अर्थ

यी संस्थाले किन कर तिर्ने गदैनन् ?

२०७२ मंसिर ४ गते १७:१९

काठमाण्डु, ४ मङ्सिर-काठमाण्डु महानगरपालिकाभित्र रही सञ्चालनम हुँदै आएका धेरै होटल तथा नाफामूलक संस्थाहरु अझै करको दायरामा नआएको काठमाण्डु महानगरपालिले जनाएको छ । काठमाण्डु महानगरपालिकाले कर नबुझाउने ठूला होटललाई कारबाही गर्न सुरु गरेसँगै केही होटलले कर तिरेका भए पनि नाफा कमाउने उद्देश्यले सञ्चालन भएको होटल...

यात्रुसँग मनपरी भाडा असुलिँदै

२०७२ मंसिर ४ गते १४:१४

काठमाण्डु, ४ मङ्सिर-भारतको अघोषित नाकाबन्दीलाई कारण देखाउँदै यातायात व्यवसायीले कालोबजारी गरी यात्रुसँग सके जति भाडा असुल्न थालेका छन् । डिजेल नपाएर ८० रुपैयाँको तेललाई ३०० तिरेर कालोबजारियासँग हाल्यौँ भन्दै मनपरी भाडा असुल्न थालेका यात्रुले गुनासो गरेका छन् । कालोबजारियासँग तेल किनेकाले बढी भाडा लिएका...

ग्याँस कालोबजारी गर्ने प्रहरी खोरमा

२०७२ मंसिर ४ गते १२:३७

काठमाण्डु, ४ मंसिर–प्रहरीले ग्याँसको कृतिम अभाव सिर्जना गर्ने एक व्यापारीलाई नियन्त्रणमा लिएको छ । ग्याँसको अभाव सिर्जना गरेर महंगोमा बेच्न खोजेको भन्दै तार्केश्वर नगरपालिका–२० मनमैजु बस्ने मदनप्रसाद न्यौपाने र उनका २२ बर्षीय छोरा रिजन न्यौपानेलाई प्रहरीले पक्राउ गरेको हो । लुकाई छिपाई राखेको ग्याँसको...

बाग्लुङमा बन्यो आलु चिस्यान केन्द्र

२०७२ मंसिर ४ गते ११:१५

बागलुङ, ४ मंसिर – जिल्लाको तारा गाविसमा आलु भण्डारण केन्द्र निर्माण गरिएको छ । आलु उत्पादनको पकेट क्षेत्र मानिने ताराखोलामा बीउ प्रवद्र्धन र उपभोग्य आलुको संकलन गर्न तारा–२ सानोहिलेमा भण्डारण केन्द्रको निर्माण गरिएको हो । ताराखोलाको सानोहिले तरकारी कृषक समूहको अगुवाइमा चार लाख रुपैयाँको...

नाकाबन्दीले राजस्व प्रभावित

२०७२ मंसिर ४ गते ११:०९

चितवन, ४ मंसिर – भारतीय अघोषित नाकाबन्दीका कारण उद्योग र व्यापारमा कमी आएपछि आन्तरिक राजस्व कार्यालय भरतपुरमा संकलन हुने करमा २५ प्रतिशतले कमी आएको छ । नाकामा अवरोध हुँदा भन्सारबाट कच्चा पदार्थ एवम् इन्धन सहज आयात हुन नसक्दा उद्योगहरु प्रभावित भएपछि राजस्वमा भारी कमी...

चीनले नेपाल आउने इन्धनमा स्थानीय कर छुट दिने

२०७२ मंसिर ३ गते १९:३७

काठमाण्डु, ३ मंसिर– चीनबाट आयात गरिने इन्धन बाहिर प्रचार गरिएजस्तो महंगो नपर्ने भएको छ । बाणिज्य तथा आपूर्तिमन्त्री गणेशमान पुनले आफ्नो अनौपचारिक भ्रमणका क्रममा चिनियाँ अधिकारीहरुसँग इन्धन आयातका लागि व्यापारिक सम्झौताबारे भएको कुराकानीका आधारमा जनतालाई साविककै मूल्यमा इन्धन उपलब्ध गराउने सकिने जानकारी दिए ।...

