अर्थ

बढ्यो अमेरिकी डलरको भाउ

२०७२ मंसिर १४ गते १५:५०

काठमाण्डु– केही दिनदेखि अमेरिकी डलरको भाउ निरन्तर रुपमा बढीरहेको छ । सोमबारसम्म भाउ बढेर एक सय सात रुपैयाँ पुगेको छ । अमेरिका र युरोपियन मुलुकमा बेरोजगारीको संख्या घट्दै गएपछि केही समय यता अमेरिकी डलरको भाउ आकाशिदै गएको हो । नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको...

विमानस्थललाई नाफा कमाउने थलोका रुपमा नहेरौंः नागरिक उड्डयनमन्त्री

२०७२ मंसिर १४ गते १४:५६

काठमाण्डु, १४ मंसिर-संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले अन्तर्राष्ट्रिय विमानस्थललाई नाफा कमाउने थलोका रुपमा हेर्न नहुने बताएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अनुगमन तथा निरीक्षण गर्न पुगेका मन्त्री पोखरेलले विमानस्थललाई नाफा कमाउने थलो नभई सेवालाई प्रभावकारी बनाउनेमा ध्यान दिनुपर्नेमा जोड दिए। उनले भने,...

तीन वर्षमा छ हजार करदाता थपिए

२०७२ मंसिर १४ गते १३:१०

इलाम, १४ मंसिर-जिल्लामा तीन वर्षको अवधिमा छ हजार करदाता थपिएका छन् । सेवाग्राहीलाई जिल्लामै सेवा पु¥याउने उद्देश्यले २०६९ साल वैशाखमा स्थापना गरिएको करदाता सेवा कार्यालयमा छ हजार करदाता थपिएका हुन् । कार्यालय प्रमुख अनमोल दाहालका अनुसार कार्यालय स्थापना हुँदा दुई हजार ८०० करदाता रहेकामा...

अचम्म, पानीमुनी फल्यो आलु !

२०७२ मंसिर १३ गते १८:३८

ललितपुर– पानीमुनि आलु खेती गर्न सकिन्छभन्दा सायद कसैलाई विश्वास नलाग्न सक्छ । तर गोदावरी नगरपालिका टौखेलस्थित नेपाल बीउबिजन उत्पादन केन्द्रको फार्म हाउसमा पुगेर अवलोकन गर्ने हो भने त्यहाँ माटोमुनि होइन पानीमुनि आलु फलाएको दृश्य सहजै देख्न सकिन्छ । नेपाल कृषि अनुसन्धान परिषद्मा तीसवर्षे नोकरी...

तानसेन–बुटवल सडकखण्डको सिद्धबाबामा सुरुङमार्ग बनाइने

२०७२ मंसिर १३ गते १५:३६

काठमाण्डु, १३ मंसिर– उद्योगमन्त्री सोमप्रसाद पाण्डेयले सिद्धबाबा क्षेत्रमा केही वर्षयता भएका दुर्घटना र पहिराका कारण ९५० जनाले ज्यान गुमाइसकेको बताउँदै दीर्घकालीन समस्या समाधान गर्नका लागि यस क्षेत्रमा सुरुङमार्ग बनाउन सरकारले विस्तृत अध्ययन अगाडि बढाएको बताएका छन् । आइतबार सिद्धार्थ राजमार्गको तानसेन–बुटवल सडकखण्डको सिद्धबाबा क्षेत्रमा...

इन्धन अभावका कारण सिँचाइ आयोजना प्रभावित

२०७२ मंसिर १३ गते १४:५२

काठमाण्डु, १३ मंसिर-भारतको अघोषित नाकाबन्दीका कारण इन्धन आपूर्ति हुन नसक्दा निर्माणाधीन सिँचाइ आयोजना प्रत्यक्ष रुपमा प्रभावित भएका छन् । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको रानीजमरा–कुलरिया, सूर्यपटुवा, सिक्टा, भेरी बबई डाइभर्सन सिँचाइ आयोजना नराम्ररी प्रभावित भएको छ । आयोजनाका लागि उपलब्ध भएको र भण्डारण गरी...

