अर्थ

नेपाल बैंकको खुद नाफा ४४ करोड

२०७२ कार्तिक ३० गते १७:०८

काठमाण्डु, ३० कात्तिक-नेपाल बैंकले चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा ४४ करोड ४४ लाख खुद नाफा गर्न सफल भएको छ । बैंकको ७९ औं वार्षिकोत्सवका अवसरमा मुख्य कार्यालय नयाँ सडकमा सोमबार आयोजित कार्यक्रममा बैंकको सेयर पूँजी ६ अर्ब ४६ करोड ५० लाख रहेको छ भने...

तिहारमा रोक्किएको ग्याँस बिक्रि शुरु

२०७२ कार्तिक ३० गते १३:४२

काठमाण्डु, ३० कात्तिक– तिहारमा रोकिएको ग्याँसको बिक्री फेरि सुरु भएको छ । कम्पनी र डिलरमा भएका ग्याँस सोमबार बिहानैदेखि वितरण भइरहेको ग्यास बिक्रेता महासंघले जनाएको छ । नेपाल आयल निगममा स्थापना भएको कन्ट्रोल रुमका अनुसार गएको १७ गतेदेखि अहिलेसम्म आधा ग्यास भरेका झण्डै ४०...

आर्थिक अपराध नियन्त्रण नहुँदासम्म स्थिरता सम्भव छैन: अर्थमन्त्री

२०७२ कार्तिक ३० गते १३:१५

काठमाण्डु, ३० कात्तिक-अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक अपराध नियन्त्रण नहुँदासम्म मुलुकमा स्थिरता, पारदर्शिता एवम् दिगो विकास सम्भव नहुने बताएका छन् । अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र एसिया प्रशान्त समूहले संयुक्त रुपमा सोमबारदेखि सुरु भएको पाँच दिने कार्यशालाको उद्घाटन गर्दै उनले आपराधिक कार्यले आन्तरिक तथा...

आलु र प्याजको मुल्य घट्यो

२०७२ कार्तिक ३० गते १३:१२

काठमाण्डु, ३० कात्तिक– भारतीय भन्सारहरुले आलु प्याजलगायत कुहिनसक्ने उत्पादनलाई प्राथमिकताका साथ नेपालपठाउन थालेपछि बजारमा आलु र प्याजको भाउ घटेको छ । नेपाली किसानहरुले नयाँ आलु र प्याज प्रशस्त उत्पादन गरेको बेलामा भारतले अन्य वस्तु रोकेर आलु प्याजसहित विभिन्न तरकारी सहज रुपमा भन्सार पास गरेर...

राष्ट्रिय गौरबका आयोजनाहरुको कामलाई तिब्रता दिइनेछ: प्रधानमन्त्री

२०७२ कार्तिक २९ गते १८:३९

काठमाण्डु, २९ कात्तिक– प्रधानमन्त्री केपी ओलीले राष्ट्रिय गौरबका आयोजनाहरुलाई अघि बढाउने बताएका छन् । आइतबार राष्ट्रका नाममा समेधन गर्दै उनले सो कुरा बताएका हुन् । प्रधानमन्त्री ओलीले निजगढ विमानस्थल, काठमाण्डु–तराई दु्रत मार्ग लगायतका राष्ट्रिय गौरबका आयोजनाहरुलाई अघि बढाउने कुरामा जोड दिएका हुन् । उनले...

भारतबाट थप नब्बे मेगावाट विद्युत ल्याउने तयारी

२०७२ कार्तिक २९ गते १७:१७

काठमाण्डु, २९ कात्तिक – नेपाल विद्युत प्राधिकरणले मुलुकमा जारी ऊर्जा संकट कम गर्ने उद्देश्यले भारतसँग थप ९० मेगावाट विद्युत आयात गर्ने तयारी गरेको छ । ‘पावर ट्रान्समिशन कम्पनी नेपाल’ले निर्माण गरिरहेको अन्तरदेशिय प्रसारण लाइनको काम अन्तिम चरणमा पुगेको र बढीमा डेढ महिना भित्रमा सम्पन्न...

