै

२०७२ मंसिर ७ गते ८:४३

काठमाण्डु, ७ मंसिर– नेपालमा साहसिक पर्यटन प्रवद्र्धनका लागि नेपाल एसोसिएसन अफ  एजेन्टस (नारा)ले यही मंसिर ११ गतेदेखि १४औँ हिमालयन ह्वाइटवाटर च्यालेन्ज प्रतियोगिताको आयोजना गर्ने भएको छ । गत वैशाखको विनाशकारी भूकम्पपछिको असहज परिस्थितिमा पनि नेपाल भ्रमणमा आउने पर्यटकको आकर्षणलाई कम हुन नदिन हरेक वर्ष...

नेपालमै पहिलोपटक प्लास्टिकबाट पेट्रोल उत्पादन गर्दै सरकार

२०७२ मंसिर ६ गते १८:००

काठमाण्डु, ६ मंसिर-तपाइँले एक पटक प्लास्टिकको सामग्री प्रयोग गरेर त्यसलाई फोहरमा फाल्ने गर्नुभएको छ । प्लास्टिकको प्रयोग पुनः हुँदैन भन्दै जलाउने गर्नुभएको छ वा अरु केही गर्नु भएको छ, अब भने त्यसो नगर्नु होला किनकी सरकारले प्लास्टिकबाट इन्धन निकाल्ने योजना अगाडि सारेको छ ।...

नेपाल–चीन जोड्ने गल्छी–रसुवागढी नाका स्तरोन्नति गर्न माग

२०७२ मंसिर ६ गते १३:३१

रसुवा, ६ मङ्सिर-गल्छी–रसुवागढी अन्तर्राष्ट्रिय व्यापारिक राजमार्गको स्तरोन्नति गर्न यहाँका सरोकार भएका निकायले माग गरेका छन् । नेपाल–चीनबीचको प्रमुख व्यापारिक नाकाका रुपमा विकसित हुँदै गएको नेपाल जेठो उत्तरी नाका साँघुरो हुँदै गएकाले बढ्दो सवारी चापलाई ध्यानमा राखी यातायातको सहज वातावरणका लागि गल्छीदेखि रसुवागढीसम्मको सडक मार्ग...

विदेशी पर्यटक भन्छन् – ‘पदमार्ग सुरक्षित छ, गोरखा घुम्न आउनुहोस्’

२०७२ मंसिर ६ गते ८:३३

गोरखा, ६ मंसिर– मनास्लु पदमार्गको केही खण्ड हुँदै गुम्दा–लाप्राक–बारपाक घुमेर सदरमुकाम फर्केको विदेशी पर्यटकको टोलीले भूकम्पपछि पनि गोरखाका पदमार्गहरु सुरक्षित रहेको बताएका छन् । पहिरोले पदमार्गका केही ठाउँ जोखिमयुक्त भए पनि अधिकांश ठाउँ सुरक्षित रहेकाले निर्धक्क साथ घुम्न आउन विदेशी पर्यटकले आग्रह गरेका छन्...

विद्युतीय सवारी साधनको प्रयोगलाई बढाउनुपर्छ: पर्यटनमन्त्री

२०७२ मंसिर ५ गते १९:३४

काठमाण्डु, ५ मंसिर-संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले भारतले गरेको नाकाबन्दीले देशमा विभिन्न सामग्रीको आपूर्ति असहज भएकाले सरकारले वैकल्पिक माध्यमबाट उपभोग्य वस्तु आयात गर्ने गृहकार्य गरिरहेको बताएका छन्। नेकपा एमाले १८ वडा कमिटीले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै उनले पेट्रोलियम पदार्थको उपभोगलाई न्यूनीकरण...

साताभरमा नेप्से ६ अङ्कले घट्यो

२०७२ मंसिर ५ गते १६:५०

काठमाण्डु, ५ मङ्सिर-नेपाल–भारतको सीमा नाकामा भएको अवरोधका कारण पारवहन समस्याको असर पूँजी बजारमा पनि परेको छ । केही सातादेखि नकारात्मक असर परेको नेप्सेमा यो साता पनि पहिलो दिनको तुलनामा ५.५२ अङ्कले घटेको छ । यो साताको अन्तिम दिन एक हजार ९४.५७ अङ्कमा पुगेको नेपाल...

कांग्रेसको प्रश्न: ‘राष्ट्र बैंकमा आन्दोलन किन ?’

२०७२ मंसिर ५ गते १३:५७

काठमाण्डु, ५ मंसीर– शनिबार भएको सत्तापक्ष र प्रतिपक्षबीचको बैठकमा काँग्रेसले पुनःनिर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत आफ्नो नेतृत्वको सरकारले नियुक्त गरेको व्यक्ति नै हुनुपर्ने जिकिर गरेको छ । काँग्रेस नेतृत्वको सरकारले प्रा डा गोविन्दराज पोखरेललाई प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो । यस्तै नेपाल...

झापाका चारसय किसानलाई बगरखेतीमा आबद्ध गराइने

२०७२ मंसिर ५ गते ११:४८

झापा, ५ मंसिर – बगरमा परिणत भएको खेतीयोग्य जमिनलाई झापाका कृषकले अझै प्रयोगमा ल्याउन सकेका छैनन् । विरिङ, कनकाई, कमल, रतुवा, मेचीलगायतका खोलामा आएको बाढीका कारण बगरमा परिणत भएको खेतीयोग्य जमिन सिँचाइ अभावका कारण उपयोग गर्न कृषकले नसकेको जिल्ला कृषि विकास कार्यालय झापाले जनाएको...

मुस्ताङको दुई गाविसबाट स्याउ पूर्णरुपमा लोप

२०७२ मंसिर ५ गते ९:४०

मुस्ताङ, ५ मंसिर– स्याउको राजधानी भनेर चिनिने मुस्ताङको दुई गाविसबाट स्याउको बोट पूर्णरुपमा लोप भएका छन् । जलवायु परिर्वतनको असरस्वरुप तल्लो क्षेत्रको लेते र कुञ्जो गाविसमा करिब छ वर्षदेखि स्याउ उत्पादन हुन नसकेको हो । यसलाई विज्ञहरुले जलवायु परिर्वतनको टड्कारो असर आधार भनेका छन्...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us