काठमाण्डु, २० मंसिर-काठमाण्डु महानगरपालिका भित्र नयाँ घर तथा आवास गृह बनाउँदै हुनुहुन्छ भने अब तपाईले नक्सा पाससम्बन्धी सम्पूर्ण जानकारी अनलाइनमार्फत प्राप्त गर्न सक्नुहुनेछ । यसअघि हुँदै आएको परम्परागत नक्सा पाससम्बन्धी व्यवस्थालाई हटाएर अनलाइन प्रणालीमार्फत सबै प्रक्रिया अगाडि बढाउन लागिएको छ । अब घरमै बसेर...
कलैया, २० मंसिर-बारामा यसवर्ष अगहनी धान एक लाख ४४ हजार ८४८ मेट्रिक टन उत्पादन भएको छ । यस वर्ष कृषकले विभिन्न जातको अगहनी धान कुल १८ हजार ११८ हेक्टर क्षेत्रफलमा खेती गरेका थिए । जिल्ला कृषि कार्यालयका सूचना अधिकृत रामदयाल ठाकुरका अनुसार गतवर्ष कुल...
दाङ,२० मंसिर- आन्तरिक राजस्व कार्यालय तुलसीपुरमा विगतका वर्षभन्दा यसपटक घरबहाल कर तिर्नेको सङ्ख्यामा वृद्धि भएको छ । कार्यालयले बहाल करलाई लक्षित गरेर यहाँका तुलसीपुर, घोराही, लमही क्षेत्र र राप्तीका अन्य पहाडी जिल्लामा कर प्रशिक्षण तथा बजार अनुगमनलाई तिब्र पारेपछि कर तिर्नेको सङ्ख्यामा वृद्धि भएको...
मोरङ, २० मंसिर –भारतले राष्ट्र तथा अन्तराष्ट्रिय कानुन, महासन्धि, सन्धिहरुको उल्लंघन गरेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पूर्वाञ्चल क्षेत्रीय कार्यालय, विराटनगर तथा बृहत् नागरिक समाज मोरङको संयुक्त आयोजनामा अघोषित नाकाबन्दी तथा नेपालको पारवहन अधिकारसम्बन्धी अन्तरसंवाद कार्यक्रममा इन्सेक अध्यक्ष...
पाल्पा, १९ मंसिर-राष्ट्र बैंकमा गभर्नर डा चिरञ्जीवी नेपालले आर्थिक समृद्धिबाट नै नेपालको राष्ट्रियता मजबुत हुने बताएका छन् । उनले नेपाली नागरिकमा भएको सम्पन्नताले मात्र राष्ट्रियता बलियो बन्ने दाबी गर्दै नयाँ ढङ्गबाट सोच्नुपर्ने बेला आएको बताए । नेपाल राष्ट्र बैंक सिद्धार्थनगर शाखाले शनिबार यहाँ आयोजना...
काठमाण्डु, १९ मंसिर-केही सातादेखि निरन्तर शिथिलता आएको पूँजीबजारमा यो साता उत्साह मिलेको छ । निरन्तरको बन्द र नाकाबन्दीमा सुधार आउने खबरले लगानीकर्ता उत्साही हुँदा बजारमा सकारात्मक प्रभाव परेको हो । साताको नेप्से परिसूचक निरन्तर ओरालोपछि यस साता पहिलो दिनको तुलनामा ५०.१७ अङ्कले बढेको नेपाल...
इलाम, १९ मंसिर – पूर्वी इलामको पशुपतिनगर नाकामा भारतीय मुद्रा सटही काउण्टर नहु्ँदा सर्वसाधारण र पर्यटक ठगिने क्रम बढ्दै गएको छ । भारतले गरेको अघोषित नाकाबन्दीका कारण तेलमा भइरहेको कालोबजारीले गर्दा भारतीय नोटको अभाव भएको छ । पशुपतिनगर नाकाबाट दैनिक सयौँ लिटर इन्धन नेपाल...
रुकुम, १९ मंसिर– राप्ती अञ्चलको प्रसिद्ध धार्मिकस्थल रुकुमको डिग्रे साइकुमारी भगवतीको पूजापाठ तथा मेलाबाट यस वर्ष आठ लाख रुपैयाँ भेटी संकलन भएको छ । मन्दिर व्यवस्थापन समितिले शुक्रबार सार्वजनिक गरेको आयव्यय प्रतिवेदनअनुसार मंसिर ६ गते हरिबोधनी एकादशीदेखि ९ गते पूर्णिमासम्म लागेको मेलाबाट आठ लाख...
काठमाण्डु, १८ मंसिर-सरकारले राष्ट्रिय महत्वका आयोजनाको निर्माण कार्य अवरुद्ध हुन नदिन आवश्यकताअनुसार इन्धन आपूर्ति गर्ने भएको छ । मुलुकमा इन्धनको आपूर्ति असहज भएपछि राष्ट्रिय महत्वका तथा निर्माणको अन्तिम चरणमा रहेका ठूला आयोजना इन्धन अभावले निर्माण कार्य अवरुद्ध हुन थालेपछि नेपाल आयल निगमले सो निर्णय...
काठमाण्डु, १८ मंसिर-काठमाण्डु उपत्यकालाई व्यवस्थित र बस्नयोग्य सहरका रुपमा विकसित गर्ने योजनाअनुरुप ५२४ किलोमिटर सडक विस्तार गरिएको छ । निर्देशित जग्गा विकास कार्यक्रमअन्तर्गत उपत्यकामा ३२४ र अन्य विविध कार्यक्रमअन्तर्गत २०० गरी ५२४ किमी सडक विस्तार गरिएको काठमाण्डु उपत्यका विकास प्राधिकरणले जनाएको छ । उपत्यकालाई...
लमजुङ, १८ मंसिर-तीन महिनाभन्दा लामो समयको तराई बन्द र संविधान जारी भएपछि भारतीय पक्षले गरेको अघोषित नाकावन्दीका कारण पेटोलियम पदार्थको अभाव भएपछि लमजुङमा निर्माणाधीन पाँचवटा आयोजनाको काम ठप्प भएको छ । इन्धन अभावका कारण उत्तरी लमजुङको भुलभुलेमा निर्माणाधीन ५० मेगावाट क्षमताको ‘माथिल्लो मस्र्याङ्दी ए’...
काठमाण्डु, १७ मंसिर– बिहीबार नेपालमा पहिलोपटक निजी कम्पनीमार्फत इन्धन भित्रिएको छ । नेपाल आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेले हवाइ इन्धन आपूर्तिको ठेक्का लिएको पेट्रोलिमेक्सले पहिलोपटक ब्यापारिक रुपमा हवाइ इन्धन भित्रायको हो । यसअघि नेपालमा कुनै पनि नीजि कम्पनीले इन्धन ल्याउन पाउने व्यवस्था थिएन ।...