सुन्तला उत्पादन बढ्यो

२०७२ मंसिर ३ गते १६:२४

कावासोती, ३ मंसिर  अनुकूल मौसम र किरा नलागेका कारण यस वर्ष नवलपरासीमा सुन्तला उत्पादनमा वृद्धि भएको छ । अघिल्ला वर्षमा सुन्तलाको फूल फुल्ने र फल लाग्ने समयमा असिना पानी परेर क्षति पु¥याउने गरेको भए पनि यो वर्ष त्यस्तो नभएकाले सुन्तला उत्पादन बढ्ने भएको हो...

अब साना उद्योग निःशुल्क दर्ता हुने

२०७२ मंसिर ३ गते १५:५२

काठमाण्डु, ३ मङ्सिर-उद्योग मन्त्रालयले महिला उद्यमीलाई प्रोत्साहित गर्ने उद्देश्यले उनीहरुद्वारा सञ्चालित साना उद्योगलाई निःशुल्क दर्ता गर्ने व्यवस्था गर्न लागेको बताइएको छ । घरेलु तथा साना उद्योग समितिले बिहीबार यहाँ आयोजना गरेको सफल महिला उद्यमीको अनुभव एवम् सल्लाह र सुझावसम्बन्धी एक दिने अन्तक्र्रियामा उद्योग मन्त्रालयका...

अब कोलकातामै रोकिने भए ट्रक–कन्टेनर

२०७२ मंसिर ३ गते १४:३०

पर्सा, ३ मङ्सिर-कोलकातास्थित बन्दरगाहका ‘क्लियरिङ एजेन्ट’ले नेपालतर्फको काम ठप्प पारेका छन् । आयातकर्ताले ट्रक, कन्टेनरको विलम्ब जरिवाना र शुल्क नबुझाएको कारण देखाउँदै उनीहरुले काम ठप्प पारेका हुन् । भारतीय नाकाबन्दी र मधेस आन्दोलनका कारण पेट्रोलियम र अन्य अत्यावश्यकीय मालसामानको आयात अवरुद्ध भइरहेका बेला कोलकातास्थित...

औषधिका तीन सय गाडी नाकामा

२०७२ मंसिर ३ गते ९:२२

औषधिको आयातमा आएको रोकावटका कारण यस क्षेत्रमा अत्यावश्यक औषधिको अभाव समेत हुन थालेको छ । भारतबाट औषधि र औषधिजन्य कच्चा पदार्थ लिएर वीरगन्ज नाकामा आइपुगेका मालबाहक गाडी मधेसकेन्द्रित दलले आह्वान गरेको अनिश्चितकालीन बन्द र नाका जामका कारण गन्तव्यसम्म पुग्न नपाएपछि भारतीय सीमामा नै थन्किएका...

बन्दले कुखुरा व्यवसायी मर्कामा

२०७२ मंसिर २ गते १७:५५

मेलम्ची, २ मंसिर – नाकाबन्दीका कारण एक महिनादेखि कच्चा पदार्थ भित्रिन नसकेपछि सिन्धुपाल्चोकको मेलम्चीका व्यवसायीले कुखुरा बचाउन नसक्ने अवस्थामा पुगेका बताएका छन् । दाना नपाएको तथा बिक्रीका लागि बजारसम्म पु¥याउन इन्धन अभाव भएपछि कुखुरा व्यवसाय नै संकटमा परेको उनीहरुको भनाइ छ । भूकम्पबाट प्रभावित...

दुधबाट आम्दानी शुरु

२०७२ मंसिर २ गते १७:३१

पाल्पा, २ मंसिर – व्यावसायिक पशुपालनले दूध उत्पादन बढेपछि जिल्लामा दूधबाट छुर्पी उत्पादन गर्न थालिएको छ । जिल्लाको विभिन्न भेगमा गत वर्षदेखि चार हजार किलो छुर्पी उत्पादन हुन थालेको जिल्ला पशुसेवा कार्यालयले जनाएको छ । छुर्पी बनाएर पोखरा, बुटवलसम्म पनि दूध निर्यात भएको वरिष्ठ...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us