कपिलवस्तु, १७ मंसिर– कपिलवस्तुमा भन्सार कर्मचारीकै मिलोमतोमा राजस्व छली हुने गरेको तथ्य भेटिएको छ । कृष्णनगर प्रहरीले केही दिनअघि भारतबाट भित्र्याइएको सुकेको सिद्रा माछा बोकेको ट्रकलाई नियन्त्रणमा लिई जाँच गर्ने क्रममा यसरी भन्सारकै कर्मचारीद्वारा नै राजस्व छली भएको तथ्य बाहिर आएको हो । इलाका...
काठमाण्डु, १७ मंसिर-काठमाण्डु महानगरपालिका– १६ मा बसोबास गर्दै आएकी रिता लामिछानेले खाना पकाउँदै गर्दा एक्कासी विद्युत् गयो । इन्धनको अभावभएपछि राइस कुकरमा खाना पकाउँदै गर्दा विद्युत् गएसँगै एक्कासी ठूलो आवाज आयो । नजिकै रहेको ट्रान्सफर्मर जलेको रहेछ । ‘खाना पकाउने ग्यास पनि पाइँदैन, बढी...
ताप्लेजुङ, १७ मंसिर-ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा सङ्कलन हुने भेटीघाटी व्यवस्थित गरी आधिकारिक निकायमा जम्मा गर्ने व्यवस्था मिलाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको छ । वार्षिक करोडौँ भेटी सङ्कलन हुने यस मन्दिरको भेटी पारदर्शी नभएको भन्दै...
काठमाण्डु, १७ मंसिर-निरन्तरको तराई मधेस केन्द्रित दलको बन्द र नेपाल–भारत सीमामा उत्पन्न पारवहन अबरोधका कारण बजारमा खाद्यान्नको कमी हुँदै गएको अवस्थामा नेपाल खाद्य संस्थानलाई जिम्मेवारीपूर्वक कर्तव्य निर्वाह गर्न निर्देशन दिइएको छ । संस्थानको ४१औँ वार्षिकोत्सव कार्यक्रममा वाणिज्य तथा आपूर्तिमन्त्री गणेशमान पुन एवम् सरकारी उच्च...
खोटाङ, १७ मंसिर-गरिबी निवारणका लागि खोटाङमा लघुउद्यम विकास कार्यक्रम सुरु भएको छ । लघु, घरेलु तथा साना उद्योगमार्फत जिल्लाको गरिबी निवारण गर्ने रणनीतिका साथ लघुउद्यम विकास कार्यक्रम सुरु गरिएको हो । गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रमअन्तर्गत जिल्लामा आव ०७२/७३ भित्र प्रतिस्पर्धाका आधारमा ९०...
काठमाण्डु, १५ मंसिर– अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भारतको अघोषित नाकाबन्दीका कारण मुलुकको आर्थिक क्षेत्रमा उत्पन्न समस्या समाधान गर्न सकार क्रियाशील रहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को १८औँ वार्षिकोत्सवका अवसरमा मंगलबार आयोजित कार्यक्रममा उनले वार्ताको माध्यमबाटै तराई–मधेसका समस्या समाधान गर्न सरकार प्रतिबद्ध...
काठमाण्डु, १५ मंसिर – भूकम्पका कारण निर्माण कार्य अवरुद्ध भएको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको निर्माण सुरु हुने भएको छ । वाणिज्य तथा आपूर्ति मन्त्रालयले निर्माणाधिन जलविद्युत आयोजनालाई इन्धन उपलब्ध गराउने निर्णय गरेपछि आयोजना सुरु हुन लागेको हो । सरकारले राष्ट्रिय गौरवको आयोजनाको रुपमा अगाडि...
झापा, १५ मंसिर – झापाको कनकाई–६ चम्पापुरका जंगबहादुर राजवंशीले लिएको अरुको बीमा रकम फिर्ता गराइएको छ । नेपाल लाइफ इन्स्योरेन्सका अभिकर्ता राजवंशीले मृतकको बीमा रकममा ठगी गरेको थाहा भएपछि पेसागत बिमा अभिकर्ता संघ झापाको पहलमा आइतबार रकम फिर्ता गराएको संघ झापाका अध्यक्ष शिवबहादुर कटुवालले...
काठमाण्डु, १४ मंसिर-अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कर प्रशासन करदातामैत्री हुनुपर्ने बताएका छन् । आन्तरिक राजस्व विभागको सोमबार निरीक्षण गर्दै उनले करदाताका गुनासालाई आदरपूर्वक सुनिदिन र उनीहरूका समस्याको समाधान गरिदिन कर्मचारीलाई निर्देशन दिए । जनताले आर्थिक तथा सामाजिक परिवर्तन चाहेको बताउँदै उनले जनताको इच्छा पूर्तिका लागि...
जाजरकोट, १४ मंसिर-जिल्लामा निर्माण हुने नलसिंहगाड जलविद्युत् आयोजनालाई राष्ट्रिय गौरवको आयोजना बनाएर निर्माणको काम तीव्र पार्न स्थानीयवासीले सरकारसँग माग गरेका छन् । हालै सरकारले जारी गरेको स्वेतपत्रमा मुलुकको ऊर्जा सङ्कट समाधानका लागि जिल्लाको नलसिंहगाड र गोर्खाको बुढीगण्डकी जलविद्युत् आयोजनालाई पहिलो प्राथमिकता दिने उल्लेख भएसँगै...
काठमाण्डु, १४ मंसिर-मधेस केन्द्रित दलको बन्दसँगै चर्किएको अघोषित नाकाबन्दीले मुलुकको अर्थतन्त्र तहसनहस भई दैनिक जनजीवन गम्भीररुपमा प्रभावित भएकाले चाँडो समस्याको समाधान गर्न नेपाल चेम्बर अफ कमर्सले माग गरेको छ । सोमबार पत्रकार सम्मेलन आयोजना गरी विषम परिस्थितिमा सरकारले समस्याको समाधानको पहलमा लाग्नुपर्ने र आन्दोलनरत...
ललितपुर, १४ मंसिर-स्थानीय विकास सहायक मन्त्री विराज विष्टले लघु जलविद्युत् योजनालाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् । नवघोषित बज्रवाराही नगरपालिकाको सोमबार उद्घाटन गर्दै उनले ठूला योजनाहरु सम्पन्न हुन ढिलाइ हुने र समयमा काम सम्पन्न नहुने अवस्थालाई मध्यनजर गर्दै उक्त कुरा बताएका हुन् । उनले...