उत्कृष्ट चार किसानलाई मेसिन अनुदान

२०७२ मंसिर १३ गते ८:२३

नवलपरासी, १३ मंसिर– नवलपरासीका उत्कृष्ट चारजना दुग्धको कारोबार गर्ने किसानलाई दूध दुहुन प्रयोग हुने मेसिन प्रदान गरिएको छ ।   पशुसेवा विभागबाट प्राप्त भएका चारवटा दूध दुहुन प्रयोग हुने मेसिन किसानलाई वितरण गरिएको पशुसेवा कार्यालयका प्रमुख डा शंकर शाहले बताए ।  सो मेसिन प्राप्त...

चिनियाँ इँटा उत्पादन बन्द

२०७२ मंसिर १२ गते १५:२२

भक्तपुर, १२ मंसिर– गोरखा भूकम्पले पूर्णरुपमा क्षति पु¥याएको नेपालको पहिलो चिनियाँ इँटा उत्पादन गर्ने भक्तपुर इँटा तथा टायल उद्योग प्रालि सञ्चालनमा अर्थ मन्त्रालयले चासो नदिँदा ५०० मजदुर बेरोजगार भएका छन् । दुई सय पचास रोपनी क्षेत्रफलमा फैलिएको सो उद्योग सरकारले निजीकरण गरेपछि नेपाल सरकारसँग...

भारतीय नाकाबन्दी र भूकम्पका कारण गरिबी बढ्यो

२०७२ मंसिर १२ गते १४:३२

काठमाण्डु, १२ मंसिर- गत वैशाख १२ गतेको ‘गोरखा भूकम्प’का कारण करिब सात लाख नेपाली गरिबीको रेखामुनि धकेलिएको तथ्याङ्क सरकारले सार्वजनिक गरेको छ । भूकम्पको चपेटाबाट उठ्न समेत नभ्याएका नेपाली पुनः भारतको अघोषित नाकाबन्दीका कारण थप गरिबीको मारमा परेका छन् । तर नेपाल राष्ट्र बैंकले...

साताको नेप्से २७ अंकले ओरालो

२०७२ मंसिर १२ गते १४:००

काठमाण्डु, १२ मंसिर-दुई महिनाभन्दा बढीको लगातारको नाकाबन्दी र तीन महिनाभन्दा बढीको तराई मधेसका आन्दोलनका कारण अर्थतन्त्र कमजोर भएपछि पूँजीबजार निरन्तर ओरालो लागेको छ । लामो समयदेखि मुलुकको आर्थिक गतिविधि ठप्प भएपछि पूँजी निर्माण नहुँदा त्यसको गम्भिर असर पूँजी बजारमा परेको हो । सरकारले देशको...

कलेजोको उपचारका लागि यूएईबाट ३० हजार सहयोग

२०७२ मंसिर ११ गते १६:५७

काठमाण्डु– ८ महिने छोराको कलेजोमा समस्या देखिएपछि निकै चिन्तीत बनेका सिन्धुपाल्चोकका पत्रकार टंक खड्काको परिवारलाई सिन्धुपाल्चोक सेवा समाज यूएईले ३० हजार आर्थिक सहयोग प्रदान गरेको छ । केही महिना पहिले पत्रकार खड्काले छोराको कलेजो फेर्नु पर्ने र त्यसका लागि भारत लैजानु पर्ने उपचारमा १२...

निकुञ्जको राजस्व घट्यो

२०७२ मंसिर ११ गते १६:३१

चितवन, ११ मंसिर-चितवन राष्ट्रिय निकुञ्जको आम्दानी चार महिनामा चार करोड बढीले घटेको छ । गएको साउनदेखि कात्तिकसम्म निकुञ्ज घुम्ने पर्यटकको सङ्ख्या ह्वात्तै घटेकाले राजस्व घट्न पुगेको हो । सहायक संरक्षण अधिकृत टीकाराम पौडेलका अनुसार गएको चार महिनामा १८ हजार १३८ पर्यटकले निकुञ्जको भ्रमण गरेका...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us