उद्योग वाणिज्य महासंघको सिण्डिकेट विरुद्ध सुपारी व्यवसायी आन्दोलित

२०७२ कार्तिक २९ गते १५:३७

काठमाण्डु, २९ कात्तिक – नेपाल उद्योग वाणिज्य महासंघले ठूलो आर्थिक चलखेलमा सिण्डिकेट लगाएको भन्दै सुपारी उत्पादक किसानहरुले आन्दोलनको घोषणा गरेका छन् । राष्ट्रिय सुपारी खेती प्रर्वद्धन एवम् कृषि विकास संघ, झापा, मेची सुपारी तथा फलफूल विकास संस्था झापा र फेयर नेपाल मोरङले आइतबार पत्रकार...

ग्यास भण्डारका लागि चीनले रोज्यो पाँचखाल

२०७२ कार्तिक २९ गते १४:४९

काठमाण्डु, २९ कात्तिक-उपराष्ट्रपति नन्दबहादुर पुनसँग चीनका लागि नेपाली राजदूत डा महेश मास्केले आइतबार उपराष्ट्रपति कार्यालय बहादुर भवनमा भेटी चीनबाट इन्धन ल्याउन दुई देशबीच सैद्धान्तिक सम्झौता भइसकेकाले व्यापारिक सम्झौताको अन्तिम तयारी भइरहेको जानकारी गराए । उनले चीनले अहिलेसम्म इन्धन निर्यात नगरेको र निर्यातसम्बन्धी नियम बनाउन...

पेरिस आक्रमणसँगै डलर र युरोको भाउ बढ्यो

२०७२ कार्तिक २९ गते १३:१३

काठमाण्डु, २९ कात्तिक– गत शुक्रबार राती फ्रान्सको राजधानी पेरिसमा आतंकवादी हमलासँगै अमेरिकी डलरको भाउ बढ्न थालेको छ । आइतबार एक अमेरिकी डलरको मूल्य १०६.१५ रुपैयाँ पुगेको छ । तिहार बिदाअघि प्रति एक डलर १०५ रुपैयाँमा कारोबार भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । फ्रान्समा...

पल्टु चौधरीको जीवन बदल्यो माछापालनले

२०७२ कार्तिक २९ गते १०:३०

भीमदत्तनगर, २९ कात्तिक–कृषि पेसा अंगालेका पल्टु चौधरीसँग एक दशकअघि ट्याक्टर खरिद गर्दा लागेको बैंकको २२ लाख ऋण थियो । पेसाप्रतिको लगाव र लगनशील भएर लागेका कारण कञ्चनपुरको झलारीपिपलाडी नगरपालिका– १ वन्शाहका चौधरी अहिले माछापालन व्यवसायबाट लखपति बनेका छन् । ‘माछा पोखरी छँदै कृषिका लागि...

गरिबी निवारण कोषले ७५ जिल्लामै कार्यक्रम लैजाने

२०७२ कार्तिक २८ गते १८:३६

दाङ, २८ कात्तिक-गरिबी निवारण कोषका कार्यकारी निर्देशक नहकुल केसीले गरिबी निवारणका लागि कोषले ७५ वटै जिल्लामा कार्यक्रम लैजाने तयारी गरेको जानकारी दिएका छन् । रिपोर्टर्स क्लब दाङले शनिबार आयोजना गरेको साक्षात्कारमा बोल्दै केसीले हाल ५५ जिल्लामा लागू भएको कार्यक्रम देशका सबै जिल्लामा लैजाने तयारी...

इन्धन आयतबारे बंगलादेशमा यस्तो सम्झौता हुँदै

२०७२ कार्तिक २८ गते १४:१२

काठमाण्डु, २८ कात्तिक-इन्धन आयातको सम्भाव्यताबारे अध्ययन गर्न नेपाल आयल निगमको एक प्रतिनिधिमण्डल शनिबार बङ्गलादेश प्रस्थान गरेको छ । भारतको अघोषित रुपमा नाकाबन्दीपछि मुलुकमा इन्धनको चरम सङ्कटका कारण विभिन्न विकल्पको खोजी गरिरहेको निगमले बङ्गलादेशबाट इन्धन आयातको सम्भाव्यता अध्ययन गर्न प्रतिनिधिमण्डल त्यसतर्फ पठाएको हो । बंगलादेशसँग सबै...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us