लमजुङ, ११ मंसिर-लगातारको बन्दका कारण कच्चा पदार्थको अभाव भएपछि लमजुङका अधिकांश घरेलु उद्योग बन्द हुने अवस्थामा छन् । मौज्दात रहेको कच्चा पदार्थ सकिएको र थप कच्चा पदार्थ आयत गर्न नसकेपछि उद्योग बन्द हुने क्रममा छन् । जिल्लाका अधिकांश घरेलु उद्योगले ऊनको अभाव भएपछि बाध्य...
पोखरा, ११ मंसिर-गोरखाको पुनःनिर्माणका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाउन शुक्रबारदेखि यहाँ दाता सम्मेलन सुरु भएको छ । भूकम्प गएको सात महिना हुँदासमेत पुनःनिर्माण प्राधिकरण गठन नभएको बेला भूकम्पप्रभावित गाउँ, बस्ती पुनःनिर्माणका लागि रणनीतिक योजना बनाउन दाता सम्मेलन गरिएको हो । पुनःनिर्माणका लागि...
काठमाण्डु, १० मंसिर-व्यवस्थापिका–संसद्को उद्योग वाणिज्य तथा उपभोक्ता हितसम्बन्धी समितिले नेपाल आयल निगमको थानकोट डिपोको स्थलगत अनुगमन गरेको छ । इन्धनमा कालोबजारी भएको, वितरण प्रणाली पारदर्शी नभएको, पहुँच र शक्तिका आधारमा मात्रै इन्धन वितरण गरिएको भन्दै समितिले चासो व्यक्त गरेको हो । इन्धन वितरणमा देखिएको...
काठमाण्डु, १० मंसिर-नागरिक लगानी कोष र नेपाल इन्भेष्टमेन्ट बैंकबीच बिहीबार थप सेयर निष्कासन (एफपिओ) निस्कासन गर्ने सम्झौता भएको छ । सय अङ्कित सो सेयरमा प्रतिकित्ता ५०१ रुपैया प्रिमियम थप गरी प्रतिकित्ता ६०१ रुपैयाँका ९० लाख ६९ हजार ३८८ कित्ता सेयर निस्कासन सम्झौता भएको हो...
खोटाङ, १० मंसिर-भारतीय नाकाबन्दीले इन्धन अभाव हुँदा खोटाङको मेवा खोला हाइड्रोपावरको काम ठप्प छ । आगामी माघमा सक्ने लक्ष्यका साथ काम सुरु गरिएको एक मेगावाट क्षमताको सो जलविद्युत आयोजनाको काम इन्धनबाट चल्ने उपकरण सञ्चालन नहुँदा ठप्प भएको हो । वायरिङ गर्न प्रयोग गरिने मेसिन...
काठमाण्डु, १० मंसिर-शङ्खरापुर नगरपालिकाका कार्यकारी अधिकृत दुर्गानाथ गौतमको अध्यक्षतामा भएको भेलाले शङ्खरापुर नगरको साँखुबजार वरपर ‘एक नगर अनेक उद्यान’ कार्यक्रमअन्तर्गतको पहिलो उद्यान बनाउन पहल गर्ने निर्णय गर्दै स्थान पहिचान गर्न शङ्कर मल्ल ठकुरीको संयोजकत्वमा एक समिति गठन गरिएको छ । सो समितिका अन्य सदस्यहरुमा...
काठमाण्डु, १० मंसिर-सरकारले भूकम्प प्रभावित क्षेत्रको पुनःनिर्माणका लागि जर्मन सरकारले अतिरिक्त सहयोग अनुदानस्वरुप उपलब्ध गराएको तीन अर्ब ४४ करोड ३७ लाख स्वीकार गरेको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले जर्मनीले उपलब्ध गराएको दुई अर्ब ८७ करोड वित्तीय सहायता र ५७ करोड...
काठमाण्डु १० मंसिर– सरकारले सार्वजनिक सवारी र अत्यावश्यकीय सेवाका साधनलाई मात्र इन्धन उपलब्ध गराउने निर्णय गरेको छ । भारतले इन्धन आपूर्तिमा कटौति गर्न थालेपछि सरकारले यस्तो निर्णय गरेको हो । सरकारसँग १३ सय ५५ किलो लिटर पेट्रोल र २ हजार ४४ किलो लिटर डिजलको...
काठमाण्डु, ९ मंसिर – विश्वका अतिकम विकसित देश (एलडिसीज) का अर्थतन्त्रमा निरन्तर संकुचन आउँदा आर्थिक र सामाजिक चुनौती थपिँदै गएको छ । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम(युएनडिपी)ले बुधबार सार्वजनिक गरेको एलडिसी प्रतिवेदन २०१५ ले ती देशको अर्थतन्त्र विस्तार हुन नसक्दा गरिबी झनै बढ्दै जाने उल्लेख...
भक्तपुर, ९ मंसिर –भक्तपुरका किसानलाई बुधबारदेखि रासायनिक मल वितरण गरिएको छ । जिल्लाका विभिन्न सहकारी संस्थाले किसानलाई मल वितरण सुरु गरेका हुन् । रासायनिक मलको अभावले किसानले गहुँ छर्न पाएका थिएनन् । जिल्ला कृषि विकास कार्यालयका प्रमुख पूर्ण ढुंगानाले जिल्लाका लागि सात सय टन...
वीरगन्ज, ९ मंसिर –नेपालकै प्रमुख राजस्व असुली केन्द्र वीरगन्ज भन्सार कार्यालयबाट आयात निर्यात ठप्प भएपछि राजस्व असुलीमा गम्भीर असर परेको छ । मधेसकेन्द्रित दलको आह्वानमा नेपाल–भारत मुख्य नाकाको सीमामा पर्ने मितेरी पुलमै गत असोज ७ गतेदेखि आन्दोलनकारी धर्नामा बसेर नाका जाम गरेपछि वीरगन्ज भन्सारबाट...
बाँके, ९ मंसिर – बाँकेमा विपन्न वर्गका लागि सञ्चालनमा आएको स्वास्थ्य बीमा कार्यक्रममा आकर्षण बढेको छ । चार वर्षअघि निर्धन संस्थाले बाँकेमा ‘समुदायमा आधारित लघुस्वास्थ्य सुरक्षा कार्यक्रम सञ्जीवनी’ सञ्चालनमा ल्याएको हो । नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका र केही गाविसमा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन भएको...